राती टिल्ल परेर आयो।हरेक दिन मैले यस्तै आक्रोसपूर्ण ममीको बोलिको सिकार बन्नुपर्थ्यो।उम् त्यो दिन ममी र मैले थान्कोमुन्को सक्यौँ।डेडीको घर आउने टायम थिएन,आमाछोराले भात खायौँ।र सुत्यौँ।राती एघार बजेतिर डेडी आउनुभो उही हुलियामा जस्तो पहिला आउनुहुन्थ्यो।ममीले ढोका नखोले पनि मैले खोलिदिएँ।
दिनभरी हिड्ने र बेलुका पैसाको सट्टा टिल्ल आउने प्रवृतिले आजित ममी,बिचरा धैर्यको बाँध टुट्यो होला ,भन्दैहुनुहुन्थ्यो - "हैन कति दिन चल्छ यसरी ? दिनरात म चै घोटिइ रहने अनि महामहिम चै रक्सी धोकिरहने!"
"हे कचकच नगर।"
"के को कचकच? कुकुरको मुत खा'को कति दिन सहनु मैले?"
"टेनसन भ को बेला धेर नबोल"
"टेनसन टेनसन टेनसन ! सधै टेनसन ?घरको टेनसन छैन?चोकचोकमा आदर्श का भाषण जान्छ घरमा चै खै ति सब?"
"तलाइ धेर नबोल भनेको सुन्दैनस ?साला रण्डी लातको भुत बातले मान्दैन।"
"घरेलु हिंसा उन्मुलन यसरी हुन्छ ! वा वा....!
तर कान खोलेर सुन्नु यस्तो चरित्र भएको मान्छेसँग म बस्दिन।"
"जा जा रण्डी तँ जादा पनि केही खुत्तीदैन।"
डेडीले ममीलाई बाहिर धकेल्नु भो।ममी बाहिर त पुग्नु भएन एक छेउमा लड्नु भो।
"तेरा दाइजो हरु पनि मलाइ चाहिदैन।जहिले टेनसन दिन्छ यार..ला लैजा! तेरा सामान!"
डेडी भटाभट सामान फ्याक्नथाल्नु भो।ममी उठ्नु भएकै थिएन।एक्कासी खै के ले हो,ममीको टाउको रक्ताम्मै भो।एकैछिनमा थररर काम्दै खुट्टा तनक्क पार्नुभो।पछी था भो त्यतिखेरै ममीको सास गएको रैछ।पर एउटा कुनामा टाँसिएको म डरले जान सकिन ,रोएँ मात्र।ममी र डेडीको दैनिकी थियो झगडा गर्नु।आज भने अलि धेर भएको थियो।ममीले डिभोर्स दिने टुङ्गो गर्नुभएको थियो।डेडी ममीप्रति त्यत्रो हिँस्रक बनेको कहिल्यै देखेको थिइन।ममीसँग जति झगडा भए पनि मलाइ आफ्नो रीस कहिल्यै पोख्नु भएन डेडीले।
डेडी हत्यारा भइसक्नु भएको थियो।घाटमा मैले आफ्नै आमाको मुखमा आगो लगाएँ।त्यो क्षण अति गारो भएको थियो मेरा हातले आगो लाउनै सकिनँ र मेरो हातमा पुल्ठो बोकाएर अरुले नै आगो लगाइदिएका थिए।त्यो दिन भोकै बसेर उपबास बसे।तेह्र दिनसम्म नाङ्गो मुडुलो भएर काजक्रिया सकेँ।
हत्याराको ट्याग लागेको डेडी जेल जीवनमा पुग्नु भयो अनि म यता मामलमा।भानुले यति भनिसक्दा दुवैको आँखामा आँसु थियो।
स्कुलको ग्राउन्डमा कोही थिएन, अगि नै घन्टी लागेर क्लासभित्र पसेछन् सबै।हतार हतार गयौँ।
सरको प्रबेश भइसकेको रैछ।हामी पुग्दा सरले निकै मज्जाले हेरे।सम्भवतः मलाइ भएको कारबाही ठिकै महसुस गर्यो होला त्यो मनले।उम् बिदा भो।मैले घरसम्म पुग्ने एक साथीको साइकल भेटेको थिएँ जो घर अगाडीको बाटो जान्थ्यो।बाटो अप्ठेरो भएपनि हतारको दिन त्यहीबाटो जान्थ्यो।ऊ र म साइकलमा हिड्न खोज्दा श्वेताले फेरी एक्लै बोलाइ।मैले गफ गर्दा साइकल छुट्थ्यो।मलाइ मन पनि थिएन।
श्वेताले भन्दैथिइ "स्वभाविक हो तँलाइ भेट्न मन छैन।टिफिन टायममा पनि धेरै खोजे भेटिनँ।हुनसक्छ तँ म देखि तर्केर बसेको।तेरो बिह्याभ ले त्यत्रो ठूलो पनिस भेट्नु पर्ने होइन।तँलाइ देख्दा र तेरो हिँडाइ देख्दा,म आफुलाइ माफ गर्नै सक्दिनँ,म तँलाइ एक्लै बाहेक सम्पूर्ण कुरा भन्नै सक्दिन।आइ नो यू डन्ट वान्ट टु लिसन माइ भोइज।सायद भोलिदेखी आउँदिन स्कुल"
साथीलाइ हतारथ्यो हिड्यौँ।टिफिन टायममा भेटिन रे।कसरी भेटोस त?बगान त उसले कल्पना गर्न पनि सक्दिनथी।भोलिदेखी आउँदिन रे?क्या घुर्क्याउँछन केटी!म यस्तै सम्झेर घर पुगे।बाटामा साथी पनि आश्चर्य मान्दैथ्यो श्वेताले मलाइ गरेको ब्यवहार देखेर।ऊ त भन्थ्यो श्वेताले बढाइचढाइ रिपोर्ट गरेको हुनुपर्छ।
भोलिपल्ट साँच्चै उसले भने झैँ स्कुल आइन।ऊ त जति घमन्डी थिइ त्यति नै त्यागी पनि रैछे।क्रमशः तीन दिन स्कुल आइन।मैले किड्नी लगभग त्याग गर्नुपर्ने अवस्था आउँदा हुन्छ भने।जे सुकै गरोस डेम कियर।तेस्रो दिन मैले यसै भनेकोथिएँ भानुसँग।सधैँ मेरो कुरामा सहमत हुने मान्छे यो चोटी भिन्न भयो।
"आदित्य आउनू र नआउनु उसको कुरा त हो।तर उसले तिमीलाइ देख्दा आफुलाइ हरकोणबाट दोषी देखी र तिमीलाइ ती सब गुम्सेका कुरा पोखेर प्रायश्चित गर्दै माफ माग्न नपाएपछी उसले सम्झीहोला आफु तिम्रो अगाडी उभिन लायक छैन।"
भानुको यो उक्तिले अति मन छोयो।कति उदार बिचार !ठिकैछ मलाइ त्यो कुरा जुन भन्न नपाउँदा स्कुल आउन मन लागेन,सुन्न उत्सुकता जाग्यो।उसो त रीस कम पनि भएको थियो।म पनि उदार भए झै गरेँ।र सुन्न मञ्जुर भएँ।
"वाह भानु तिम्रो क्या उदार मन यार!जुन उदारता मसँग छैन अथवा भनौ मेरा पिडाहरूले उदार हुँन दिदैनँ।तथापी म हुन प्रयास गर्छु।ठिक छ मैले सूनिदिँदा कोही स्कुल आउँछ,म सूनिदिउँला।"
भोलिपल्ट त श्वेता स्कुलमा छे!!लौ यो कसरी भो मन्जुरी श्वेता सम्म?अँ पछी पो थाहा भयो यो अभियान भानुले नै चलाको रैछ।यो चोटी श्वेताले सामान्य भन्दा छुट्टै तरिकाले बोली!
"आदित्य ऐले चै कति दूख्छ कम्मर?"श्वेताको अनुहारको चमक ऐलेसम्म आएको थिएन।यो देख्दा चै रीस होइन बरु माया लागेर आयो।उच्च संवेदनाले कति छोएछ।
"ठिकै छ । घट्ने क्रममा छ ।"
"आदित्य पछी किड्नी केही हुँदैन?डाक्टर के भन्थे?"
"श्वेता थाहा छैन।खै डाक्टरले त्यस्तो संकेत गरेका छैनन्।तर किड्नी केही हुन घाउ नै हुनुपर्छ र?"यो चोटी मैले रीस भन्दा पनि सद्भाव पोखे।
"थ्याङ्कस् । मेरो कारण तेरो हालत यस्तो हुँदा पनि बोल्दैछस।"
"अँ"
"तेरो मूल्याङ्कन गर्न सकिन मैले"श्वेताको बोली भक्कानिदैथ्यो सुरुदेखि नै।म पनि मान्छे नै त हो,कसरी ढुङ्गो बन्न सक्छु र।अब उल्टै म पो सान्त्वना दिन थालेँ।
"लु भयो भयो।अब धेर त्यस्तो नगर।बरु भन न के कुराले स्कुल नआकी अनि मलाइ भन्नु पर्ने कुरा?"
"आफ्नै दोष हो र आत्माग्लानी पनि ब्यक्त गर्न नपाउँदा आफु तेरो अगाडी उभिन मन लागेन।त्यसैले नआको स्कुल"
"ए अनि के कुरा?"
"घर बस्दा पनि आनन्दले बस्न सकिन अनि आफ्ना सम्पूर्ण कुरा कागजमा लेख्थे।भावनामा यति बगेँ की यौटा कुरा आठपेज बनाएँ।पछी त्यसैलाइ एक पाना बनाएँ र तलाइ पठाउने तयारीमा थिएँ।अब आफै चुज गर त्यही चिठि वा ...."
"लामो भूमिका नबाँध। चिठिसिठी छोड दे।मान्छे यही छेस।फेरी सटकटमा भन लामो भुमिका नबाँध नी"
"OK तैले त्यस्तो पनिस भेट्छस एकमनले पनि सोचेको थिइन।तिमेरु ले जसरी गिल्ला गर्यौ मलाइ अति रीस उठ्यो।अगाडी तँ बोल्ने पछाडी अरु केटाहरु हाँस्ने!अफिसमा रिपोर्ट गर्नलाइ तैले भनेका शब्द पर्याप्त थिएन तर म चाहान्थे एक दुइ स्टीक खाओस जसले गर्दा कसैले पनि नजिस्काउन।ती शब्दले त केवल गाली खान्थे।त्यस्ता गाली कतिले कति खाए खाए।म यिनिहरुलाइ कुटाइ खुवाएरै छोड्छु भन्ने अति कमजोर मानसिकताले रिपोर्ट गरेँ केही भन्दै नभनेका शब्दहरुका साथ।सरलाइ भन्न सक्दिन ती शब्द भन्दै मेडमलाइ भनेँ।तैले कुटाइ खाइस,सकियो हुनुपर्ने हो तर त्यो लागेन।मेरो चाहाना त वान स्टीक र वार्निङ्ग मात्र,त्यसका निम्ति पनि बनावटी कुरा गरेँ! कसम मेरो यो ह्याभी पनिसमेन्टको इच्छा थेन र बदनामको वास्ता नै भएन।तैले नखाको विष लाग्यो।मैले यो कुरा अरुलाइ भनिनँ किनकी मात्र मेरो गल्ती र आक्रोस थियो।म त्यस्तो नराम्री केटी पनि थिइन।मैले गल्ति महसुस गरे।अब तँ मलाइ के सम्झीन्छस था छैन तर म त्यस्तो खराब केटी होइन,त्यो क्षणिक आक्रोसले भो सबै।आदित्य मळाइ माफ गर,प्लीज! म तलाइ यति भन्न चाहन्थे भनेँ अब यो कुरा स्कुलभरी फैलाएर म खराब केटी रैछु प्रचार गर्ने तेरै जिम्मा" श्वेता आफुलाइ पखाल्दै थिइ।मैले के भन्ने आफैलाइ दोषी ठान्दैछे।
"श्वेता तेरो दिमाग मान्छे जस्तै सानो रैछ।तँलाइ मन नपर्दा उठेर हिड्दा भैहाल्थ्यो त।तर तँ त त्यहाँ पुगेछस जहाँ पुग्नुपर्ने नै थिएन।अनि पुगेपछी कृत्रिम फेरी?।"
"हो।मेरो सानो दिमागले तलाइ ठूलो क्षति भो।मलाइ सक्दो पनिस दे।म पनिसमेन्ट लायक छु।"
"पनिस?हु एम आइ टु गिभ यु पनिस?तँ सँग त मैले जस्ट जोक गरेको थे तर ...।एनीवे जे नगर्नुथ्यो गरिहालिस।अब मैले तेरो खराब चरित्र फैलाउदा मेरो असल चरित्र फिर्ता हुन्छ?सरी म त्यसो गर्दिन।फेरी मेरो अर्को गलत कदम होला किनकी मेरो त नाममा त्यसै पनि दाग लागीसक्यो,श्वेताको श्वेत नाममा किन दाग लगाउँ?तेरो मुखले जे भने पनि अपेक्षा यही हो नत्र एक्लै भन्नुपर्ने नै थिएन नी।अब छोड दे सबै कुरा र स्कुल आइज।"
"मलाइ लागेको थ्यो तँ यो सब कुरा सुनेर मलाइ थुकेर हिड्छस होला।मलाइ ती केटाहरुको हाँसोले बढी आक्रोशित पारेको थ्यो।परिणाम अर्कै भयो।अहिले केवल मन हल्का मात्र पारेको थेँ।तँ त क्या उदार बनिस्! थ्याङ्क यू यार थ्याङ्क यु भेरी मच"
श्वेताले आफ्ना सारा कर्तुत पोखेपछि मैले भन्ने कुरा केही थिएन बाकी केही बोलिन।उसले एक्लै भन्नुपर्ने यही रहेछ अब हल्का भइ।उसलाइ बदनाम गर्न मलाइ जिम्मा दिएकी थिइ।मलाइ उसले नभएको कुरा लाएर मैले कुटाइ खाएँ भनेर सबैसँग श्वेत नाममा कालो लाउन मन लागेन,उसैपनि क्लासकी मेधावी।कसैलाइ केही भनिनँ किनकी साथीहरुलाइ था थियो र देखेका थिए मैले बोलेको,उनीहरुले मलाइ कलंक सम्झेका थिएनन् होला बरु त्यति बोल्दा नि कारबाही हुँदो रैछ भनेर सतर्क भएका थिए।श्वेताल केही दिनमै तनावमुक्त भइ।यो घटनाभन्दा अघि हामी एक अर्काको प्रतिष्पर्धी थियौँ।खासै बोलिदैनथ्यो।तर अब दिनदिनै बोल्न थाली।मेरो स्वास्थ्यबारे जिज्ञासा राख्थी।म पनि त मान्छे नै थिएँ कति दिन उठ्यो र रिस?बरु आत्मीयता बढ्यो।प्रतिस्पर्धीसँग मित्रता गास्नु लाभ नै ठाने।भानुलाइ पनि लाभ।ऊ मेरो स्वास्थ्यबारे मैले भन्दा बढी चिन्ता गर्थी।यो दुष्मनी प्रिय मित्र बन्दा छक्क पर्छु।समय बित्दै जाँदा भानु र म अनि श्वेता अति मिल्ने साथी बन्यौँ।श्वेतालाइ आफ्ना साथीको वास्ता हुँन छोड्यो।खाली समयमा तीन जना गफ गरेर बस्थ्यौ र पढ्दा पनि यै तीनजनाको छलफल हुन्थ्यो।अझै समय बित्दै जाँदा यति घनिष्ठ भयौँ,त्यसको परिभाषा छैन।तथापी म पहिला जस्तो हुन सकिन।जहिले दिमागमा आफु खराब भएको घुम्थ्यो।शिक्षकले हेर्ने नजर बदलिएको देख्थे वा महसुस गर्थे बदलिएको थियो या थेन।साथीसँग हुदा ठिकछ तर छुटेपछी फेरी उही मलाइ हेर्ने नजर परिवर्तन भएको दिमागमा खेल्थ्यो।धेरै आत्मीय भएकालाइ था हुदो हो केही गडबडी,मैले केही भएको छैन भन्दा पनि पत्याउँदैनथे।
अर्धवार्षिक परिक्षाको एक महिना अगाडी मेरो प्रिय साथी भानु साच्चिकै भानु भएर गयो आकाशमा।म भानुको मृत्युमा उसका आफन्त भन्दा बढी रोएँ।श्वेता पनि धेरै रोइ।घाटमा पुर्याएपछि म बेहोस भएछु।पछी हस्पिटलमा भेटे आफुलाइ।मैले मेरो भानुलाइ अन्तिम बिदाइ गर्न पाइन।भानुको शोकमा स्कुल एकदिन बिदा भो तर म एक हप्ता स्कुल गइनँ।एकोरिन्थे कि भानु जसले मलाइ बुझेको छ र जसलाइ मैले बुझेको छु।आज ऊ नै छैन र अरुको नजरमा म फटाहा छु।किन जाने अब?दुइ तीन रात निदाइन र निदाउँदा उसलाई नै देख्छु,झसङ्ग झसङ्ग तर्सिनथालेँ,भानु छेउमा बस्थ्यो।दिउसो पनि एक्लै हुँदा यसै हुनथाल्यो।मेरो यो चर्तिकला देखेर आमा धेरै रुनु भो।बौलाउन लाग्यो भनेर मसँग लुकेर रुनू हुन्थ्यो तर आखा ढाट्दैनथे।आजीत परिवारको एउटै उपाय मलाइ डाक्टरकोमा पुर्याए।मानसिक रोग बिशेषज्ञले डिप्रेशन भन्दै औषधी दिए।म स्कुल गएकै थिन।छैटौ दिन श्वेता आएर मलाइ स्कुल बोलाइ।मैले भने "अब स्कुलमा मेरो कोही छैन जसलाइ म सम्पूर्ण कुरा भन्न सक्छू।मेरा आँखाभरि आँशु थियो,डाँको छुट्यो।श्वेताले भनि "किन कोइ छैन?म छुईन?"श्वेताले गालामा प्याट्ट पारी।
"छस"
"अनि?भोलिदेखि आइज अरु म जान्दिन।"यो सब कुरा आमा सुन्दै हुनुदो रैछ।श्वेताले कुरा नसक्दै ढोकामा उभिएर आमाले भन्नुभयो-"नानी स्कुलमा कसरी अडिएला र यो?अचेल एक्लै सुत्दा त डराउँछ।
"हैन ममी स्कुल पठाइदिनु अनि त्यसपछी मेरो जिम्मा,म सक्दो एक्लो भएर मनमा कुरा खेल्ने मौका दिन्नँ।"श्वेता र आमाको गफ सुनिरहे।भोलि स्कुल जाने बाचा गराएर फर्की।आमा भन्नुहुन्थ्यो"मान्छे बामपुड्की छे,तँलाई जिम्मा लिन्छू पो भन्छे।"
आमाको भन्ने शैली र अनूहारको अभिब्यक्तिले बुझाऊथ्यो मलाइ ब्यङ्ग गर्दै हँसाउने।हाँसेपनि र भोलिपल्ट स्कुल गएँ।
श्वेता हाँसी मलाइ देख्दा।
उसले घरिघरि मलाइ के के सोधीरहन्थी।त्यो सानो दिमाग क्या परिपक्व भएछ।क्षणक्षणमा घटित घटना उसको गुरु भएछन्।म अहिले परिपक्व देख्दैछु।वरिपरि साथीहरू आदित्यको मात्र कति चासो लिएको भनी अनेक थरि कुरा काट्दा रैछन्।उसलाइ वास्ता थेन।...
क्रमशः
No comments:
Post a Comment