-दिवाकर स्वप्नील
फेरी आज चिमट्यो।हुन त म उनलाइ माइजु भन्छु,अर्को तिर उनको माइती(त्रिताल)हाम्रो थरको सगोत्री पनि हो।गाउँको छिमेकी हुन् सहोदर मामामाइजु त होइन।मानवीय समीपताका आधारमा र विवेकले हेर्दा दुख्छ मन।
मामा सहयोगी छन्।म उनको सहोदर भान्जा होइन,मावलीको थर मिलेकाले बोल्ने साइनो मामा थियो तथापी आफ्नै जस्तो गर्थे।छिमेकमा मामा सहयोगी थिए र छन।हरबखत होट्से मा होट्से गर्न तयार हुन्छन्।
भोजपुरको एक गाउँमा जन्मेर उही अनुसार पाखोबारी कोट्याउनु दिनचर्या थियो।ग्रामीण जीवनको परिभाषा दिन पर्याप्त थियो।दुइ माउमा जेठीका दुइ छोरा एक छोरी र कान्छीका चार छोरामा उनी जेठीको कान्छा छोरा थिए।सौतेनी सम्बन्धलाइ जुन तरिकाले सम्बोधन गरिन्छ त्यो बिपरीत थियो।कहिल्यै कसैले हेला सहनुपरेन।मियो दरो हुँदा त त्यो वरिपरि घुम्ने गोरुले भाच्न सक्दैन।यो भोजपुरको ग्रामीण जीवन जिउन सहज पटक्कै थिएन।बिकासका केही रकम पोखिदा जुन मुहार छ त्यो 50 /60 वर्ष अघि थिएन।हो यस्तै कठिन दिनहरु आसैआसमा झुन्डिएर काटे।मलिडो भकिन्डो अनि ऐसेलु फल खानुको अर्कै मज्जा थियो।गोठालो त बाहाना मात्र थियो दिनभरी पर अरुण खोलामा साथीसाथी मिलेर पौडी खेल्थे हिउद होस बर्खाको समय होस्,यो उनीहरुको चिन्तनको बिषय थिएन।उनीहरुलाइ न त देशको चिन्ता नै थियो ।गाउमा कुनै मान्छेले रेडियो टिभि लग्यो भने दिनभरी उसकै पछी दगुर्थे आश्चर्य मान्थे बोल्ने बाकस देखेर।त्यसैले
उनीहरु देशको ताजा खबरबाट टाढा नै हुन्थे।जंगल देश हो संसार जंगल हो।केही समय पाठशाला बाहेक सम्पूर्ण जंगल थियो।काफल होस या काली अंगेरी मुख कालो पारेर घर फर्किन्थे।यो मुख कालो सँग जोडिएको रमाइलो प्रसङ्ग सुनाउथे-"हामी काली अंगेरी बहुत खान्थ्यौ र भन्थ्यौ जसको जिब्रो कालो हुन्न त्यो धर्मी हुन्छ।जिब्रो त किन कालो नहुनू सबैको हुन्थ्यो,अरुको भन्दा मेरो केही कम हुन्थ्यो र केटाहरु मलाइ तँ त अस्पिल्टो रैछस भन्थे।"
यो औसत जीवन हो।यही तरिकाले समय बित्यो साथै घरमा बिहेको कुरा चल्यो।ओखलढुङ्गाकी हिन्दु संस्कारमा हुर्किएकी कन्यासँग बिहे भयो।बिहे नाम मात्रको बिहे भयो।बिहेको केहि दिनमा नै बेहुली माइत फर्किन्।केही बर्ष माइत मै बसिन्।मान्छेलाइ बिहे गर्न कति हतार?खोइ यो बिहेको अर्थ?मात्र केटी रिजर्ब गर्ने काम मात्र भयो।पहिलेदेखि कै यो कुसंस्कार,बाउ जस्तो मान्छेसँग रजस्वला हुनु अगाडी नै बेहे!
अँ श्रीमति माइत गएको केही महिना बित्यो।ठाडो भिरमा दौडदा पनि बल नसकिने,जोसपूर्ण मान्छे अब त्यो गाउँमा मात्र आँटेन।
एक जना साथीसँगै हिडे।ती साथीको आफन्त दार्जिलिङमा पुगे।"परको ढुङ्गा देवता नजिकको देवता हेला" भने झै दुवै साथी चिया टिपेर बस्न थाले।यही दौरानमा मामाको आँखा एउटी केटीमा पर्यो।रुद्र घन्टी फ्यास कुरा झर्यो अनि केटीको घरमा कुराकानी चल्यो।त्यो बेला बिहे भैसकेको कुरा भन्दै भनेनन्।त्रिताल बुढाले आफ्नी छोरी फाले,कुनै पारिवारीक कुरा नबुझी।केटी निकै राम्री थिइन्।योवन चुसेर दार्जिलिङ्ग मै बसे।जब थाहा पाए ती गर्भवती छिन मनमा ज्वारभाटा उठ्यो।हाँसिखुशी बाच्दाबाच्दै गर्भ रहेको छ महिनामा उनी हराए।यताउती खोजे भेटेनन्।दुख कुण्ठा बीचमा त्रिताल छोरीको गर्भमा रोपेको भ्रुण छोरा भएर जन्मियो।माइजु छोरा जन्मिएकोमा जति खुशी भइन् त्यो भन्दा बढी दुखी लोग्ने बेपत्तामा थिन्।(स्मरण होस् यो बेला हामी कसैलाइ चिन्दैनौँ ।)।लोग्नेको प्रतिक्षामा बसिरहिन्।एउटी बच्चा भएकी नारी अब आफु मात्र बाच्नु नभइ छोरालाइ पनि बचाउनुथियो।बुवाआमाको काखबाट लगेर काँडैकाँडा बीचमा कसैले छोडिदियो।फूलको बाटोमा पुग्ने आसाले काँडा पन्छाउँदै जाँदा कति घोच्यो उनैलाइ थाहा छ।कसैले अपहरण पो गर्यो की?यै पृथ्वीमा हुने के ग्यारेन्टी छ?यस्तै अनेक तर्कनाले प्रतिक्षा गर्न मुस्किल माथी मुस्कल थप्यो।आफ्नो जिजीबिषा छोरालाइ बनाएर चिया बगानको न्युन ज्याला र तुच्छ शब्दलाइ सहिन् मात्र लोग्नेको आउने आसमा।राम्री थिइन धेरैले प्रस्ताब राखे तर आफ्नो पतिब्रता धर्म छोडिनन्।
यता मामा मस्ति गर्दै अछाम लगायतका बिभिन्न ठाउ घुम्दै गाउँ फर्के।स्वास्नी रिजर्ब गरेकै थियो,बाँकी जीवन ऊसँग बाचे।जीवन बरालिएर मात्र चल्छ र?आवश्कता पूरा गर्ने साधनको खोजीमा केही बर्षभित्रै प्रहरी भए।आफ्नो दरबन्दीमा जानु अघि यता पनि एक छोराको जन्म भैसकेको थियो।श्रीमति घरमा अनि आफु जागिरमा!दु ख र पिडा पक्कै हुन्छ।लामो समयसम्म अरु बच्चा जन्मिएन।मामाले गएकै ठाउँमा फुल चुस्न पाउँथे की?
