Pages

27 March 2013

आउँछौ कि त यो होलीमा ..गीत

प्रतिक्षा छ आज मलाइ आउँछौ कि त यो होलीमा ।
समृद्धिका रङ्गहरु ल्याउछौ कि त त्यो झोलीमा ।

बेरङ्गको भो माया प्रिती रङ्ग भरे कस्तो होला ?
मुहारमा अलिकति हाँसो छरे कस्तो होला?
मिठो मुस्कान् लठ्ठ धुन सुन्न पाउँ त्यो बोलीमा
प्रतिक्षा छ आज मलाइ आउछौ कि त यो होलीमा ।

असत्यको राज हुन्न सत्यको नै जय हुन्छ
तिम्रो मेरो यो साथले विजयको शिखर छुन्छ
माया उनी ल्याउनु तिमी गाँठो पारी त्यो चोलीमा।
प्रतिक्षा छ आज मलाइ आउँछौ कि त यो होलीमा।

© दिवाकर स्वप्नील

No comments: