Pages

16 February 2013

अनर्थ !

आज ऊ आफु यो धर्तीमा हुनुमा सबैभन्दा धेरै रोयो कोठामा । आफैलाई घृणा लागेरआयो ।
अर्को दिन आफ्नो कोठाबाट बाहिर नै निस्किएन । जे जे गर्यो बन्द
कोठाभित्रै गर्यो । भोलिपल्ट भात खादा आमाको मुख नै हेरेनँ । कसैले थाहा
नपाउने एकान्तमा टोलाइरह्यो । सजीव भन्दा निर्जीव हुनु नै बेस ठान्यो ।
एकचोटी हिजो पढेको कुरा पुनःपढ्यो पुनः दोहोर्यायो । सुसंस्कृत बुद्धि र
विवेक भएको मान्छे भन्दा पशुहुनु नै आनन्द महसुस गर्यो । अब लाग्यो आफु
कलङ्कको फल बनेर यो पवित्रधरा कलङ्कित पार्नु हुँदैन ।

साँझ सिलिङ्ग फेनमा पासो लाग्ने निर्णय गर्यो। अफसोच जब ऊ तुन्‌रुङ्ग के
झुन्डेको थियो फेन गर्ल्यामगुर्लुम ­ भुइमा झर्यो । यो ठूलो आवाज सुनेर
आमा कोठामा दगुर्दै आइन् । छोराको स्थिति देखेर भक्कानिदै बोलिन् "तैले
यो के गरेको बाबु ? तँ गर्भमा छँदै बाबु मरे । तँलाइ जन्माएर आफ्नो
साहारा ठान्दै आएँ । तैँले यस्तो गरिस भनेँ म कसरी..?"
"आमा मेरो सास भएपनि म मरिसकेको रहेछुअब बाँच्नुको के अर्थ र ?"
"कसरी ? के भनेको त्यस्तो ?"
"तपाइले बजिया भन्नु भएको हैन मलाई अस्ति?" ऊ कोठाबाट बाहिरियो ।

नोट :
बजिया = ससुरा र बुहारीबिचको अनैतिक सम्वन्धबाट जन्मिएको छोरा ।

© दिवाकर स्वप्नील ।

No comments: