-रेखा कविता)
पतिसा काढेर वर्तमान
स्वप्निल भविश्य बेसाउने
शिमापारीका खेतला हामी
दरमायोका गोठला हामी ।
मतलबि चाणक्यहरु
बैदेशिक रोजगारको पसल थापेर
दिवास्वप्न बाँडदै
ओरालो बगाईरहेछन् हामीलाई
भिरालो घचेटिरहेछन् हामीलाई ।
अवसरहरुमा एकोहोरो
राजनिति घोप्टेताला लाग्दा
मातृभूमिको छिरिलो माटोबाट
ल्यकत चुहुदोछ
ब्रेनड्रेनका रुपमा
ताकत चुहुदोछ
सस्तो खेतलाका रुपमा ।
बैंस सबै परदेशगामी
सधैंको अनिकाल
सधैंको घाटा
पाखुरीको अभावमा
बाँझो बारीका पाटा
अबत, रोजगारी अवसरकालागि
गर्भका भ्रुणहरु पनि
बिकशित मुलुककै सपना पहिरिन्छन्
सायद यसैले उनीहरु जन्मदा पनि
यहाँ...हैन,
उहाँ...उहाँ... भन्दै बहिरिन्छन् ।
No comments:
Post a Comment
Thank you.