Pages

30 August 2012

को हो ?

>> दिवाकर स्वप्नील

कौसीबाट नजर् वाण चियाउने को हो ?
हात् समाइ धरातल्‌मा जियाउने को हो ?

सुकोमल तिनै हात्‌ले प्याला भर्दै राती
मन्द मन्द मन्द बिष पिलाउने को हो ?

मधु बोली बजारमा बोलाएर एक्लै
अट्टाहाँस्दै मुख छोपी हियाउने को हो ?

दिनरात बेचैन छु न भोक न प्यास
आजभन्दा भोली धेरै खियाउने को हो ?

No comments: