Pages

04 January 2013

फुइँ

लघुकथा
- दिवाकर स्वप्नील

शम्भुनाथले कलिलै उमेरमा भाषा साहित्यमा पी.एच.डी. गरेर एक विश्वबिद्यालयमा भाषा साहित्य बिभाग सम्हालेको कुरा सबै अखवारका मुखपृष्ठमा छापिए।कहिले उनको ब्यक्तित्व त कहिले उनको कृतित्वबारे स्तम्भहरु हप्तौँ छापिए।
उता भाषा साहित्य बिभाग पनि चुस्त बन्दैगयो।अनावश्यक तडकभडक र चाप्लुसी गर्ने मान्छे उनलाई कत्ति पनि मन पर्दैनथियो।यही कारणले उनी कतिका लागी आलोचित पात्र पनि बनेका थिए।उनी भन्थे आलोचना हुनु नी आफु बाँच्नुको आभास हो र सबैको दृष्टी आफुमा परेको महसुस हो।एकाध मान्छे बाहेक सबै उनको खुबीको पुजारी थिए।त्यसैले महिनामा दुइटा तीनटा पुस्तकको भूमिका लेख्न आइरहन्छ।

"ओहो!शम्भुनाथ सर,आज त बाटा मै कस्तो संयोग?म हजुर कै कार्यालय जाँदैथिएँ।"
"हो र भाष्कर सर? अनि किन पाउ कष्ट गर्नुभएकोथियो होला कोनी?"
"हजुरलाइ अलिकति दुःख दिउँ की भनेर। हेर्नु न मैले मेरो तेस्रो कृति उपन्यास प्रकाशन गर्न लागेको,यसमा हजुरले भूमिका लेखिदिनुपर्यो।"
"ए हुन्छ नी,मैले सकेको त गरिहाल्छु नी"
भाष्करले एउटा निकै मोटो पाण्डुलिपी शम्भुनाथलाई दिए। साहित्यमा हुरुक्कै हुने भाष्कर जति पढ्थे आश्चर्यचकित भए,पन्ध्र दिनमा पाण्डुलिपी पढेर सके र छोटो सटिक भूमिका लेखेर फिर्ता गरे।त्यसको भोलिपल्ट कृतिकारले एउटा पत्र पठाए जसमा लेखिएको थियो "शम्भु मेरो पुस्तक अङ्ग्रेजी पुस्तकको हुबहु कपी अनि कपी गर्दा त्यो कृतिको साहित्यिक सुन्दरता कायम राख्न नसकेको कसरी भन्न सक्यौ?मैले लेख्न थाल्दा तिमी कट्‌टु मुत्थ्यौ।तिमीले साहित्यबारे के बुझेको छौ र फुइँ लगाउँछौ?"

२०६९/०९/१३ शुक्रबार

No comments:

Post a Comment

Thank you.