Pages

03 June 2013

तिम्रो आँखाले

- दिवाकर स्वप्नील

(व्यङ्ग्य गजल)

सौन्दर्यको धुत्छ लाली तिम्रो ! आँखाले !
आफ्नै आमा भन्छ साली तिम्रो ! आँखाले !

धोती खस्यो सडकमा घण्टी हल्लियो
चेत छैन पिट्यो ताली तिम्रो आँखाले !

"भयो कान्छा घरै जाऔ जुँगे मुठे बसुन्"
सोझालाई गर्यो गाली तिम्रो आँखाले ।

देख्छौ चन्द्र सूर्य तारा आँखा भए त
आकाशमा देख्यो खाली तिम्रो आँखाले ।

No comments: