धनीले दुइ गाँस दिएर उल्टै मान्छे चुस्ने यो कस्तो परम्परा हो?दिउँसो उत्तमलाइ SMS गरेँ"आज अर्कै महत्वपूर्ण ठाउँमा जानुपर्यो।यता नआउनुहोला,दुःख मात्र हुन्छ"र समिक्षालाइ पनि SMS गरिदिएँ "HAPPY BDAY SAMIKSHA, HAPPY RETURNS OF D DAY.Sorry i can't attend ur party.my wishes r there though m unable 2 attend."
आफु रुम छोडेर गाउँका एक छिमेकीको रुममा गएँ।समिक्षाले मेरो मेसेज पढ्ने समय नपाको हुनसक्छ,कुनै प्रतिक्रिया आएन।पार्टीको अबेरसम्म मलाइ नदेख्दा दिलुले फोन गरिन्।मैले रिसिभ गरेँ।उनको जिज्ञासामा मैले उही उत्तमलाइ भनेको बाहाना दोहोर्याएँ साथै समिक्षालाइ सुनाइदिन आग्रह गरेँ।एकदिनका लागी म आफ्नै कोठाबाट लखेट्टिएँ।भेट हुँदा गुनासो गर्नु स्वभाबिक थियो।भोलीपल्ट समिक्षाले ठूलै गुनासो गरिन्।भन्दैथिइन"के हाम्रो घरमा आउनु हुदैन?कि हाम्रो घरमा केही खानु हुँदैन?हजुर त ठूलो मान्छे के...!"यो उनको गुनासोलाइ अघि कै बाहाना तेर्साएर टारेँ।तर उनले भने झै दुइ चोक्टाको च्याँखेमा आफु नपरेकोमा खुशी थिएँ।जो सुकैले आयोजना गरे पनि यो प्रकृतिको भड्किलो समारोहमा मलाइ रुचि लाग्दैन वा भनौँ आकर्षण गरेन।बर्थडे को ह्याङ ओभर रैछ अझै त्यसका बिभिन्न घटनामा हाँस्थे।म पनि उनीहरुको हाँसोमा रमाइदिन्थे।
घरबाट आमाले फोन गरिरहनुन्थ्यो।घरबाट एक्लै बस्दा बारे चिन्ता गर्नु हुन्थ्यो।कहिलेकाही त बिरामी निको पार्ने पढ्न ग'को उल्टै बिरामी परेर फर्कने कुरामा चिन्ता गर्नुहुन्थ्यो।त्यसबेला मेरो एउटै जवाफ हुन्थ्यो,आमा अब म पहिला जस्तो कमजोर छैन।म डा.भोला रिजाल हो भन्ने सम्झिनु जो भित्र अथाह प्रेमको सागर छ सँगै हातमा सर्जिकल ब्लेड पनि हुन्छ।
मेरो जवाफमा आमा कुहिरोमा हराको काग बन्नुहुन्थ्यो।मेरो भरसक चिन्तामुक्त पार्ने प्रयास हुन्थ्यो।मलाइ सबैभन्दा धेरै आमाको याद आउँथ्यो।उत्तमले जिज्ञासा पोखे महत्वपूर्ण काम बारे-सफल भो या असफल?कुनै काम नै थिएन असफल के हुनु?बरु जन्मदिन टार्ने काम सफल भएको थियो।यो सबै मनमा खेल्यो र हाँस उठ्यो।हाँस्दै भनेँ"अँ सफल भो।"गफ त्यति धेरै हुन्न थियो।सबैको दिमागका ग्रन्थी धेर करिकुलम मै चल्थ्यो।कहिले फार्मेसी त कहिले एनाटोमी एण्ड फिजियोलोजी पढ्यो।अर्को बर्षभरी।फेरी अर्को वर्षभरी अर्कै बिषय!अघिल्लो वर्ष पढेको बिषय अर्को वर्षको एकोहोरो अध्ययनले भुलाउने भएकाले पनि अघिल्लो वर्षको अध्ययन सँगै लैजान पनि बढी किताबको किरा बन्नुपर्थ्यो।एक्लै पढ्दा भन्दा सामुहिक अध्ययन गर्थ्यौ हामी सर्कलका।ब्यक्तिगत गफ नगरे पनि समिक्षा काठमाण्डुकी,उत्तम धनकुटाको,दिलु नेपालगञ्जकी अनि म झापाको घनिष्ठ भयौ।मलाइ अरु भन्दा अझ उत्तम आफ्नै लाग्यो।दुवैजना पूर्वका भएको नाताले स्वतः प्रादेशिक भावनाले प्रिय बनायो।उसले पनि म जस्तै आधा छात्रबृति पाएको थियो।दिलु र समिक्षा पूर्ण छात्राबृतिमा थिए। घनिष्ठ भएसँगै औपचारिकता टुङ्गियो।आफुले आफ्नो अस्तित्व सह अस्तित्वमा रुपान्तर गरेँ।यो हामी राजधानी बाहिरका लाइ हितकर नै थियो।क्लासमा कुनै बेला सरहरु होम सिक को उपचार बिधि सुनाउँथे।हाम्रो यो घनिष्ठता एउटा उपचार बिधि थियो कि जति आफूलाइ भुलाउन सक्यो त्यति होम सिक बन्नुपर्दैन।मलाइ घरको याद आउँथ्यो तर होम सिक चाही भइनँ।अँ मलाइ अरु भन्दा गाह्रो फार्मेसी लाग्थ्यो।औषधीका कम्पोजिसन,प्रेस्काइब गर्ने बिरामीको अवस्था,औषधीको साइटइफेक्ट आदीइत्यादी।तर पढ्न रोचक लाग्यो।सर भन्नुहुन्थ्यो की हामीले त कुन कम्पोजिसन छ र काम पढ्नुपर्छ।अझ फार्मेसी मात्र पढ्नेले त औषधी बनाउन चाहिने केमेकल त्यसको मात्रा आदी सम्पूर्ण अध्ययन गर्नुपर्छ र गुणस्तर जाँच्ने यिनैको काम हो।सामान्य औषधी जस्तै सिटामोल त जिब्रोमा लाएर नै त्यसको गुणस्तरीयता पत्ता लाउने क्षमता राख्छन्।तपाइहरु तेती अप्ठेरो नमान्नु न।ओहो सरले मलाइ नै भनेँ जस्तो लाग्यो तर वास्तवमा क्लासभरीकालाइ थियो ताकी आफ्नो बिषयमा उत्प्रेरणा जागोस।
कहिले क्लासमा त कहिले समुहमा थेओरीमा जानेका कुरा प्राक्टिकलमा परिक्षण गर्थ्यौ।आज म खुशी छु, प्राक्टिकलमा सेतै फुलेर जाँदा बिरामी र कुरुवाबाट डाक्टर साएब को सम्बोधन पाएँ।आफु गन्तब्यमा आइपुग्न लागेको महसुस भो।एकैछिनमा त्यो दिन सम्झे जुन दिन दिदी बिरामी भएर बेडमा लम्पसार हुनुन्थ्यो र म कुरुवा थिएँ।राउण्डमा एक बथान बकुल्लो आए र एक पछि अर्को पालैपालो भुडी थिच्ने र घरि के के क्रमशः गर्दा मलाइ पनि झोक चलेर आको थ्यो दिदी त मज्जैले बाझ्नु भो "के मेरो जीउ तपाइहरुको प्रयोगशाला हो?म त उपचार गर्न आएको,तपाइहरुको प्रयोगशाला बन्न हैन?एउटा सीमा हुन्छ नी,जनङ्गी ...!हैन उपचार छिटो हुन्छ भनेर प्राइभेट आको,क्याम्पसको प्रयोगशाला हुन उच्च रकम तिरेको त हैन नी?"केही बिध्यार्थी डाक्टर तीक्ष्ण स्वरमा बोल्न खोजेर पनि सकेनन्।त्यो बेला मेरो पनि मौन समर्थन थियो दिदिका कुरामा।आज आएर बल्ल सब कुरा थाहा पाएँ।सरी दिदी त्यो बेला तपाइका अघि उभिएका आजको तपाइको भाइको प्रतिनिधि थिए।तपाइका कुरा सम्पूर्ण गलत थिए त म भन्दिनँ।तपाइको पिडाका चित्कार थियो।दिदी ती सेता बकुल्लाले तपाइलाइ प्रयोगशाला नबनाउदा हुन् त तपाइको रोग बारे थप कुरा पत्ता लाउने थिएनन्।तपाइ एकजनालाइ सास्ती दिएर बाँकी महिलाले सुख पाउँछन् भने त्यो सास्तीमा रुष्ट नहुनु न।कुरा यसरी बुझ्नु न,डाक्टरहरु उत्पादन नै हुदैनन्।आज मैले पनि तपाइलाइ गिजोले झैँ गिजोलेँ र तपाइका ती सबै शब्द मैले फिर्ता लिएँ।
मेरो मुखाकृतिमा आएको भिन्न रंग वा हँसिलो मुहार अचानक गम्भीर हुँदा अरुले के सोचे था भएन तर धेरैले मलाइ हेर्दै रैछन।दिलुले मलाइ कोट्याउँदै इसाराले नै के भो सोध्दैथिन्।प्रो.डा. हाम्रो शिक्षकका अगाडी बाहिरी कुरो बोल्न मिल्दैनथ्यो।उक्त ग्रुपमा दिलु म समिक्षा लगायत अन्य मित्रहरु थियौँ।उत्तम अर्कै समुहमा अर्कै वार्डमा थियो।बिरामी नै पिच्छे डायरीमा नयाँ नयाँ कुरा टिप्दै गयौ।मैले एउटा कुरा महसुस गरेँ।हिजो अस्ति दुइचार जना राउण्डमा आउथे तर आज यत्रो डाक्टर वरिपरि उभिएर बिभिन्न कुरा गर्दा,कुनै बिरामीको मानसिकतामा उथलपुथल आएको थियो।आफुलाइ ठूलै रोग लागेको आशंका गर्थे।अर्को मान्छेको शरीरलाइ पाठ्यसामाग्री बनाउन हामीलाइ अधिकार छ र?फेरी कोरा किताबी ज्ञानबाट मात्रै पनि यो शिक्षा पूर्ण हुँदैन नि त!ति मान्छे त महान् नै हुन् जसले आफ्नो मृत्युपछिको शरीर मेडिकल कलेजलाइ दिने सम्झौता गर्छ।तर हातैमा गन्न सकिने मान्छेको मृत्यु पर्खेर बस्ने कुरा पनि भएन।मेरो दिमागमा यस्तै कुराले जुहारी खेल्दैथ्यो।
"मिस्टर आदित्य"
"एस सर"
"ह्वेर यु लस्ट?"
"सरी सर"
"ओके इन्भेष्टीगेट दिस केस"
"सर आइ ट्राइ माइ बेस्ट ......सर,आइ फाइन्ड नोथिङ्ग रोङ्ग इन फाइल!लेट मी टक टु पेसेन्ट।..सर इज इट एनजाइटिस न्युरोसिस?"
"इज इट समिक्षा?"
"सर आइ टु थिङ्क सो,बिकोज नो रोङ्ग इन रिपोर्ट"
"ओके आइ एम ग्ल्याड अन बोथ यु"
"मिस दिलु !"
"एस सर"
"ह्वाट डु यु प्रेस्काइब दिस केस,ह्याभिङ्ग सिभर पेन इन थ्रोट।अलसो ह्याज फिभर?"
"मे ह्याभ थ्रोट प्रोबलम्स।इफ डन्ट ह्याभ एनी प्रि डिजिज,सर कान्ट गिभ एजिथ्रोमाइसिन?"
"हम्म् !एस यु क्यान बट बेटर स्टार्ट फ्रम मेडिसिन लाइक एमोक्सासिलिन!.... ओके थ्याङ्क यु अल !" एउटा वार्डको सबै बिरामीको छेउमा पुगेर नर्सिङ्ग स्टेसन फर्कियौँ।
ओहो ओके बुढाले झन्डै फसाद पारेको!राउन्डमा अति संवेदनशील हुनुपर्छ।एउटै शब्दमा पनि त्यसले बुझाउने अर्थमा ठुलो अन्तर हुन्छ।अथवा मान्छेको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्धित कुरामा अति संवेदनशील हुनुपर्छ,सरले यति दीक्षा दिएर आफ्नो ओ.पि.डी तर्फ लागे।हामी कोही कोठा फर्किए,म लाइब्रेरीतिर लागेँ।उत्तम लाइब्रेरी मै रैछ।
"उत्तम जी के खीजीसिदै छ?"मेरो यो बोलीमा उत्तम मजैले हाँस्यो।पछी म पनि हाँसे।
"आदित्य तिमीले त साह्रै मजाले पो समिक्षाको बोली कपी पेष्ट गर्यौ"
"सरुवा रोग रैछ नि त!बि केयरफुल तिमीलाइ पनि भाइरस सरिसकेको छ नि!हा हा हा"
"उम् हुनसक्छ!...तर के गर्नु मेडिसिन नै पाउँदो रैनछ त्यसको!हा हा"
"उत्तम सर के खोज्दैछौ यार एक्लै?"
"हाम्रो लाइब्रेरीको निरीक्षण गरेको मात्र आदित्य महोदय!"
"ए कतै कबिता निबन्ध लेख्ने कलाको भोको त हैन ती आँखा?"
"मे बी!"
"साँच्चै यार,अस्तिको कबिता त मान्नै पर्छ!"
"हो र?ल धन्यवाद तिमीलाइ।तर एउटा कुरा मलाइ खुशी लाग्छ।मान्छेको शरीर केलाउने धुनमा मेडिकल कलेजले साहित्यलाइ भुलेको छैन।प्रत्येक बर्ष कविता कम्पिटिसन राख्छ।"
"ठीक हो।मलाइ पनि साह्रै मन पर्छ।पहिला स्कुल पढ्दा त म पनि लेख्थे तर जति लेखे पनि पहाडले कहिल्यै उठ्न दिएन।र पछि डाक्टर बन्ने भूतले छोएपछी जसरी पनि डाक्टर बन्ने एकोहोरो लागेपछी क्रमशः छोडेँ।"
"हुन त हो,अलिकति नाम चलेकाले लेख्दा कविताको ताली पाउँछ तर हामीले त्यै कुरा वा त्यो भन्दा उत्कृष्ट लेखे पनि छि छि.त्यो पनि कविता हुन्छ र?आदी गाली पाइन्छ।"
"त्यो त हामी नेपालीको मस्तिष्कमा झाङ्गिएको पक्षघातीय मपाइत्वको सोचले हो।कसैको रचनालाइ राम्रो भनिदिदा आफ्नो रचनाको मोल घट्नेमा भय छ।कति ठूला आदर्श र महिला/बालबालिकाको वकालत गर्नेहरु आफु बाल यातना र महिला यातनामा रमाउँछन तर उनिहरुलाइ आफ्नो नाममा सबले आरती गरुन् लाग्छ।"
"ओहो आदित्य कहिलेदेखीका कुरा पोख्यौ यार!त्यो चित्त कति दुखेको रैछ!"
"स्वभाबिक हो।हिजो 'म ट्वाइलेट गएको छैन आज' कविता लेखेर आफु उत्कृष्ट साहित्यकारको छातिमा तक्मा झुन्ड्याएका लेखकले मेरो रचनालाइ निम्न स्तरको मूल्याङ्कन गरेका दिनबाट मैले त्यागे।कविता सुन्ने र पढ्नेले पनि उसैलाइ वाह वाह भन्छन्।उनीहरुलाइ शब्द चाहिन्न,मान्छेको पोस्टर पर्याप्त छ।"
"साच्चै यार!ओए याँ हेर यो नोभल पढ्न मन लागेको थियो बट नो टाएम्स यति लामो पढ्न।"
"उम् 'वार एण्ड पिस' मलाइ पनि पढ्न मन लागेको नोभल हो।यसमा त पात्रहरुको बजार छ भन्छन्।यति धेरै पात्र अरुमा छैन रे।तर सबै शशक्त छन् रे।आइ प्रिफर मोर इङ्गीस लिट्रेचर नेभर नेपाली।"
"अँ मलाइ पनि इङ्लिस लिट्रेचर त मन पर्छ तर ओहो आदित्य एउटाको झोकमा पुरै नेपाली साहित्यप्रति किन बितृष्णा?"
"मेरो दिमागमा बसेको छाप हटेन।नेपाली साहित्य सबै त्यस्तै मान्छेले बनेको रैछ।"
"आदित्य कुनै एकदिन तिमीलाइ दाजुले झुटो आरोपमा केही मुक्का हान्यो भन्दैमा आफ्नो घर छोडेर हिड्छौ र?यदि हिडिहाले पनि तिमीलाइ माया गर्ने आमा र बा बस्ने घर थुकेर पल्लो घरमा धज्जी उडाउँदै बस्छौ र?बाइ द वे,तिम्रो ब्रदर छैन तर जस्ट इमाजिन साहित्य तिम्रो घर अनि तिमीहरु त्यसभित्रका मेम्बर।तिमीलाइ कैले राम्रो नभन्ने ब्रदर छ त्यहाँ तर धेरै माया गर्ने आमा र बा पनि त हुनुहुन्छ?.....सरी है धेरै बोलेको भए!"
"थ्याङ्कस् यार।कति मजाले सम्झायौ!बट स्टील नेपाली साहित्यमा धेरैजसो शब्दको भन्दा पनि पोस्टरको व्यपार चल्छ!यो चै सत्य हो!"
"आदित्य पोस्टर अगाडी राखेर गरेको चर्चाको ब्यपार कति टिक्छ र?अहिले तिरस्कृत तिम्रो कथा भबिष्यमा पुरस्कृत हुन पनि त सक्छ नी?.....ओके एनी वे,लाइब्रेरीमा कति हराउनु?तिम्रो केही लानु छ की?"
"अँ खासै छैन।यो एउटा सीम्स लानुपर्यो।नयाँ मेडिसिनको साइट्स इफेक्ट लगायत मेडिसिन बारे अपडेट हुनुपर्यो भनेर।ल जाऔ।"
उत्तम र मेरो वार्तालय भयो पुस्तकालय।सम्भवतः उत्तम र मेरो मात्र अहिलेसम्म कै लामो गफ यै हुनुपर्छ।सर्कलमा त अझै लामो पनि भयो होला।उत्तम र म लाइब्रेरीबाट निस्कियौँ।ढोका मै बुक लगेको रिकर्ड राख्ने अर्को रुम थियो।रेकर्ड गराउदा गराउदै समिक्षा र दिलु आइपुगे।उनीहरुको भनाइमा त कलेजको कुना कुना पुगे रे हामीलाइ खोज्दै।कत्ति न के के खाइदिए झै आँखा ठूला ठूला पार्दै पो हेर्छन।
"हैन समिक्षा जी,हामीलाइ किन खोजीसिएको त?" उत्तमले हाँसेर समिक्षा कै बोल्ने तरिकाले सोध्यो।प्रतिउत्तरमा समिक्षाले चाही उत्तमको भाषा बोलिन्।
"तपाइहरुले मेरो चोर्नु भो अनि मलाइ त करै लाग्यो।उत्तम महोदय,आर यु टिजिङ्ग मी अर फलोइङ्ग मी?"
"मैले जिस्काको पनि होइन र अनुकरण गर्या पनि हैन डक्टर समिक्षा!नयाँ स्वाद चाखेको मात्रै हो।टेम्परमा नआउनु न फेरी बी पी सेट बोकेको छैन क्या! हा हा हा।"
"उत्तम पनि भन्दाभन्दै भिक्टिम!हा हा हा" रजिस्टर गरि नसक्दै पछाडी फर्केर म बोली हाले।
No comments:
Post a Comment