Pages

31 January 2013

एउटी केटी छे !

गजल

- दिवाकर स्वप्नील

दिनहुँ नेट्मा आउने एउटी केटी छे ।
प्रीतीको गीत् सुनाउने एउटी केटी छे ।

दशौँ रस मिसाउछे मिलाएर गफ
बाङ्गा कुरा झन् बाउने एउटी केटी छे ।

अमूर्त त्यो मायालाई मूर्त खोज्छे नत्र
रोइदिन्छु धम्काउने एउटी केटी छे ।

याद्को तुलो छैन मैले देखाउँ कसरी?
प्रश्नले दिक्क लाउने एउटी केटी छे ।

हिजो भिड्मा एक्लै छोड्दा प्यारा अन्तै थिए
माया गर्न अह्राउने एउटी केटी छे ।

सदावहार यो मन त बदलिन्थ्यो किन
आफ्नै घातमा कराउने एउटी केटी छे ।

No comments: