लघुकथा
- दिवाकर स्वप्नील
बर्षौ भयो गाउँमा कलह भएको।तर दुइ विपरीत
ध्रुव मिल्ने छाँटकाँट थिएन।एउटा पक्ष भन्छ
सम्पूर्ण परम्परा र संस्कारलाई त्यागेर
नयाँ बन्नुपर्छ।समयको माग हो आधुनिक जीवन
शैली चाहिन्छ।अर्कोपक्षको वकालत गर्ने झुन्ड
आफ्नो रीती र परम्परालाइ नछोड्ने
पक्षमा देखिए।दुइ भिन्न बिचार
आफ्नो मान्यता बमोजिम समाज चल्नुपर्छ भनेर
लिडेढिपी गर्न थाले।समस्या राँको भएर
दन्किएको धेरै भएकोथ्यो।धर्मानन्द
बाजेको हातमा एउटा पत्र छ भोलीको बृहद
छलफलका निम्ति।लेखिएको छ "जजाप" अर्थात
जसरी जानु पर्ने!
ठूलो मानव सागरका अघिल्लो पंक्तिमा तीन
भिन्न समूह छुट्टिएको थियो।
कालो कपाल,तिलचामले कपाल र सेतै
फुलेका कपाल भएकाहरु।पहिलोको नेताले भन्यो-
"हामी क्रान्ति गर्छौँ।अब समाज
तपाइहरुको मान्यतामा चल्दैन।यी सारा थोत्रे
जीवनशैली र
परम्पराप्रति हाम्रो आपत्ति छ,हामी मान्दैनौँ
सेता कपाल धारीका बीचबाट उठेर धर्मानन्द
जंगिए- "तिमेरु
हिजोको चल्ला,ठूला कुरा नगर,हाम्रा आफ्नै
धर्म,रीतिरिवाज परम्परा छ,बदल्नुपर्छ भनेर
हुन्च?काम नपाका उरनठेउलाहरु!"
दोस्रो समूह पिपलपाते थिए।कहिले
यता ताली,कहिले उता ताली। युवाहरुकै
टोलीबाट चेतावनी दिदै
अर्को क्रान्तिकारी बोल्यो-"समय गतिशिल
छ।यसले आफै परिवर्तन त गरेरै छोड्छ।हेर्नोस्
मेरा बाजेहरु हिजो डाइनोसर समय अनुसार
अनुकुलन हुन नसक्दा पतन भएर गयो।तपाइहरुले
पनि पुरानो मानसिकतालाई छोडेर
नयाँ शैली अपनाउनु भएन भने उही हविगत
हुन्छ।"
दोस्रो गुटले सही थप्यो "हो,हो।जीवनशैली
बदल्नैपर्छ।बाजे र
भाइका बिचारका केही कुरा समेट्दा कसो होला ?"
"हुँदैन,हाम्रो सम्पूर्ण कुरा नविन
अग्रगामी छन्।बाजेका सबै शैलीमा नविकरण
हुनुपर्छ।अब पछी हटिदैन।उस्तै परे भौतिक
कारबाही....!"युवाको हुङ्कारले धम्की दिदै
गर्दा धर्मानन्द जरुक्क उठेर बाटो लागे।
धर्मानन्द ठूलो चिन्तामा परे।दुइ रात
निदाएनन्,एकोहोरिदै के के सोचीरहे।तेस्रो दिन
बिहानै उठेर घरका सबैलाइ बाहिर निकालेर
ढोकामा चाबी लगाए।त्यसपछी आफ्नै घर
भत्काउन थाले।अवरोध नगर्न हतियार देखाएर
चेतावनी दिए।बाजे बहुलाएछन् ! घरका सदस्यले
छिमेकीको सहारा मागे।
एकैछिनमा मान्छेको हूल जम्मा भयो।दुइचार
जनाले नियन्त्रणमा लिदैँ सोधे यो पागलपन
किन?
बाजेले बाध्य भएर जवाफ दिए-"हिजो म
ढोकाबाट छिर्थेँ र पुरानो थिएँ।अब आज
ढोका बन्द गरेर याँ दुलो पारेर छिर्छु।
यो नयाँ तरिकाले मलाइ पक्कै नया बनाउँनेछ।
No comments:
Post a Comment