Pages

31 August 2012

छ हाइकुहरु


' _ '
1
ढल्छ आदर्श
परीक्षण नलीमा
शून्य जीवन !
2
ओठमा घाउ
चुम्बनको मौसम
दोष कसको ?
3
सोच्छ बिचरा
कटर खाएछ ऊ
मुडुलो शिर !
4
सीमा हुन्छ नी
राम्री हुनुको तीर
लाग्छ करेन्ट !
5
हान्न थालेछन्
पीँध्‌मा टाँसेको कुर्सी
थोत्रो नाटक !
6
भित्तोको पात्रो
हाँस्छ खित्का छोडेर
बुढो भएछु !

- दिवाकर स्वप्नील

No comments: