Pages

23 March 2013

सायद हुनुपर्छ प्रेम यही !

कविता

मैलै हिजै पनि भनेकै थिएँ नी
नगर प्रेम मलाई !
नबाँध तिम्रो आँचलले !
सधै सधै तिमीलाइ नै सोच्न थालेछु अचेल
आज तिम्रै जन्मदिन भुलेको छु
साराले मलाइ दोषी देख्लान्
तर
थाहा छ मात्र मलाई ,
पागल बनाको तिम्रो प्रेमले
अचेल फुर्सद छैन मलाइ बोल्ने
तृप्त भएकै छैन कल्पनाले
हेर त
दुनियाँले चाटेको तिम्रो गालामा
आइपुगे मुसार्न !
आहा ! जुठो भएर पनि नभएजस्तो
टोकेका दाग भएर पनि नभएजस्तो !
सायद
हुनुपर्छ प्रेम यही ?
भोलि कसले देखेको छ ?
यो पल अनि यो रात
तिम्रै हो प्यारी कविता !

© दिवाकर स्वप्नील

No comments: