एक स्वर्णिम दिन,
म खुशी थिएँ मृत्युबोधले
रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव।
नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य
कलिलो दीप खोज्दैथियो बैँश छर्न!
उसलाइ मार्न छुट छ र कसैलाइ ?
पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म !
ठीक तिमी बिपरीत-भन्दैछु-दीप बल्नुपर्छ मैन जल्नुपर्छ!
एक टक हेरिरहेकी छु तिम्रा -उपहारहरु
-मोती जडित फूलहरु
-जडताले सिँगारिएको एकजोडी परेवा
र
प्रिन्टरले लेखिदिएको- शूभ कामना जन्मदिनको!
ओहो ! खोइ तिमी ?
खोइ आभास तिम्रो ?
वास्नाहिन निर्जीव कुसुम
तिमी हौ सायद मेरो अगाडी-मृत मुस्कान छर्दै,
भ्रमित छन् तिम्रा कल्पनाहरु
जडतामा मेरो बिनिमय
गलत छ तिम्रो मानसिकता
परनिर्भरताको बुइ चढेर-म सम्म आइपुग्ने
घृणित छन् तिम्रा पदचालहरु !
खोज्दै थियो दिल तिम्रो-शब्द संगीत र स्वरहरु
तिम्रै मनको प्राकृत भावना !
र
मनदेखि मनसम्मको संचार।
तिम्रा मूर्त आकृतिहरुले
लिलाम गर्न सक्दैन-अमूर्त मनलाई!
लुटाउन सक्दिन कुटिल तानाबानामा-आफुलाई !
मलाइ माफ गर ,
फिर्ता लैजाऊ तिम्रो-सिसे ताजमहल!
अस्वीकार छन् तिम्रा उपहारहरु !
No comments:
Post a Comment