बिश्वास लाग्दैन श्वेताले कुनै बेलाको दुश्मनलाइ गरेको ब्यवहार।ऊ मेरी आमा बनेकी थी हर कुरा ध्यान गर्थी।उसका आँखामा कञ्चन सरिता बसेकी थिन।माताको ममतासरी साथीको सामिप्यता पाएको थिएँ।हुन त औषधीको कारणले हो या सामिप्यता घनिष्ठता आदिले हो,म डिप्रेस क्रमिक मुक्त हुँदैथेँ।डिप्रेस जतिबेला पनि हुन्नथ्यो,एक्लै हुँदा र घटना बिशेषले हुन्थ्यो।मान्छे मरेको घटना सुन्दा बढी मानसिक रोगी हुन्थेँ।त्यतिबेला धड्कन बढे झै लाग्थ्यो,मुटु नै बाहिर निस्कन्छ जस्तो लाग्थ्यो।घरमा त सबैजनाले बोलाउथे मेरो एकोरोपन टोड्न।स्कुलमा श्वेताले त्यही भुमिका निभाइ।स्कुलमा त्यस्तो गहिरो भावनामा डुब्न पाइनँ।श्वेता बाहेक अरुले पनि बोलाउँथे।मैले मानसिक रोगी भएर औषधी खान बानी भो भने जीवनभर खानुपर्छ भनेका कुराहरु सुनेको थे।त्यसैले आफु पनि सक्दो कोसिस गर्थे उम्कन बिभिन्न कुरामा भुलेर।पुस्तकहरु पढ्थे भुल्न तर पढ्दापढ्दै थाहै नपाइ किताब बाहिर पुग्थे।तथापी पहिलाको भन्दा निकै सुधार हुँदैथ्यो।सायद मन बुझाउदैथिएँ।
अर्धबार्षिक परिक्षा आयो।तनाब बढ्नु स्वभाविक थियो।परिक्षाको तनाबले अगाडीको तनाब छोप्यो।परिक्षा दिएँ तर भनेजस्तो कुनै दिन लेखिनँ।श्वेता सँधै सोध्थी।प्राय प्रतिश्पर्धीको चासो अवश्य हुन्छ।श्वेता अब सबैभन्दा मिल्ने साथी भइसकेकी थिइ र यो नाताले पनि उसको चासो हुन्थ्यो।परिक्षा रोपेपछी सँगै त्यसको फल आउँछ।यो चोटी मेरो पोजिसनमा उथलपुथल आयो।म प्रथम भइन,पहिलो पल्ट जस्ट पासको स्वाद चाखे।स्कुलभरी यसले भुकम्प ल्याएछ।लेख्दैनलेखे पनि प्रथम भइराखुम लाग्थ्यो।श्वेताले खोसेकी थिइ मेरो पोजिसन।शिक्षकहरुमा धेरै चासो बढ्यो।म डिप्रेसन भएको थाहा थियो।उनीहरुको मान्यता म उत्कृष्ट दशमा पर्नुपर्छ भन्ने रहेछ।अब मेरो पछाडीको कारण खोज्न थालेछन।भानुको निधनको कारण पत्ता लाएछन्।तर त्यो सँगै आफु शिक्षकको नजरमा तल्लो भएको आशंका थियो।म औषधी खाइरहेको र निक्कै जाति भैसकेको थिएँ। एक बर्ष राम्रो ब्यवहार सद्भावले पहिलाको स्थितिमा आइपुगेँ।मैले श्वेतालाइ कुरौटे र निकम्मा कहिल्यै बनाइन।बार्षिक परीक्षामा पुनःआफ्नो पोजिसनतिर लागे तथापी प्रथम भइन।माध्यमिक शिक्षाको अन्तिम बर्ष उसको र मेरो घनिष्ठता कायमै रह्यो।शैक्षिक प्रतिपर्धा एक ठाउमा थ्यो।हाम्रो सम्बन्धमा आएन।कहिलेकाही म ऊ सँग वोल्ने क्रममा"तँ सँग बोल्ने प्रमाणपत्र छ म सँग"भन्थे।ऊ एकचोटी ढाडमा कुट्दै "यौटै कुरा नगर न यार"भन्दै रुन पो खोज्थी।कसैले गल्ती गरेमा कुट्न छुट थ्यो हामीमा।केही कुरा लुक्नै सक्दैनथ्यो।घरमा बुवाले भनेका कुरादेखि महिनावारी भएको कुरा पनि थाहा हुन्थ्यो।जसरी घरमा आमा मलाइ नछुने भो भन्छिन उसैगरी धक नमानी भन्थी।अनावश्यक लाज भन्ने पटक्कै थेन।महिनावारी भो भन्नु कुनै ठूलो कुरा होइन तर साथीसँग त घनिष्ठ साथीलाइ मात्र भनिन्छ।क्लासका साथीहरु भन्थे"श्वेताले त आदित्यलाइ म सँग किन नबोलेको भनेर पो पनिस ख्वाएकी रैछिन त!"अनि हाँस्थे हामी माथि।वास्तबमा भएको पनि त्यसैथ्यो की मैले कुटाइ खाएपछी श्वेता र म अति घनिष्ठ भएका थियौ।
अन्तिम बर्ष स्कुलको अति ब्यस्त बित्यो।श्वेता एस एल सी मा डिस्टिन्सन ल्याउछु भन्थी।मेरो पनि लक्ष्य त्यही थियो।डिप्रेसन हटेको थियो र राम्रै लेख्न सक्थेँ र लेखेपनि।श्वेता पनि साह्रै राम्रो भयो भन्थी।केही महिनामा रिजल्ट आएर लोप्पा खुवायो,डिस्टिन्सन आएन।हाम्रो स्कुलबाट पाँच जना फस्ट सत्र जना सेकेन्ड र दुइ जना थर्ड डिभिजन गरी एक्काइस जना पास भएछन्,कसैको बिशिष्ट आएन।स्कुलले औपचारिक बिदा गरे सँगै श्वेता र म आफ्नो सहजताका लागी फरक कलेजमा भर्ना भयौँ।छुट्ने बेलाको त्यो क्षण पनि उस्तै दर्दपूर्ण थियो।
उही श्वेता हो जोB.SC नर्सिङका लागी भर्ना भएकी थिइ।म मनभरी इच्छा भएर पनि हाँस्दै थिएँ।बुवा झन् तनाबमा हुनुहुन्थ्यो।उहाँ अब मैले आफ्नो पढाइ अर्कैतर्फ बढाउनु,चाहानुहुन्थ्यो। मैले आफ्नो दिमागमा छापिएको डाक्टरको छाप मेट्न सकिनँ।बुवासँग म कहिल्यै उग्र कुरा गर्न सक्तैनथेँ तर अरु बिषयमा मेरो रिजल्ट राम्रो नआउने कुराको अवगत चै गराएकोथेँ।म केही नभए जस्तै हाँसेर बोल्थेँ।मेरो पार्श्व क्रान्ति थियो।अर्को सालको त म आफै पनि निश्चित थिइन नाम निस्कने कुरामा।एकदिन बुवालाइ मेरो पार्श्व क्रान्तीले धेरै घोचेको कुरा आमाले सुनाउनु भयो।मैले कुनै ब्यवहार त्यस्तो देखाको थिन कि म भित्र निराश छु।बुवाले भने झै म अरु कलेज भर्ना भएको थिन।यसबाट था हुन्थ्यो म भित्र उदासिनता छ।
अँ बुवाको अन्य कलेज पढ्ने प्रस्तावको आशय यता छोडेर नर्मल शिक्षामा जाने थियो।पहिलाको डिप्रेसनको रोगी म अहिले साँच्चै त्यसबाट मुक्त भएको प्रमाणित भयो।सामान्य तयारीको क्रममा केही दुब्लाएको थिएँ।बुवा फेरी अर्को सालका निम्ति अन्य कलेज भर्ना भएर कसरी इन्ट्रान्सका निम्ति तयारी गर्नु?त्यसका निम्ति त पढेर तयार हुनु परेन त?भनेर बुवालाइ थुमथूमाउँथे।एउटा कुरा सत्य थियो की फुल स्करलशीप पाउनको लागी सोर्सफोर्स चाहिन्थ्यो।अहिले मैले पाएको हाफ स्करलशीप पनि कुनै अरु नै निम्न नम्बर ल्याउने उच्च सोर्सफोर्स भएकोले पाउँथ्यो।तर जति बेला इन्ट्रान्स भो,त्यसको दुइदिन अघि देखि काठमाण्डौ छिर्ने बाटो अवरोध भएको थियो।उदासिन प्रशासनले खोल्न सकेको थिएन।केही परिक्षार्थी बाटो मै रोकिए।मान्छे नै उभ्याउन नपाएपछी सोर्सफोर्स लाउन नपाएपछी ती रोकिए।त्यसको फाइदा मैले पाएको थिएँ।यो कुराबाट घरमा अनबिज्ञ कोही थिएन।यदि एम बि बि एस पढ्ने नै हो भने अर्को साल इन्ट्रान्स दिए पनि फुल स्कोलरशीप नपाउनेमा बुवा निश्चित भएको स्वभाव महसुस गर्थेँ।तर बुवाले मलाइ भनेर पढाइमा निराश पार्न चाहनु भएन।
यो निराश र तनाबमा कति बस्ने?न आफु घरमा रमाइलो वातावरण पाउँछु न त कोही राम्रो सँग खान्छ!एउटा पास यो सबको कारण!मैले पढाउनैपर्छ भनेर कुनै दिन घुर्की देखाएँ र?सबैजनाको अनुहारबाट मुस्कान हटेको छ।"हाँस्नको लागी मात्र हाँसेको अनुहार कती बिकृत हुन्छ था छ तपाइहरुलाई?"म आज परिवारका सबै माथि खन्नीएँ।म पढ्न नपाए पनि नाम निकाल्नुलाइ नै एउटा सफलता मानेँ।"भालुको कान छोड्नु न समात्नु"यही थियो बुवाको अन्तिम तनाबपूर्ण वाक्य।फेरी यही बिषयमा कहिल्यै तनाबपूर्ण गफ भएन।दश कठ्ठा जग्गा नौँ मा झार्नुभयो बुवाले।बर्षभरी खान पुग्दैन,बढाउनुपर्ने ठाउँमा घटाइयो।बुवालाइ यही कुरा भन्दा बुवाले सजिलै भन्नु भयो के यो एक कठ्ठा हुँदा चै खान पुग्ने र बेच्दा चै नपुग्ने हो र?आखिर अर्काको खेती गर्नु परिहाल्छ।
घरको एक छिमेकी थ्यो जो कैले बेच्छन भनेर बसिराखेको थियो।आफु पैसा मै सुत्ने र ओढ्ने जस्तो कूरो गर्थ्यो।उसलाइ भगवानले दिएको भन्थ्यो।हुन पनि त्यस्तै देखिन्थ्यो पनि।काम गरेको कहिल्यै देखिदैनथ्यो तर पैसाको अभाब पनि कहिल्यै हुन्न थ्यो।शोषकको जन्म गरिब चुस्न भएको हो।हामीले चल्ती भाऊ भन्दा निकै कम दाममा उसलाइ नाम सारी गरिदियौ।
मेरो इच्छा रहर र पागलपनले अग्रगति पायो।बोलीचालीमा भनिने टिचिङ हस्पीटल,महाराजगञ्ज काठमान्डु!हो अबको मेरो बिध्यालय यही थियो।पहिला डाक्टर साएब भन्दा कति ठूलो मान्छे लाग्थ्यो,हो त्यही डाक्टर साएब हुँदैथिए।सामान्य शिक्षाबाट प्राबिधिक शिक्षामा पुगेँ।त्यति अप्ठेरो लागेन जति सोचेको थिएँ।त्यही क्लासमा भेटिएकी मेधावी एक विद्यार्थी हुन् समिक्षा।अँ हुन त एम बी बी एस मा आएका कोही कम क्षमताका त पक्कै हुदैनन्।म एउटा कुरामा त्यो स्थानमा पुगेपछी छक्क परेँ।कोही यस्ता थिए की जसले पेन्ट कटि मुनि झुन्ड्याएका थिए।त्यहाँ एक कोठामा सिङ्गो देश थियो।क्लासका सबै साथी हुन्थे।प्राविधिक शिक्षा भएकै कारणले एकअर्काको पुरक बनिन्थ्यो।ती मध्ये फुर्सदमा गफ गर्ने मित्र थिए उत्तम शम्शेर।त्यहाँ पुगेका सबैजना स्वार्थी थियौँ।कताबाट वा को सँग बाट धेरै शिक्षा लुट्न सकिन्छ?
एकचोटी हामी अलि धेरै फ्रि भयौँ।कारण डिन काण्ड थियो।मलाइ राजनिति आउदैन र केही बुझ्दिन।मलाइ था भएको त्यति हो डिन नियुक्ति काण्ड।मैले कहिलेकाही गफ गर्ने साथी उत्तम खरो उत्रेको थियो।म एक्लै हुँदा गर्ने काम किताबको किरो बन्नुथ्यो।तर कति हुन्छ र यो पाराले पढाइ नहुनु?रिस उठ्थ्यो।आन्दोलन लामै समय गयो।यही समयमा म प्राय महिला देख्थे असंलग्न।तिनै असंलग्नमा म पनि एक पुरुष मिसिएको थिएँ।समीक्षा सँग यही समयमा हो म परिचित भएको।समिक्षासँग परिचित भएसँगै एक्लोपन तोडियो।दुइ जना सँगै पढ्दा अल्छी नलाग्ने रैछ र एकअर्काबाट केही सिकिन्थ्यो पनि।समिक्षाको मलाइ दुइ कुरा मन पर्यो।इनटिलिजेन्ट का साथै उनको बोली।बोली त झन रमाइलो लाग्थ्यो जुन मलाइ आउँदैनथ्यो।परिचय पछी म उनीसँग सधैं बोल्थे कि मलाइ बोली रमाइलो लाग्थ्यो।
"हाइ समिक्षा जी!"हात माथि उचाल्दै बोले।भबिष्यको डाक्टरलाइ एकैचोटी तिमी भन्न मन लागेन।
"हाई आदित्य जी!हजुर सञ्चै होईसिन्छ?"लामो समयको बिवाद टुङ्गेर कलेज लागेको थियो।
"सञ्चै छु।अनि तपाइ नि ?"
"उम्,नट ब्याड!
आज फिजियोलोजी एण्ड एनाटोमीको सर आइसेको छैन रे,हो आदित्य जी?"
"आइसियो त!"म मजाले हाँसे समिक्षाको भाषा बोलेर।समिक्षा पनि हाँसिन्।यो त त्यही डिन आन्दोलनको परिणाम थियो।अन्यथा करिकुलम भित्रका कुरा अनि प्राक्टिकल रुम भित्र बाहेक अरु बोलिदैनथ्यो।समिक्षा काठमाण्डुकी रैथाने रैछिन।उनको बोलीमा पनि सम्पन्नता झल्किन्थ्यो।त्यो बेला मैले सोचे की काठमाण्डुमा बिशाल महल भएकी मान्छे सँग काठमाण्डुको एक बिशाल महलमा सबैभन्दा सस्तो कोठामा अँध्येरीएको म,एउटै कोठामा पढ्दैछौ।उनका निम्ति सय रुपियाँको नोट केही थिएन मेरा निम्ति एक लिटर मट्टितेल आएर केही दिन अगाडी बढ्ने महत्वपूर्ण थियो।सोचे के यो समिक्षा पैसा तिरेर प्राइभेट पढ्न सक्दिन र?अनि किन खोसेकी होला कुनै अर्को भविष्यको डाक्टर बन्ने रहर तुहाएर बसेका मान्छेहरुको मिठो सपना?समिक्षा जतिकै मेधावी वा अझ बढी मेधावी,छैनन होला जसले पटकपटक इन्ट्रान्स फेल गरेको छ,केवल पैसाका कारण?अँ अनि के यो छुदा नी दाग लाग्ने छाला भएकी सुबिधाभोगी समीक्षा भोली देशको कुना कुनामा जान सक्ली र डाक्टर भएर?सहर मै बस्ने हो भने त सहरलाइ डाक्टरको खाँचो छैन।अनि सहरमै पैसा कमाएर बस्न के उनलाइ त्यसको अभाव छ र?मेरा यी आदर्श खेल्छ दिमागमा तर काम छैन।आर्थिक ढुङ्गाले किचिएको म पनि भोली डाक्टर बनेर कुना कन्दरामा जाने ग्यारेन्टी छैन।अब्यवहारिक आदर्शबाट बाहिर आएँ।यो अध्ययनको सबै बिषय चाख लाग्दो हुन्छ।कुनै बेला अल्छी लागेन बरु अझ अरु चाहाना हुन्थ्यो।समिक्षाले भने झैँ एनाटोमी एण्ड फिजियोलोजी पढाउने सर आइसेकोथ्यो।आफ्नै शरीरलाइ अंगअंग केलाउन पाएर पनि यो पिरियोड प्रिय थियो।क्लासभरीका सबै बिद्यार्थी साथी थियौ तथापी एउटा आफ्नै सर्कल बन्थ्यो।जुन सर्कलमा औपचारिक भन्दा पनि अनौपचारिक गफ धेर हुन्थ्यो।हाम्रो सर्कलमा चारजना थियौ म,उत्तम,समीक्षा र दिलकुमारी(बोलाउने नाम दिलु)!उत्तम बिद्रोही स्वभावको थियो।एकदिन मैले अनौपचारिक गफकै सिलसिलामा समीक्षासँग,एउटा डाक्टरको भ्रुण जन्मनै नपाइ मर्यो भनेर मिठो शब्दले प्रहार गरेँ।त्यहाँ रिसाउने कुनै अवश्था नै थिएन।जसरी मैले ठट्टामा भनेँ उस्तै गम्भीरमा समीक्षा बोलिन्।उनका अनुसार प्राइभेटमा पढ्दा उच्च मूल्याङ्कन हुन्न।मान्छेहरुले सरकारी कोटामा नाम निकाल्न नसकेर प्राइभेट पढेको भन्छन्।उनीहरु पैसाको डाक्टर भन्छन्।समीक्षाको जवाफ पनि तर्कपूर्ण थियो।मैले आफुले पढ्न नपाएको गुनासो पोखेको थिएँ भने उनले आम मान्छेको सोचाइमा गुनासो पोखिन्।दुवैजनाको कुरा ठिक थियो।सोचेँ की यस्तो मानसिकताको बीउ कसले रोप्यो?केहि दिनमा समिक्षाको जन्मदिन थियो र निम्तो आइसकेको थियो।समय बित्न कति बेर लाग्दैन।उत्तमले बिहानै फोन गरेर भरे साँझको योजना सुनाउँदै मेरो कोठाबाट सँगै जाने भन्यो।साथीको जन्मदिनमा जान्नँ भन्न सकिनँ।काठमाण्डु तिर जन्मोत्सव राती मनाउँदा रैछन।यो ज्ञान यही सहरले सिकाएको हो।तर मलाइ मन नपर्ने सहरका संस्कारहरुमा एउटा यो पनि हो।बलेको बत्ती निभ्नु अशूभ ठान्ने हाम्रो आस्था हो।जन्मोतसबमा स्वयम् फुकीफुकी बत्ति निभाउने परम्परा देख्दा छक्क परेँ।जन्मदिन खुशीको दिन हो वा दुःखको दिन?जन्मदिनमा यस्तो कार्यक्रम सम्पन्नले गर्ने हो।अरुलाइ आफ्नो जीवन धान्न गाह्रो हुन्छ,यो कल्पनाको बिषय मात्र हो।
No comments:
Post a Comment