Pages

15 February 2013

म स्कुल पढ्दिन !

भो बाबा म त्यो स्कुल जान्न।
मलाइ कर नगर त्यहाँ पढ्न।

भोकमा भुडीले ढाड छोएको बेला,
निर्धक्क खियाएर नङ्गा_ खान सक्दिन भने
जाडोमा टुपी ठडिएको बेला
एक आङ झत्ता र एक चुलो आगो बल्दैन भने
पीडा आहतले जीवन गुम्सेको बेला
शान्त पवन चल्दैन भने
अनि भन्नोस न कहाँ छ जिजीबिषा?

बर्षौ पुराना ढुडी परेका तानाशाहका_
निरंकुश साध्य रटाइन्छ_सुँगालाई झैँ
बाबा, त्यो पशुशालामा भविष्यको जग छैन
भित्रभित्रै धमिराले मक्याएको धरातलमा_
सुरक्षित आभास गरुँ कसरी उभ्याएर आफुलाई ?

संकुचित आँखी झ्यालबाट डराइ डराइ चियाएर
ब्यापक संसारको म कल्पना गरुँ कसरी ?
भो चाहिएन कसैको गोजीका प्रमाणपत्रहरु
बाबा मलाई खुल्ला छाडिदेउ
नबाँध निरंकुशताका जन्जिरले।

© दिवाकर स्वप्नील ।

No comments: