Pages

06 September 2012

हाँस्छौ कि तिमी ?

- दिवाकर स्वप्नील

रहेको थियो एक्मुठी सास हाँस्छौ कि तिमी अगाडी आएँ ।
भएको थिएँ झार पलाँस हास्छौ कि तिमी अगाडी आएँ ।

रहेछु तड्पी धरातल् आफ्नै पोलेर छाती जिउदो मुर्दा
सल्केर ज्यान पागल् तमास हास्छौ कि तिमी अगाडी आएँ ।

अधर बोल्यो समीप भरी रेटेर मुटु जीवन मेरो
टोल्टोल्मा बिम्ब छु उपहास हास्छौ कि तिमी अगाडी आएँ ।

बादल्ले ढाक्यो आदित्य आभा अन्धकार् सृष्टी ताण्डव नाच्दै
चाहेको पुरा भयो र खास हास्छौ कि तिमी अगाडी आएँ ।

No comments: