Pages

09 March 2013

साथीलाई पत्र !

कविता

> दिवाकर स्वप्नील

आत्मीय साथी पत्रमा आएँ भेटौ कि भनेर ।
उनेर ल्याएँ शब्दको माला लाभ् होला ठानेर।
यी शब्द त्यसै जुरेनन् साथी मनमा दुखेर ।
रिसानी भए छु क्षमा प्रार्थी दुवै हात जोडेर ।

मुहार हेर्छु कञ्चन तिम्रो छैन की दिमाग !
सभ्यता तिम्रो बोलीमा हुन्छ यसैमा ख्याल् राख।
नुनको सोझो गर्दछ शत्रु, शत्रुको खाएर ।
जे बोले हुने सम्झियौ कसो बोलीलाई पाएर ?

नजानीकन गल्ती त्यो हुन्छ सुधार्नु पर्दछ ।
शिष्टता तिम्रो कति छ भनी मापन गर्दछ ।
चेतना कतै पस्ला की भनी यो पत्र लेखेको ।
सुझाव सही सुझाएँ साथी आफूले देखेको ।

प्रकृतिसरी निष्कपट् मन, तिमीले के देख्यौ ?
उदार दिल आकाशसरी तिमीले के भेट्यौ ?
अमृत दिदा सम्झन्छौ बिष म के पो भनौँ खै !
बालक अब त छैनौ पक्कै सम्झनु पर्छ है ।

दिएर जन्म मुटुको टुक्रा ठानेर हुर्काइन् ।
आफुले पेट राखेर खाली तिमीलाई खुवाइन् ।
च्याँर् र्च्याँर आधारातमा रुँदा उठेर फकाइन् ।
सहेर दुःख मनमा सबै हर्दम हँसाइन् ।

छातीमा टाँसी हरेक दिन दुइ थुन चुसाइन् ।
माघको चिसो जाडोमा न्यानो छातीमा लुकाइन्।
न भयो घिन सोरेर गु मुत् जवान पारेर ।
पठाइन् पढ्न हाँसेर आफु सकस गरेर ।

अनेक दुःख गरेर पनि आमाले के पाइन् ?
मुहार खुशी छोडेर तिम्रो आमाले के चाहिन् ?
मान्छेले रोप्छ बिरुवा पछी फल् होला भनेर ।
चित्त ती आमा दुखाउँदिनन् सन्तान ठानेर ।

छोरी हौ तिमी बुझ्नुपर्छ आमालाइ यो बेला ।
तिमी नी आमा बन्नेछौ भोली था होला त्यो बेला।
जननी आफ्नै दिन्छौ रे धम्की भन्दैछौ खुलेर।।
सुनेर ऐले घायल भएँ शब्दले पोलेर।

हो छोरी कान्छी माया छ आफ्नै मटुको समान।
शिरमा राखे भनेर कान्छी लात्तीले नहान ।

सानोमा हुँदा मर्छन् की भन्ने ठूलोमा मार्ने डर ।
स्वभाव तिम्रो यस्तै हो भने कस्को पो होला भर ?
लगानी सारा देखेर पनि देख्दिन बुझेको ।
हरेक दिन आमाको आँखा हेर त्यो रुझेको ।

कष्टमा आफ्नो हाँसेर तिम्रो ऐश्वर्य चिताउँछिन्।
मै मर्छु भन्छिन् कालका अघि आफ्नै हात् उठाउँछिन्।
छोराले बुझ्न सकेन भने छोरीले बुझ्छन् रे ।
अन्तिम बेला भो भने हेला छोरीले सुन्छन् रे।
तर
बुद्धि चै काँचै भयौ कि ठूली अजङ्ग तनले ?
आमा र छोरी मिल्छन् रे सुन्थेँ बुझिनँ अहिले ।
तिमीले आमा नबुझे ऐले त्यो मन रुनेछ ।
जीवन भरी नहुने पार त्यो पाप हुनेछ ।
के दिइन् भनी आमाले अब नसोच कहिले ।
के दिएँ मैले गुणको सट्टा सोच है अहिले ।

जननी आमा सर्वस्व उनै सम्मान गर्नु छ ।
पुजनीय प्रातः(ह) कालमा शरण पर्नु छ ।

अज्ञानी तिमी होइनौ था'छ कुरा छ गतिलो।
अमिलो कुरा यो मनमा पस्यो भएर कमिलो ।
राम्री छौ तिमी म खोट किन लाउँथे त्यो चर्ममा।
सुन्दर लाग्छ नजिकका देव टाढाको कर्ममा ।

मै मोरो दुष्ट सकिन हाँस्न अरुको जसरी ।
लौ बिदा माग्छु डर छ फेरी रुन्छौ की बेसरी ।
जे भनी ठान तिम्रा ती वाणी गर्नेछु आदर ।
तित्राको मुख साथी हुँ तिम्रो भन्छन् दिवाकर ।

n.o.t.e. ~ बिशेष अवस्थामा लेखिएको।

No comments: