-दिवाकर स्वप्नील
रुपैले मान खोज्ने ऊ , बिरामी हो विवेकताको।
घरैमा शान खोज्ने ऊ , बिरामी हो विवेकताको।
भरौटे ती बिचाराले, सुनाए रे उही नारा..
उसैको गान खोज्ने ऊ , बिरामी हो विवेकताको।
उता हेरेँ नसोचेका, रुँदै भेटेँ अचम्मै भो..
लुटेरै खान खोज्ने ऊ, बिरामी हो विवेकताको।
दिनै आदित्यको आभा, भरे सन्ध्या फिका बन्दै..
उजेली लान खोज्ने ऊ , बिरामी हो विवेकताको।
कठै मानव् अहो आफै , नबुझ्दै आफु पानीमा..
सती नै जान खोज्ने ऊ, बिरामी हो विवेकताको।
No comments:
Post a Comment