- घनश्याम पथिक
आखाभरी सपना दुख्छ छातीभरि देश दुख्छ ।
कोहि आउछ देश लुट्छ छातीभरि देश दुख्छ ।
निमुखा र निर्धालाई जेल भित्र हाल्दै गर्दा
अत्याचारी जेल छुट्छ छातीभरि देश दुख्छ ।
बगैचाका सयपत्री, मखमली फूलबाट
जब पत्र-पत्र टुट्छ छातीभरि देश दुख्छ ।
घरमा छैनन् छोराहरू कहाँ छन् खै ? ती आमाका
आखाबाट मूल फुट्छ छातीभरि देश दुख्छ ।
No comments:
Post a Comment