Maheshwar Pant
आफ्नो धर्ती अरु चर्दा छातीभित्र देश दुख्छ ।
सिमानामा छोरो मर्दा
छातीभित्र देश दुख्छ ।
जातभन्दा राष्ट्र ठुलो भन्न सब्ले सक्नु पर्छ
जातजाति चिरा पर्दा छातीभित्र देश दुख्छ ।
हराभरा भुमि हाम्रो मरुभुमी भयो आज
गरिबीका आँशु झर्दा छातीभित्र देश दुख्छ ।
उत्तर दक्षिण पानी पर्छ हाम्रो देशमा छाता खुल्छ
राष्ट्र बेचि मोज गर्दा छातीभित्र देश दुख्छ ।
जलश्रोतको धनि भन्छौ ठुलाठुला भाषण गर्छौ
टुकी बाल्न तेल भर्दा छातीभित्र देश दुख्छ ।
No comments:
Post a Comment