Pages

13 April 2013

तिमी नै भन !

जन्मिदा हाँस्दै जन्मियौ तिमी
हाँस्दै बिदाइका हात हल्लाउँछौ ।
तर म ?
जन्मिदा जन्मिएको थिएँ रुँदै
भोली जानेछु दुःख मा आफन्तलाइ__आँसुमा डुबाएर !
ए समय !
म किन तिमी जस्तो हुँन सक्दिन हँ ?

बढ्दैथियो अनुराग तिमीप्रति,
थियो प्रेम या सम्मोहन?
प्रिय ,
यो तिम्रो कस्तो नियत ?
आधा रातमा प्रेमको विनिमय हुन्छ
हस्तान्तरण गरिदिन्छौ अन्जान बाहुलाई !

बुझ्नै सकिनँ मान्छे तिम्रो दासी हो__मित्र हुँदै हैन__हुँनै सक्दैनँ !

तिम्रो नजरमा म बेश्या !
अन्जान हातले गिजोल्छ बर्षैभरि
भाग्छ प्रसवको उत्तारार्द्धमा
फेरी बाध्य पार्छ स्वीकार्न हाँसीहाँसी ,
भुलेर त्यो प्रसवमा आयु छोटिएको !

ए नव युग तिमी नै भन-
म बहिस्कार गरौँ या अङ्गीकार ?
आगमन उल्लास हो या उदास ?
भर्खरै वृक्षका पात झरे__नयाँ भरिए ,
तयार छन् झर्न अरु !
जीवन के हो -
झरेका पात या नविन पालुवा ?

© दिवाकर स्वप्नील

No comments: