- केशब भट्टराई नेपाली
ढल्यो आस्थाको चौतारी छातीभरि देश दुख्छ ।
बुध्द बन्यो बन्दूक़धारी छातीभरि देश दुख्छ ।
जसलाई सुम्पेँ एकताको बाग़ आज उसैले नै,
मासि दिदाँ फुलवारी छातीभरि देश दुख्छ ।।
आश्था हुन्छ मुर्ति हुन्छ मन्दिर बिना आत्मा हुन्न,
बुझिदेन ए ! पुजारी छातीभरि देश दुख्छ ।।
मेची, काली सम्झिएर भन्दै होला नालापानी
देश छ दूर सीमा पारि छातीभरि देश दुख्छ ।।
चञ्चल छ मन बग्छ नयन के गरौ म आफै भन
तिमी कहाँ वस्छौ प्यारी छातीभरि देश दुख्छ ।।
केशव भट्टराई
चकचकी ७ झापा नेपाल
हाल काठमांडू
No comments:
Post a Comment