Pages

15 July 2013

दुई मुक्तक

आगो बल्दैन त्यो खरानी ठोसी हुँदैन ।
साँच्चै बल्ने अगुल्टो कतै खोजी हुँदैन ।
कतै खुट्टा तान्ने कतै मोल्ने गर्छ मान्छे
बिर्सिएर हो की कात्रोमा गोजी हुँदैन ।

* * * * * * * * * * * *

कोही सास गएर मर्छन् ।
कोही सास भएर मर्छन् ।
भगवान छ ? आखा छ कि छैन ?
ज्युँदो यो प्रश्न गरेर मर्छन् ।