- दिवाकर स्वप्नील
भर्खरै झर्दै थियो घाम
तल डाडा भएर हतास-
एक टाउको भरी
दिन बोकेर सन्ध्या चुम्न!
उसले दिनभरी कल्पेको छ साँझ
स्वर्णिम रात !
हर रात चुस्छ सोमरस
उन्मत्त बैशको मातमा !
इमानदारीताको लगौटी लाएर
क्याम्पसका पहिरन-पहिरन चाट्छ
आफ्नो बैँश कुमारीत्वमा साट्छ
रात भनेकै अँध्यारो हो
कालो धब्बा केवल
दिनभरी इमानदार घाम
रातभरी मनपरीतन्त्र लाद्छ ।
भोलीको योजना बुन्छ,
मतियारका कान-कानमा तुन्छ -
अपहरण
लुटपाट
डकैती
हत्या
तीन नबज्दै बिहान
इमान्दारी बन्छ घाम
रगतका टाटोहरु पखाल्छ
बिहान अबोध घाम
झुल्किन्छ पर सहरमाथि टाउकामा !
रातको अनिदो आँखा फेरी
फरक भूमिका निभाउँछ
रातभरी मिटिङ्ग को सहज
चिटिङ्ग फुक्दै घरमा
सोझै
अफिसको घुम्ने कुर्सीमा!
आदर्श खम्बा नमस्कार फर्काउँछ !
रातको घाम
आँखाभरी रात बोकेर छिर्छ कक्षा
रजिष्टरका नाम देख्छ सपना
क्याम्पसका पोशाकहरु
मलिन उफ्रन्छन्___
एस सर ! एस सर ! एस सर !
- दिवाकर स्वप्नील
झापा ।
No comments:
Post a Comment