Pages

19 February 2013

कविता

बन्द गर तिम्रो अराजकता
सह्य छैन तिम्रो अतिक्रमण
किन हर पल निरंकुशता लाद्न खोज्छौ ?

निर्दोष कैद गर्छौ ! निरापराध सजाय दिन्छौ !
तिमी फुल्नु छ ? फुल !
तर
बनाएर पेन्डुलम आफुलाई
म गिदी बेच्न मन्जुर छैन !

तिम्रो कठघरामा आज हुनुपर्छ सुनुवाई स्वतन्त्र!
किमार्थ म तिम्रो सोपान बन्न सक्दिन !
प्रवेश निषेध देखेनौ ढोकामा ?

मुटु टेकेर गिदीमा खेल्छौ-मनपरी !
मेरो अन्तिम चेतावनी तिमीलाई-
ओ कविता !
बन्द गर तिम्रो विस्तारता!!!

No comments: