Pages

23 March 2013

दुइ मुक्तकहरु

पानी धेरै उम्लिएमा पोखिन्छ तब साथी ।
ठूला गफ नगर भो देखिन्छ तब साथी ।
सोच्छौ होला मोटाको तौल बढी हुन्छ तर
थाहा हुन्छ तराजुमा जोखिन्छ तब साथी ।

=================

नजाउ त भनेकै हो गयौ शुभकामना छ ।
यता छोडी उता गयौ तिम्रो के के चाहना छ ?
स्वच्छ प्रेम धेरै भयो आकांङ्क्षा नि बढ्यो सायद
पर्या छौ की बलमा कतै कि त अर्कै बाहाना छ ?

© दिवाकर स्वप्नील

No comments: