प्रथम बर्ष थियो एम बी बी एस को।एघार र बाह्र राम्रै डिभिजन मा पास भएँ।इन्ट्रान्स पनि राम्रै भएछ हाफ स्कोलरसीप पाएँ।यो पढाइ धेरै महङ्गो छ थाहा थियो।क्याम्पसले केवल आधा छुट दिने हो बाकी सम्पूर्ण आफ्नै , गाउँमा फ्याकिने पानी सम्म किन्नु पर्थ्यो।मेरो मात्र एउटा रहरले जाँच लेखेको थिएँ , पैसा तिरेर एम बी बी एस पढ्ने औकात थिएन । कहिलेकाही त पास बेकार भएँ लाग्थ्यो । फेल भएको भए यो तनाब त हुने थिएन । म घरमा सामान्य प्रस्तुत हुने कोसिस गरेँ । अरुका छोराले यति सम्म नाम निकाल्न सक्दैनन तर आफ्नोले निकाल्दा पनि पढाउन नसकेको भन्दै बुवा पनि तनाबग्रस्त हुनुहुन्थ्यो भलै बाहिर निकाल्नु भएन ।
"बुवा मैले त शतप्रतिशत छात्रबृति पाउँछु साथै अनुभव पनि गरौँ भनेर देको इक्जाम हो टेनसन नलिनु फेरी अर्को साल कोसिस गर्नुपर्छ।"मैले आफु खुलेर बुवालाइ सम्झाएँ।
"फेरी कहाँ निस्कन्छ र ?"बुवाले भन्नुभयो । मैले भरसक हाँसेर बुवा सम्झाएँ।बुवालाइ आफन्तहरुले पढाउनैपर्छ फेरी नाम निकाल्न गाह्रो हुने भनेका रैछन,दबावमा पर्नुभ'को थियो।त्यसकै भोलिपल्ट बुवाले मसँग नयाँ प्रस्ताव राख्नु भो की अब त्यहीँ वरीपरीका क्यामपस पढ्न।मेरो अन्य बिषयमा रुची नै छैन कसरी पढ्ने?पढ्नु भनेको भर्ना हुनु मात्र त होइन नी?पास पनि हुनुपर्छ।मनैमा बोले बुवालाइ केही भनिन ।
"तेरो बिचार के छ ?" बुवाले पुनः सोधेपछी म जवाफ दिन बाध्य भएँ।
"खै बुवा अरु बिषयमा त इच्छा नै छैन।पढ्दा कि त यही बिज्ञान पढ्नु परो!त्यही पनि नजिक छैन।प्लस टु मा प्राय सबै क्यामपसमा बिज्ञान राख्छन।त्यो पास भएपछी उही टाढा जानुपरिहाल्छ।"मेरो जवाफ निकै लामो भएछ कि क्या ?बुवाले हेरिराख्नु भो।मैले पुनः थपेर आफ्नो कुरा टुङ्ग्याएँ
"बरु एक वर्ष पर्खिम।अर्को साल कसो नहोला त !"अलिकति मुस्कान छोडेँ।बुवाको उदेश्य मलाइ अर्को तर्फ मोड्ने थियो।
"खै केटा के के गर्छस!" बुवाले खुइय्या गर्दै भान्छाकोठामा पस्नु भो।बाछो कराउँदै थियो गोठमा,गाइ दुहुने बेला भएको थियो।सधै मलाइ ए केटा भन्ने मान्छे आज आफै जानु भो दुध दुहुन।
अचेल म अलिकति एकोहोरिन थालेछु,आमा एक चोटी बोलाको सुन्दैन भनेर चर्को आवाजमा कराउनुहुन्थ्यो।कुराहरु मनमा खेल्थ्यो तथापी म त्यत्रो डिप्रेस भइन।
श्वेता B.Sc nursing पढ्ने निधो भैसकेको थियो।मेरो दिमागमा यति घुम्थ्यो की श्वेता पनि नर्स हुने भइ र म बेडमा लडेर सिस्टर यस्तो भो भन्दै पिडा पोख्छु ।बस् यै कुरा दिमागमा सक्रिय हुँदा धेर एकोरिएँ होला।
श्वेता मेरो साथी!एस एल सी पछी सँगै पढ्न नपाइएकी साथी!जो सँग केही आत्मीय क्षण बित्यो।माध्यमिक शिक्षाको स्मृतिमा नाच्ने कलाकार।
एकचोटी केटाहरुसंग मिलेर श्वेतालाइ निकै जिस्काइयो।केटाहरुले मलाइ हौसाए।
"नबोल ढेडु आदित्ये!"
"आहा रिसाउँदा त आम्मै क्या च्वाँख देखियो!नाकको टुप्पोको रीस झन् क्या क्युट!"
"तैले निउँ खोजेकै हो?"
"होइन होइन!ल म मायालु स्वरमा बोल्छु है?"
"मेरो दिमाग नखा भन्देको छु,नत्र...!"
"नत्र के नानु!"
"यस्ता जा...सँग बोल्नु भन्दा त...पख!"
ओहो साँच्चै बढ्ता जिस्काएँ की क्या?पख भन्दै औला ठड्याएर गइ।मलाइ डर लाग्न थाल्यो।उरनठेउलो उमेर के के भनियो वास्ता नै भएन।श्वेता सरी है भन्दै दुइ पैसाको दातँ देखाएँ,उ फुलेर यसै भन्दैथि।म चुपचाप बसेँ।केही बेरपछी
पियनले मलाइ अफिस बोलायो।अब मेरा खुट्टा काम्न थाल्यो।जसैतसै अफिसको ढोकामा पुँगे।भित्र छिर्न अनुमति माग्नु अगावै हेडसरले बोलाइहाले।कुरा उही थियो।हाम्रो स्कुलमा हत्तपत्त बिध्यार्थी अफिसमा झिकाइदैन र झिकाउँदा वरिपरि सर बसेर केरकार गरिन्थ्यो।अथवा भनौ ठुलै अपराध गर्दा मात्र सो स्थानमा उभिनु पर्थ्यो।एक पछी अर्को क्रमश सोध्थे श्वेतालाइ भनेका कुरा र किन सोध्थे।मलाइ आफुले भनेका शब्द वास्ता थेन र अश्लील पनि थेन मात्र था थ्यो।चुपचाप बसे।चुपचाप त्यहाँ उभिनु फेरी अर्को अपराध सरह हुन्थ्यो।मैले बोल्नुको अर्थ थेन,अपराध गरिरहे।
हेडसर बाहेक अन्यले कोर्रा हान्ने चलन रैछ।त्यहाँ अन्तरवार्तामा सामेल बिशिष्ट अधिकृतले राम्रैसँग आफ्नो अधिकार उपभोग गरे।त्यो बेला लाग्थ्यो उनीहरु पृथ्वीका होइनन अर्कै ग्रहबाट आएका हुन,उनीहरूको शरीरमा जल बायु लगायत पञ्चतत्व छैन,भात हैन ढुङ्गा खान्छन्,उनीहरुको सन्तान छैनन्,नपुंशक हुन्।वरिपरि पाँचजना रैछन धुलिदा था पाएँ किनकी अन्तरवार्ताको बेला शीर झुकेको थियो गन्ती थेन।धुलिएर सफा भएछु क्यार,मेरो सजायँदातालाइ बोलाइयो र माफ माग्न हाइ कमान्ड भो।त्यतिधेरै धुलिएको म सफा बोली(धुलिदा आउने बोली)मा कान समातेर माफ माग्नु आयातित संस्कार रे,खुट्टा छोएर माफ मागे।खुट्टा छुन दिएकी थिइन कारण छोटो फ्रक हुनसक्छ,अप्ठेरो लागेको हुनुपर्छ तर सरले भनेपछि सकियो,मैले सकी नसकी खुट्टा छोए।अनुहार रातो पारेर मस्किदै थिइ,लाज घमन्ड या काउकुतीले हो!
मलाइ एउटा पेपरमा सही गराइयो,के थियो आँखाको मोतीले छेक्यो।आशय फेरी गल्ती नगर्ने करार हुनुपर्छ।बल्ल जल्हाद संसारबाट मुक्ति पाएँ।
धारामा गएर मुख धोएँ।धारा के भन्नु हाते कल थियो।ओहो जल्हादको परिचय?आफै कल चलाउँदा कम्मर दुख्यो,एक फुच्चेको मदत मागेँ।क्लास अफिसको अगाडी हुँदै जानुपर्थ्यो।अझै मेरै चर्चा चल्दैरैछ।एउटी बिध्यार्थीकी प्यारी शिक्षिका भन्दैथिन की "यी अलि जान्ने भनिएका स्टूडेन्ट जति खराब अरु काँ हून्छन र" साँच्चै म खराब भएछु।मैले आफुले आफैलाइ धिक्कारेँ।अनावश्यक बोल्ने काम त थिएन नी?ती शब्द घनिष्ठलाइ भनेको भए सामान्य तर ऊ घनिष्ठ त होइन नी?बास्तबमा मेरै दोस हो।नभए घरबाट बुवाआमाले आफ्नो दोस्रो रूप ठानेर जिम्मा लगाएका अभिभावकले त हचुवामा यस्तो? पक्कै होइन।सायद म त्यति धेरै बिग्रेको थिए जसलाइ यत्रो बिघ्न सजायँ आवश्यक थियो।डेस्कमा घोप्टो परिरहे।मैले आफ्नो आँसू आज कै दिनको निम्ति साँचेको थिएँ,बगिरह्यो।धेरै यो कुरामा रोएँ कि त्यति शब्द नै काफी रैछ?घोप्टो परेको मुन्टो तीनओटा पेरियोड त्यतिकै बित्यो।एउटा पिरियोडमा सरले शीर उठाउनु भन्दा पहिलोपल्ट मैले शिक्षकले भनेको अस्वीकार गरेँ।छेउमा बस्ने साथीले धेरै हेल्प गर्यो बाहिरी क्रिया प्रतिक्रिया बुझ्न।भन्दैथ्यो श्वेता पनि धुम्मिएकी छ।हुन त श्वेता दुइ चोटीसम्म बोलाउने कोसिस गरी,तिनै छेउको साथि मार्फत डिस्टब नगर्न मेसेज छोडेको थिएँ।कम्मर दुखेको थियो बिस्तारै घर पुगे।घरमा चासो थियो।पेट दुखेको भनेर टारेँ।कम्मर बेसी कटकट दुख्दै थियो।अन्य शरीका केही घाउमा ध्यान भएन।सुते र सम्झे।अझै बिश्वास लागेन की मेरा ती शब्दले सजाय....?राती चर्पी गएँ,पिसाब गर्न निकै गाह्रो भो।बिहान रातो आयो।परिवारमा रातो आएको कुरा मात्र भने।भात खाएर चेक गर्न गयौ।
एक दुइओटा एन्टिबायोटिक र भिटामीन टोनिक प्रेस्काइब गरे डाक्टरलेँ।हो त्यतिबेर डाक्टरले कतै ठोकिएको वा त्यस्तै केही भको अथवा पहिले नै भएको मृगौलाको घाउ सक्रिय भएको भनेका दिनदेखि डाक्टर बन्ने भूत चढ्यो।भोलिपल्ट स्कुल गएँ।सबै उस्तै र उही थियो फरक केवल म।पहिला जस्तो म बिलकुल थिइन।कम बोल्ने सोधेको प्रश्नको जवाफ मात्र दिने।बाकी बानी सबै अस्तिको आँशुले बगायो।मेरो छेउमा बस्ने साथी अलि वर गेटसम्म लिन आयो।उसको पहीलो जिज्ञासा मेरो हिडाइमा थियो।म आफु सजिलै हिड्दै थिएँ तर असहज देखिएछ र त गेटसम्म आको रैछ हेल्प गर्न।मैले असहज नभ'को बताएपछी सँगै क्लास गयौ।क्लाससम्म पुग्नेबेलासम्म उसले अघिल्लो दिनका गतिबिधि लगभग भनीसक्यो।
सामान्यतया उस्तै रह्यो दिन।श्वेताले मेरो बारेमा धेरै साधि रे।आफुलाइ त्यस्तो होला,लागेको थिएन भन्थी रे। गेट देखी क्लासम्म नसकिएको बाँकी क्लास मै सुनायो । सरहरुको शामान्य चासो थियो।बिशेष बिज्ञान पिरियोडमा म स्कुल अनुपश्थित छु थाहा भो किनकी प्राक्टिकल थियो।
आज क्लासमा पस्ने सबैले मलाइ हेरेर खिसी गरे झै लाग्थ्यो।तर उनीहरु आफ्नै सुरमा हुन्थे।एउटा साथी थ्यो जसले बोलेर नै ब्यङ्ग्य गर्यो।बाँकीले टाउका पछी के गरे था भएन।म मिनेट मिनेटमा परिष्कृत हुँदै थिएँ।भानु बोल्दाबोल्दै एक्कासी रोकियो।शीर झुकाएर लाज टार्दै थिएँ अगाडी आएकी श्वेतालाइ देखिनँ।श्वेताले आफै "हाइ आदित्य के छ"भनेर कुराको सुरुवात गरी।मलाइ ऊ देख्नसाथ झनक्क रीस उठ्यो।बोल्न मन लागेको थिएन,तर के छ को जवाफ दिन मन लाग्यो।
"गोजीमा दुइओटा एन्टीबायोटिक छ किड्नीमा घाउ छ।खबर सोधेको हो भने बाँचेको छु अझै तँ सँग कम्पीटिसन गर्न!अरु केही चाहिन्छ की?"
यो मेरो जवाफ सुनेर भानु अक्क न बक्क पर्यो।श्वेताले बरर आँसु झारी।उसको बोली रोकिएछ।निकै बेर मुर्ति भइ आँसु झर्दै थियो।बल्ल साहस बटुलेर बोली
"सरी आदित्य"
उतिबेर नै भानुले प्याच्च भनिहाल्यो
"गर्दा मनपरी गरिहाल्यौ"
त्यो सुनेर श्वेता भन्दा अघि म बोले
"हैन भानु मनपरी मैले गरेको हो"
उ टोलाइ रही मात्र।श्वेता एउटै क्लासमा पढ्ने,उ द्वितीय म प्रथम।र म उसको घोर दुश्मन थिएँ।यो घटनाले राम्ररी पुष्टी गर्छ।म जसलाइ पनि मजाक पात्र बनाउँथे।ऊ प्रतिसोध पालेर बसेकी थिइ।मलाइ जसरी पनि तल पार्न चाहदिँ रैछे।
"आदित्य यो ब्यङ्ग मलाइ हो था छ।त्यो अफिसभित्रको तेरो स्थितिले म रातभरी निदाउन सकेको छैन।बास्तविकता तँलाइ नभनेसम्म म यस्तै हुन्छु।प्लीज एक्लै भेट्न चाहान्छु।"
"तँ एक्लै भेट्न चाहान्छेस म चाहान्न।जे हो यही भन।"
"प्लीज आदित्य प्लीज"
"भानु र म एउटै हो।के भन्नुछ यहीँ भन"
"आदित्य म सक्दिनँ भन्न यहाँ"श्वेताको सुरुदेखि नै आसु थ्यो आँखामा।क्लास सुरु हुनु अगाडीको गफलाइ भङ्ग गर्यो घन्टीले।प्रार्थनाका निम्ति गयौँ सबैजना आ आफ्नो लाइनमा।
पहिलो पिरियोडका शिक्षक जसले अस्तिको दिन आफ्नो अधिकार सदुपयोग गरेका थिए,उनको आँखा म माथि परेछन् जानेर होस वा संयोग।अलिकति अलिकति आश्चर्यमा परेछन् किनकी अस्तिको दिनको आदित्य म बिलकुल थिन।आदित्यको आवरण मात्र थियो।आफ्नो क्लास समयावधी भरि मलाइ घरिघरि हेर्थे।कारण था भएन।यदी पछुतो लागेको हो भने पनि उनको पदले कहिल्यै मसँग प्रायश्चित गर्न दिएन।एउटा उच्च पदमा भएको ज्ञानको ज्योति कसरी निम्न दर्जाको अँध्यारो रातसँग झुक्न सक्थ्यो?हुन त मैले सबै कति उज्याला छन् मूल्याङ्कन गरिसकेको थिएँ।टुकीको मुनी सधैँ अध्यारो हुन्छ,अरुलाइ उज्यालो दिन्छ तर आफु कहिल्यै उज्यालो हुन सक्दैन।अँ म सँग कोर्स बाहिरको बिषय ननिस्कियोस चाहन्थे र भयो पनि।त्यो दिन सामान्य बित्यो।ब्रेक र टिफिन टायममा बाहिर जान मन लागेन।न मलाइ खेल्नुथियो न त टिफिन खानु नै थियो।तर भानुले एउटा कुरा सुझायो की कोठाको गर्मीमा भन्दा स्कुलपूर्वको चिया बगानमा बस्न।बगान साच्चै शीतल रमणिय थियो।बिशेष प्रेम जोडी कुलतमा फसेका र भुराभुरीको अड्डा हुन्थ्यो।तर एक हप्ता अघि मालिक आएर चियाको मुन्टा भाचेर नोक्सान भो,उजुरी गरेपछी बिध्यार्थीलाइ प्रतिबन्ध थियो।मलाइ राम्ररी चिन्दथे मालिकले र उनको उजुरीको आशय त्यहाँको रमणीयता नदिने होइन मात्र चियाको मुन्टा चुडिनबाट बचाउनु हो।हामी गयौँ किनकि उनलाइ था थियो हामी चुड्दैनौ।
"भानु"
"हुँ"
"तिमी चै किन बसेको यार मलाइ रुँगेर?खेल्न जाऊ न।"
"आदित्य तिमीसँग खेल्नु जति मज्जा कुन गेम हुन्छ र?म त सबैभन्दा राम्रो खेलेर बसेको तिमीसँग।"
"यो मलाइ फुर्क्याउँन,ओहो कसैले सक्दैन।"
भानु र म गफ गरेर बस्यौँ।साँच्चै गफ गर्नु पनि गेम नै रैछ।त्यो बेला हामी अझै बढी परिचित भयौँ पारिवारिक पृष्ठभुमी सहित।ऊ र म सँगै बस्ने,घनिष्ठ त्यसै पनि थियौँ।यो घटनाले संवेदना अझ बढाएको रैछ।आज झन दरिलो भो।सम्पन्नले बुझ्दैन तर बिपन्नले बिपन्नको मर्म बुझ्छ।ऊ टुहुरो रैछ आमा नभएको।आफ्नो आमालाइ बुवाले आफ्नै आँखा अघि मारेका रैछन।ऊ सानो थियो रे तर बुझ्न सक्थ्यो।सबै एक एक कुरा याद छ।त्यो दिनको घटना सम्झिएर आँसु झार्यो उसले।
"बाबु बाख्रालाइ खोरमा हुल है"
"ल ल एकछिन न "
"एकछिन भनेको कति खेर भन त भानू?म एक्ळै त भ्याउँदिन त सबै कुरा।न तेरो बाउ ठिक टायम मै आउँछन।हैन म मेसिन त होइन नी"
हेई तपाइको पुराण।ल ल गएँ म।
मैले बाख्रा खोरमा बाँधे।प्राय ममी के के कुरा भनिरहनुन्थ्यो।बिहान चार बजेदेखि राती एघार बजेसम्म घोटीनुपर्छ।लोग्ने भनौदोलाइ राजनिति छाट्दै हिड्दा ठिक्क।ठूटे नेता!न माथी पुग्छन न घरको काम गर्छन्।ठूला नेताले न गन्छन फेरी।बिहानै निस्कियो र दोकान दोकानमा बसेर राजनिति छाट्यो।अनि ...
No comments:
Post a Comment