अब माइजु (पहिलो) लोग्ने सँगै जाने बिचार गरिन्।लोग्ने सँग बसेपछि थप दुइ छोराको जन्म भयो।तितो मिठो खाएर यो पाँच जनाको जीवन बित्न थाल्यो।पेनसन पाकेपछी पुलिसभएर उनलाइ काम गर्ने मन भएन।जम्मा तीन छोराका धनी दम्पत्ति कहिले बिराटनगर(मूल घर),चन्द्रगढी र बिर्तामोड बसाइ सर्ने क्रममा हाम्रो परिचय भयो।पछि बिर्तामोड आसपासमा घर बनाए र आफ्नो दैनिक जीवन बाँचे।एकदिन मैले कपाल फुलेको देखेर बुढो हुनुभएछ भन्दा बिहे गरेकै बत्तीस बर्ष भयो भान्जा भन्थे।माइजुमा अलिकति अहम थियो।एउटा सँग मिलेर अर्कालाइ बिभिन्न संज्ञा दिनु मज्जा ठान्छिन्।
अचानक एकदिन एक बुढो बाबै एक अधबैसे महिला र एक किसोर मामाको घरमा आइपुगे।ती बाबैले ज्वाइ भन्दै मामालाइ आफ्नी छोरी र नाती जिम्मा लगाए।मामाले होइन भनेर अस्वीकार गरेनन।यतिखेर गाउका मात्र होइन कि लामो समयदेखि एउटै खाटमा सुतेकी श्रीमति समेत छक्क परिन्।उनी त नक्कली भन्दै ती त्रिताल पुत्रीमा झम्टिइन्।बुढा बाबैले छुटाए।सँगै छोरा थियो जसलाइ ती मामाको छोरो होइन भन्नै सकिन्न।सर्लक्कै फोटो कपी थियो।केही तनाबपछी स्वीकार्नै थियो।दुइ जोइको पोइ कुना पसी रोइ!जेठीले एउटै घरमा नबस्ने धम्की दिइन्"यो घरमा कि ऊ मात्र बसोस कि म मात्रै बस्छु।"यतिका बर्ष वास्ता नभएकीलाइ अहिले पनि के महत्व दिन्थे र?बारीको एक छेउमा फुसको झुप्रो बनाएर थन्काए।आफ्नोRCCघर छदैछ।एउटा कोठा दिन सकेनन्।घर बनाइदिएर मात्र हुन्छ?दुइचार दिनका लागी चामल दिए।
छोरा त लाट्टिए झै भएको थियो।सब अपरिचित छन्।ऊ सीधा सोझो थियो।तर नेपालमा यो परिवार भेट्न यो छोराको एकोहोरो हठले प्रेरित गर्यो।त्यसो त फर्केर नगएपछी नेपाल आएको त अड्कल गरिसकेका थिए र खोजी भने जारी नै थियो निकै ठाउमा बुझिसकेका थिए।यो चोटी छोराले बाउ नभइ ब्रतबन्ध गर्न मानेन।फेरी एकपल्ट खोजीमा सक्रिय भए।तर सजिलो थिएन एक कुनामा बसेको मान्छे भेट्न।कति माध्यम गर्दै गर्दै बिराटनगरको घर पत्ता लगाए अनि भेटे।छोरा लाटो भन्दा लाटो होइन र बाठो चम्बु भन्दा यो पनि होइन।गाउमा कोही चिनेको छैन र घरमा बाउसँग पनि राम्रो थिएन।तर पनि ऊ बाउसँग भन्थ्यो,केही दिदैनौ भने पनि नागरिकता त बनाइ देउ म कतै नोकरी गर्छु।अर्काको रिमोटमा चल्ने बाउ तयार भएन
बाबुछोराको ठूलै चर्काचर्की हुन्थ्यो तथापी अँह..।दुइचार केजी चामलले जीवन चल्छ र?अभावका दिनहरू धेरै काटे।लोग्नेको ब्यवहार अति खत्तम थिएन,सौता सधै अमानवीय हुन्थीन्।लोग्ने घरबाट हिडेपछी जेठीले कान्छीलाइ नराम्ररी भकुर्थी।आफ्नो जीउ थापीराख्न कसले सक्छ?प्रतिकार गर्नु सामान्य हो।साझ लोग्ने घर आउनासाथ नभका कुरा लाउँथिन।जाँडको घ्याम्पा लोग्ने आएर पुनःजेठीलाइ खुशी पारेर जान्थे।कहिलेकाही त मिठै बोली पनि बोल्थे। अभाव टार्न छोरा कोइला डिपुमा काम गर्न थाल्यो भने आमा एउटा फ्याक्ट्रीमा।अभाब जेनतेन टरेको थियो र एउटा खसी पालेकी थिन्।घरको ओल्टोकोल्टो घरमा देख्दा पनि जेठी अनेक बात लगाइहाल्थिन।कान्छी गाउमा कतै हिडिनन।यी यावत कुरा देखेर घरमा आमा छोराको पनि ठूलै झगडा भयो।छोरा ले आमालाइ उतै जाउँ भन्यो।आमाले सत्यको जीत हुन्छ भन्दै अस्वीकार गरिन्।
भोलिपल्ट उज्यालो नहुँदै छोरा हिड्यो।जेठीले धपाउन खोजेकी थिइन अलिकति खुशी भइन्।कान्छी आएदेखी जेठीको सामान्य व्यवहार पनि परिवर्तन भएको थियो।भजन समूहमा सक्रिय भएर बेलुका जति समय भजनकीर्तन गरे पनि थोर हुन्थ्यो।तर अहिले समूहमा उपस्थित भएर प्रत्येक पल्ट एक बाहाना बनाएर हत्तपत्त बुढो रुङ्न पुगिहाल्थिन।उनलाइ डर थियो की कतै बुढो कान्छीको बेडमा पुगिहाल्छ की?उनको दिमागमा कसरी हिडाउँने मात्र हुन्थ्यो।उनको पानी कललाइ पर्खालले घरभित्र पारेको थियो।पानी थाप्न जाँदा पनि घुरेको आँखाले हेर्थिन्।सौताको प्रकृती नै यस्तो हुन्छ सायद छायाँ देख्दै रीस उठ्छ!
जेठीले हात मात्र होइन लात समेत बाकी राखिनन्।सधैँ यो सास्ती!आफ्नो भन्ने तीस बर्ष पुगेको छोरो त हिडिसक्यो।लोग्ने भनौदो जेठी कै फरिया ओडेर बस्छ।म के का लागी यहाँ वस्दैछु?रातभरी अनेक कुरा सोचिन्।बिहानै आफ्ना केही कपडा बोकी अरु सब छोडेर हिडिन्।यो सँगै जेठीका हराएका गुणहरु फिर्ता भए।
जीवन सामान्य बित्नथाल्यो फेरी।यिनै आइमाइ महिला अधिकारका चर्का गफ गर्न थालिन्।महिलालाइ पुरुषले यस्तो गरे त्यस्तो गरे।हाम्रो शत्रु त यी पुरुष हुन भन्दै मुख तिखार्नथालिन्।यसो हो भने उनले एक नारीलाइ पूर्ण न्याय गरिन्?नेपालको सीमानाभन्दा थोरै बाहिर हुनसाथ अथवा भेष उही,भाषा उही संस्कृति उही मात्र सीमनाले छुट्याएर देश अर्को हुनसाथ त्यहाँको नारी जन्तु हुन जसको नारी मन नारी भावना हुन्न?नारीको दुश्मन को?
जेठीको जेठो छोराको बिहे भयो।उता जेठीको छोरा भन्दा जेठो कान्छीको छोराको ब्रतबन्ध समेत गरिदिएनन्।निम्तो सुचनाको त माध्यम थिएन र चाहेनन् पनि।दुइ नारी एक भएर त्यो पुरुषलाइ दण्ड दिएका भए सार बेग्लै।के दोष थियो ती कान्छीको?न त दोष जेठीको नै थियो।निर्दोषी लढेर दोषीको पूजा गर्नु कति महानता हो?एक नारी लोग्नेबाट भागेर छोरालाइ अनागरिक बनाउन्न।एक डेढ बर्ष पछी पुनःबुढा बाबैले पुर्याउन ल्याए।पहिला कै घर रुग्ण थियो।त्यसैलाइ लिपेर बसिन्।अनुहारमा मुजैमुजा परेका बाबैका आँखामा भएका आँसुलाइ मामामाइजुले आफ्नो बाउको ठाउँमा देखेनन।बाबै वरपरका घरमा भन्थे मैले एउटै गल्ती गरेँ केही नबुझी छोरी फ्याँके।मैले महसुस पनि यस्तै गरेको थेँ।एकचोटी बिचार गरेँ यी बाबै पनि लोग्ने नै हुन जसले एउटै भएपनि गल्ती गर्यो।मामा पनि लोग्ने नै हुन्।
एक छाक जसले पनि दिन्छ तर बुढा बाबैले ज्वाइको घरमा पाएनन्।बाबैको लुगा भन्थ्यो उनको स्थिति।सम्पन्न हुदा हुन् त आफै तेल घस्न आउँथेहोला।बुढा "मरे पनि यही मर,फेरी फर्केर नआइज"भनेर हिँडे।अलि पर पुगेपछी रोए।पुनः भेट गर्न आउछू भन्ने मनमा लागेन।बुढ्यौली त छँदैछ साथै आर्थिक पक्ष पनि जोडिएको थियो।यो चोटी छोरो नहार्ने भएर आएछ।बुवासँग उसको माग नागरिकता थियो।उनी छोरालाइ नागरिकता बनाउने कुरामा सहमत भएनन्।सिधै दिन्न भन्छन।छोराले पनि बिद्रोह गर्न थाल्यो र नागरीता बनाएरै छोड्ने धम्की समेत दियो।मलाइ खेद लाग्छ आफु बसेको गाउमा।घर छेउ मै यतिका सबै घटना हुँदा पनि त्यो अत्याचार बिरुद्ध कसैले केही बोलेनन।एक्लो बृहस्पतिको के चल्छ र?बाबु छोराको एउटै बिषयमा रातदिन चर्काचर्की हुन्थ्यो।जेठीका माहिला र कान्छा सहित मिलेर कहिलेकाँही भकुर्थे पनि।जेठो काठमान्डौमा बस्थ्यो।बिहान बेलुकीको छाक टार्न केही न केही त गर्नै पर्थ्यो।कान्छीको जेठो लेवरको काम गर्न थाल्यो।तर बाबुछोराको झगडा टुङ्गिएन।कान्छीलाइ गर्ने ब्यवहार कति पनि परिवर्तन थिएन।यो चोटी भने एउटा दुइटा घरमा परिचित भइन् तथापी ती घरले उनीसंगसँगै रुष्ट भएपनि मामालाइ भनेनन्।
पुजा थियो र निम्तो आमा छोरा अनिवार्य थियो।मैले सोधेँ "नागरिकता बनाइदिए त बाउले?"
उनी अप्ठेरो गरी बोल्थे।सोही लवजमा भने "हँ बनाए!"
"ओहो ! ल राम्रो भएछ।अनि कहिले बनाइदिए त?"
"दो ढाइ महिना भो।प्राइभेटमा नोकरी पाउन सक्छु नि अब"
समाजमा भिज्ने कोसिस गर्थे आमा छोरा बाधा हाल्थिन जेठी लोग्ने मार्फत।
आज उनै कान्छी मेरो अगाडी छिन्।अझै अनगिन्ती पीडा पोख्छिन।पूर्व परिचित र लामो समय सँगै बस्दै आएका मामामाइजुको सबै व्यवहार....।गाउमा अति कम डुल्ने कान्छी भक्कानिदै"घरमा आफु पानी सम्म दिदैनन्,छिमेकबाट मोहीसम्म ल्याउँदा अनेक कुरा भन्छन्-तेरो बाउ हो र त्यो,अनेक थोक ओसार्छेस्? कि बुढा बनाउन आँटिस लबस्तरी!" मलाइ अनेक नाम दिएपछी पल्लो घरबाट मोहीसम्म ल्याउँन छोडे।उनीहरु बरन्डामा बसेर दूध पिइरहँदा लाग्थ्यो दुध मोही हाम्रो लागी हैन।अनि .. "
अझै मामा गाउँमा उदार छन् तर घरमा चै किन विवेकी र उदारता देखिन्न?किन?
No comments:
Post a Comment