गजल
- दिवाकर स्वप्नील
हराई तिमीमै झुलाएर आएँ।
नजर बागमा फूल फुलाएर आएँ।
दिलैमा थियो घर घरैभित्र पस्दै
झिनो आज पर्दा खुलाएर आएँ।
क्षितिज देखि टाढा कहाँ हो कहाँ त्यो
उडाएर यो मन डुलाएर आएँ।
सधैँ सोच्छु मैले तिमी प्राण राजा
भुलेँ सृष्टि सारा भुलाएर आएँ।
तिमीलाइ सम्झी लजाएर आफैँ
शरम् माथि माया घुलाएर आएँ ।
बहरे मुतकारिब मुसम्मन सालिम ।
ISS ISS ISS ISS
No comments:
Post a Comment
Thank you.