Pages

21 May 2013

भ्रमको चिहान

हत्केलाले कति घाम छोपियो ?
दृष्टीभ्रमको चिहान रोपियो ।

सोच्यौ ? लाटो ऊ, र त नबोलेको
को माथि को तल काम जोखियो ।

चिरहरण जब गरे कृष्णले
भयो कति उन्को मान सोधियो ।

मृत शब्दमा अबिर् माला देख्छु
देवता भक्तका लाम सोचियो।

© दिवाकर स्वप्नील

No comments: