Pages

17 December 2013

सम्झौता गरिदिएँ ..

सम्झौता नै गरिदिएँ बाटो सँग पनि।
बाँच्नलाई यो धरामा माटो सँग पनि ।



घाउ लाग्यो कति धेरै बर्णन् छैन ऐले
डर लाग्छ आज देख्दा खाटो सँग पनि ।



ऐठन हुन्छ हर रात दुख्छ देब्रे छाती
दुख्छ मुटु विपनीको पाटो सँग पनि ।



एउटा चित्र कोर्दैथिएँ रङ्ग पोखियो
प्रेम गर्छु क्यानभासको टाटो सँग पनि ।

© दिवाकर स्वप्नील

No comments: