आत्मा'देखि आत्मासँग, राग झुटो हो ?
ज्यानै थापेर बना'को, साख झुटो हो?
तिमीले गर्ने पूजा त्यो, मैले गरिनँ
भन न त मैले गर्ने, नाग झुटो हो ?
कम्प्युटरमा झुम्नेका ओठ लेप्रिन्छ
मेरो खबर बोक्ने त्यो, काग झुटो हो ?
दुइछाक खान पाउँ भोको पेट् भन्छ
भोका नाङ्गा पिडितका माग झुटो हो ?
सुस्तादेखि केचना बेची पिजा खाने
हेर गर्दनमा यता, दाग झुटो हो ?
No comments:
Post a Comment