Pages

24 August 2013

शुभकामना ( BEST WISHES )

_________________________
© दिवाकर स्वप्नील
__________↓_________

शिरमाथि गुराँस् फुलोस् ओठ्मा लाली खुलोस् ।
गोरेटाका काँडा पनि फूल बनि फुलोस् ।

ढोका खोज्दै आओस् सफल्ता खुलोस् सबै द्वार ।
समयले दीक्षा देओस् नहोस् कहिल्यै हार ।

आत्म बाट छल्किन्छ यो प्रेमिल भावना ।
स्वच्छ मन सुस्वास्थ्यको राख्छ चाहना ।
________↓________

सधै-सधै तिम्रा पाउ प्रगतिमा सरुन् ।
शिखर चढी ताज नलाइ कहिल्यै नझरुन् ॥

थाहा छ आयु घटेको अजम्बरी को छ ?
झुमौ नाचौ यै आयुमा जति पा'को छ ।
________↓________

जिवन् को शिखर निरन्तर सधैँ उक्लनु अगाडी ।
आधार शिबिर् पुगेका गोडा नफिरोस पछाडी ।

उमेर् घट्दैछ थाहा छ तर साश्वत सत्य हो ।
उदेश्य आफ्नो लिएर अघि सदैब बढ्ने हो ।

कर्म त आफै हो गर्नुपर्ने ऊर्जा हो चाहाना ।
गरेका कर्म सिद्ध हुन् सारा छ शुभकामना।

सदियौँ सम्म बाँच्नु तिमी म कहिल्यै भन्दिन ।
पाएको जीवन सार्थक बनोस्, अरु म जान्दिनँ।

बाँचेर पनि मरेको नहोस् कहिल्यै आभास।
जुनीजुनी सम्झने बन्नु छरेर सुवास ।।

गरिब् को भित्ता पोत्ने बनोस् साहसी कदम ।
हेर्नै नसकुन् जाली फटाहा कुनेत्री अधम ।
________↓________

अटल् बन्नु हिमाल् जसरी ।
फैलियोस् कृति सधैभरी ।

नलागोस कहिल्यै ठेस ।
नझरोस शिरको केस ।।

छोटिदै छ जीवन पल्पल ।
उज्यालो बन सधैँ झल्मल ।।

भगवान् भेट्न जानु पर्दैन मन्दिर।
हो सफल्ता कर्म होइन तग्दिर ।।

संचार होस् बाहुमा तागत ।
सफल रहोस् तिम्रो आगत ॥
________↓________

पूर्व लाली चढे तिम्रै लागी हो ।
दुइ कदम बढे तिम्रै लागी हो ।।
स्वच्छ भावना यो तिम्रै लागी हो ।
शूभकामना यो तिम्रै लागी हो ।।
_________________________
© दिवाकर स्वप्नील

No comments: