"अँ समिक्षा हामीलाइ यसरी कुनाकुना खोज्नुको कारण त पक्कै केही होला?फेरी दिलुको आज मौन ब्रत हो?"मैले पुनःथपेर जवाफको प्रतिक्षामा बसेँ।
"एक्स्क्युज मी आदित्य सर"
"हजुर"लाइब्रेरीमा बस्ने कलेजको कर्मचारीलाइ मैले प्रतिक्रिया देखाएँ।
"सर तपाइको एउटा डकुमेन्ट आको थियो झन्डै बिर्सेछु।"
लाइब्रेरियनले मलाइ एउटा अलि ठूलो खाम दिए।त्यसमा प्रापक आदित्य शर्मा,मेडिकल कलेज महाराजगञ्ज काठमाण्डौ नेपाल र कोष्ठमा टिचिङ हस्पिटल लेखीएको थियो।के हो जान्न उत्सुक भएँ।म घरमा फोन कम नै गर्थे।सधैँ घरबाट नै गर्नुन्थ्यो।घरबाहिर पैसाको अभाब हुनसक्छ भनेर फोन नगर्दा पनि गुनासो गर्नुन्नथ्यो।म प्राय पढ्ने र फुर्सदमा पनि साथ दिन मित्रहरु भइहाल्थे त्यसैले घरतिर याद आउनै पाउँदैनथ्यो।घरबाट एउटा पत्र सम्म नलेखेकोमा रुष्ट गुनासो होला सहज अड्कल गरेँ।
"आदित्य,मलाइ मौन ब्रत भन्नुहुन्थ्यो,अब त था भयो होला नी?अम् यस्तो खाम नी आउँदो रैछ है?"भन्दै दिलुले मलाइ ब्यङ्ग गरिन्।मैले घरबाट आएको होला भन्दा सहमत भएनन्।असहमत हुँदा पनि मैले लुकाउने गोप्य केही थिएन।मैले उनीहरुलाइ भनेँ,मैले लुकाउने त्यस्तो केही छैन।बिश्वास लाग्दैन भनेँ उ...त्यो रुखको शीतलमा बसेर सँगै पढुम।म त भन्छु यो घरबाट आएको दिदीको गुनासो र गाली भरिएको चिठ्ठी नै हुनुपर्छ।यत्रो वर्ष मैले चिठीको च सम्म लेखिनँ।
हामी चारैजना हस्पिटल अगाडीको ट्रिम गरेर मिलाएको धुपी छेउमा बस्यौँ।समिक्षा उत्तम दिलु हरु म भन्दा बढी उत्सुक देखिन्थे।म भने पक्का थिएँ त्यो घरबाट नै आएको हो।खाम खोल्दै गर्दा मैले भनेको थिएँ की घरायसी गोप्य कुरा आयो भने पत्र त्यही रोकिन्छु पढ्न।म उनिहरुले सोचे जस्तो कुरा हैन देखाउन चाहन्थेँ।सर्त मन्जुर भयो।खाम भित्र पत्र नै थियो र पढ्न थाले।
डाक्टर साएब नमस्कार!बिरामीलाइ ठीक पार्ने पढ्न जानु भएको,अब त पक्कै धेरै उपाय जान्नुभएको छ।म बिरामीलाइ ठिक पार्न सक्नुहुन्छ?कतै सहरभित्र हराउनु पो भयो की?तर हिजोले तपाइलाइ आज सहरभित्र हराउन नदिनु पर्ने हो।ओए तैले मलाइ कतिपल्ट फोन गरिस्?मलाइ चिनिनस भने म पूनःएक बिरामीको हैसियतले बोल्नेछु।म श्वेता।(पत्र पढ्दा पढ्दै म रोकिएर मनमनै भनेँ-तलाइ काँ बिर्सिन्छु र !) म रोकिएको देखेर सबै जिल्ल परे की बाँकी वाचन हुँदैन।सिक्रेट कुरा छ हो अब चाही?समिक्षा जिल्लिएको भावुक स्वरमा बोलिन्।तत्कालै दिलुले भनिहाली की हामीले गेस गरेको भएछ त!
या सिक्रेट नै रहेछ।तर अझै तपाइहरुले सोचे जस्तो नहोला की?श्वेता मेरो स्कुल लाइफ की साथी हो।तपाइहरुको दिमागमा जे आयो त्यो छैन हाम्रो रिलेसन।तथापी यसमा मलाइ धेरै गाली पक्का छ।सरी अब पढ्दिन ल?
"ल ल,यो चाही मेरो यस्तो हो,त्यस्तो हो त कसले पो भन्छ र?"
"नो दिलु ,भएको कुरा मैले किन लुकाउनु र?बट यु क्यान थिङ्क इन योर वे!कुनैदिन भन्छु श्वेता र मेरो कहानी,कि किन ऊ मलाइ त्यत्रो गाली गर्ने हैसियत राख्छे!"
"आदित्य तिमीले आफ्नो ब्यक्तिगत पत्र नपढ्दा,हामीसँग किन सरी?मिस दिलु,हामी मौका परे त्यस्तो रिलेसन ऐले पनि इच्छुक हुन्छौँ भनेँ भएको भन्न किन गारो?सम्पूर्ण सिक्रिट भनेर नाङ्गिनू भन्ने छ र?भन्छन् लोग्नी स्वास्नीबीचमा पनि केही गोप्य हुनुपर्छ।सो हामी त जस्ट फ्रेन्ड नट इभन वाइफ अर हस्बेन्ड!"
"उत्तम बोल्यो भने वार पार हुनेगरी बोल्छ भन्थे कोही कोही,आज ल्याब टेस्ट नै भयो।सरी!तपाइले भनेको पनि सही हो।"
"सरी त भनिहाल्नुपर्ने थिएन।दिलु म रिसाको चै हैन है अनि तपाइलाइ हर्ट गर्ने उदेश्य पनि हैन।मैले त आफ्नो बिचार राखेको हो तपाइ त्यस मै पनि डिबेट गर्नसक्नुहुन्थ्यो।"
"हेइ कति किचकिच बोल्या!सिक्रेट छ पढ्दिन भन्दा भैगो त।तातो न छारो के बकबक गरेको दिलु?"समिक्षाले दिलुलाइ रुष्ट बोलेर मलाइ प्रहार गरी।
"समिक्षा,दिलु,उत्तम यो कुनै बकबक होइन ...साथीमा हुनुपर्ने नै यै हो।...अँ दिलु अघि हामीलाइ किन खोजेको रे!"
"समिक्षालाइ सोध्नु न।"
"उँ ..अहिले होस,पछी भन्छु र अहिले बिगतमा डुबिसिँदै छ।"
मलाइ पत्र पढ्न हतारथ्यो,खासै फोर्स गरिनँ।छुट्न बिदा हुँदा नै मैले खुल्ला भनेँ की मलाइ चिठ्ठि पढ्न हतार छ।मलाइ लाग्छ साथी भनेकै यै हो।कोठामा पुगेर युनिफर्म नै चेन्ज नगरी पढ्न थालेँ।एक मनमा अति खुशी लाग्यो,यतिका दिनमा पनि बिर्सेकी रैनछे।
पत्र पढ्न थाले।माथी त जिस्केर लेखेकी रैछे र अघि श्वेता भन्ने जानेपछी छोडेको ठाउँबाट पुनःसुरु गरेँ।
चिनिस्?चिनिनस्?उम् चिनिनँ भनिस भने त ठ्याम्म दिन्छु नी!सबैको लागी डाक्टर साएब भएर नमस्ते थाप्दोहोस तर मेरो लागि त तँ हिजोकै आदित्ये होस।त्यही काले सुन्ठी हावाको भिक्टीम आदित्ये होस्।तलाइ मैले नमस्कार??अँ तर तँ अफिसमा डाक्टर भएर बसेको रैछस भने नमस्कार गरिदिउँला,तँलाइ होइन कुर्सीलाइ।फेरी त्यो कोठाबाट बाहिर आउँने बित्तिकै त .......
हेइ यस्तै कुरा मात्र कति गर्नु!काले तैँले मलाइ कतिचोटी फोन गरिस् काठमान्डु गएपछि?हुन त तँ त्यस्तो फोन गर्ने मान्छे त कहाँ हो र!कान्छा तँलाइ थाहा छदैछ नि एस एल सी पछी हामी सँगै हुन सकेनौँ।तँ त्यतै झापामा अनि म बिराटनगर।एस एल सी सँगै भएको हाम्रो माइग्रेसनले सँगै पढ्ने मौका नै मिलेन तर जति पढ्यौँ ती पल रमाइला लाग्छन्।प्यारो साथी भानु कुनै रोगबिना मरेको सम्झना आउँदा नमिठो लाग्छ अनि सम्झिन्छु मान्छे मर्न केही हुनु पर्दोरहेछ र?कुनै बेला दुखेको घटनाले आज कोही डाक्टर हुँदैछ,त्यसबेला जस्तो लागे पनि आज गर्व लाग्छ।
सरी यार यत्रो टायम सम्पर्कबिहिन रहेँ।मोबाइल हरा'र तेरो नम्बरसँगै गयो।त्यस्तो वास्ता गरेको थिन नम्बर।तैपनि अलि सम्झिदा त हुन्थ्यो होला।मैले मोबाइल नै किनिनँ र डेडीको मोबाइलबाट गर्न मन लागेन।फेरी अवस्था नाजुक पनि भयो।सरी यार तैले कति ट्राइ गरिस होला तर फोन लागेन होला।
खैर,अँ अनि तेरो खबर के छ?भन न।कुनै समस्या छैन नी ढाड दुख्ने?(किड्नी समस्यामा ढाड दुख्छ,यही सोधेकी हुनसक्छ।)मलाइ थाहा छ की मेरो प्रश्नको उत्तर सँगै तँ यही प्रश्न फर्काउँछस् मलाइ।त्यो चिठ्ठि आउँछ की आउँदैन अनि म पाउँछु की नाइ,कुनै ग्यारेन्टी छैन।म बाँचेको छु अहिलेसम्म।
B Sc nursing भन्नको लागी मात्र भो।परीक्षा आउँदैछ तर .....!
हुन त क्लासमा सुनेकै भरमा पनि पास हुँदी हो।तँलाइ त्यस्तो रोमान्टिक मान्छे किन यस्तो कुरा गर्छे भनेर लाग्यो होला।म यस्तै कुरा गर्ने भा'छु आजकल।तेरो हिजोको अवस्था देखेर मलाइ यो कुरा भन्न आजपनि मलाइ डर लाग्छ।तर मान्छे चिर्ने मान्छे भएको तँ,पक्कै हिजोको कच्चा दिमागमा बाँचेको छैनस भन्ने लाग्यो।भोलीको गुनासो मेट्न खोजेको मात्र हो।
तैले सबै पढेको छस मैले ब्याख्या नै गर्नुपर्दैन।म ब्लड क्यानसरको सिकार भएको दुइ चार महिना भयो।शरीरमा रगत बन्दैन र समय समयमा ब्लड चेन्ज गर्नुपर्छ भन्ने तँलाइ मैले भन्नु पर्दैन।ब्लड चेन्ज गरेर आ'को दिन पुरै फ्रेस हुन्छु क्रमश शिथिल हुन्छु।प्लिज आदु,यसले तेरो नियमित काममा असर गर्नेछैन।यदि त्यसो भो भने मलाइ जतिसुकै पूजा गरेपनि मेरो मन प्रसन्न हुनेछैन।मान्छेलाइ मर्न कुनै कारण चाहिन्न तर मैले कम्तिमा बाहाना त पा'को छु।भोली तँ पनि मर्छस र म पनि मर्छु,केवल ढिलो चाँडो मात्र हो।मान्छे जन्मेकै दिन मरेको हुन्छ तर हामी मृत्युमा रुन्छौ।त्यो रोएर न मुर्दा उठ्छ न त फाइदा नै छ।रुदा माया धेरै हुने अनि नरुदा माया नै नलाग्ने होइन।मान्छे जन्मदै मर्ने गरेको बाचा बिर्सन्छ र अर्थहीन आफुलाइ पखाल्छ।म पनि अरु कुनै अजीव प्राणी होइन,उही मान्छे हुँ र थाहै नपाइ उही मान्छेमा मिसिन्छु।तँलाइ मैले ढाँट्नुको तुक छैन।क्यान्सर लागेपछी मृत्यु ग्यारेन्टी छ अनि उपचार छैन।उसो त मृत्यु अरुको पनि निश्चित छ,ढिलो मात्र हो।यो पिडापूर्ण जीवन र त्यो जीवनमा फरक यति मात्र छ,बाँकी सबको हैसियत खरानी हुँदै खोलामा बग्छ,चाहे दरबारमा बस्ने हुन वा आकाश छानो लाउनेहरु हुन्।खैर.... छाडौ यो कुरा।आदु यो पत्र कहिले पुग्छ थाहा छैन।र म कहाँ हुन्छु थाहा छैन।यो बेला म यो चिठी कति गाह्रो गरी लेख्दैछु तँ कल्पना गर्दैहोला।म अलि सम्हालिए पनि यो बेला तेरो आँखामा आएका आँसु र भावनाको अड्कल गर्न सक्छु म।हिजो तँ भन्ने गर्थिस मेरो साथी नर्स हुनेछे र म उसैसँग आफ्नु पिडा पोख्दै हस्पिटलको बेडमा निरीह पीडा पोख्छु तर सबै उल्टो भयो।तँ मेरो साथीले नर्स युनिफम लाएर काम गरेको देखेको दिन आफ्नो जीवनका खुशीका दिनहरुमा एक हुन्छ भन्थिस तर .....आइ एम सो सरी आदु,मैले तँलाइ खुशी पार्न सकिन।साँच्चै तँ मलाइ कति धेरै माया गर्छस है।म अभागी रैछु,तँ सँग बस्नेदिन क्रमश थोरै हुँदैछ।तँ पनि अभागी,तेरो अति मिल्ने साथीलाइ गुमाइस र म पनि लगभग ....
अँ यो पत्र लेख्ने उदेश्य यति हो।यदि तेरो र मेरो भेट भएनछ भने पनि कुनै गुनासो नहोस म सँग भनेर मात्र हो।उसो त अरु कसैलाइ था छैन।यतिसम्म कि डेडी ममी मलाइ पनि थाहा नहोस भनेर अरु नै बाहाना गर्नुहुन्छ।बिचरा मर्नुभन्दा केही मिनेट अघिसम्म पनि अनुहार दुखी नहोस चाहनुन्थ्यो।तर रिपोर्ट हेरेर था भै हाल्यो।मलाइ लाग्छ यो नर्सिङ पढ्नुको एउटै फाइदा वा बेफाइदा भो।आफुले आफैलाइ दुःख दिन।नपढेको भए जति सजिलो मृत्यु पर्खन्थे त्यो सहज छैन।........आदु यत्रो बर्ष भेट नभको गफ सकिने छाँट छैन।अल्छी लाग्यो ???ल अब टुङ्ग्याउछु अब थोरै पढ ल?अँ हेर न,म मर्दैछु थाहा छ।मेरो सानो गुनासो पोखेर हल्का हुन्छु।अब यसको कुनै औचित्य छैन।तथापी खाली भएर मर्न मन लागेको छ।
तँलाइ म सारै मन पराउँछु।आइ मिन मैले आफ्नो प्रेमीमा हुने गुण देख्छु।हिजो स्कुलदेखि नै मन पराउँथे।कतै इनफ्याचुएसन हो कि शंकामा परेँ तर होइन रैछ।तँ मिल्ने साथीलाइ प्रस्ताब राख्न सकिनँ किनकी नेगेटिभ पो सोचेर भएको मिल्नेसाथीको सम्बन्ध पो बिग्रन्छ की भनेर डर लाग्यो।अनि सोचे हामी प्राय सँगै हुन्छौँ र गफमा पनि खुल्लापन छ जति प्रेमीप्रेमीका बीचमा हुन्छ।मात्र नाम त बाँकी हो नी।तर भानुले परीक्षापछी कुरा गर्ने बचन दिएको थियो।ऊ परीक्षा अघि नै गयो र त्यसपछीको तेरो अवस्था...कहिल्यै सकिनँ।यतिखेर तँ बोल्न खोज्दै छस तर को सँग बोल्ने?पत्रमा एकोहोरो बोल्न पाइने,यै मज्जा!
आदु मेरो मनको कुरा पोखेँ।तैले स्वीकार गरिस् र आवेगमा आएर बिहे गर्ने निर्णय गरिस भने पनि म तँलाइ स्वास्नी बियोगमा रुवाउँन चाहान्न।मलाइ थाहा छ तँ त्यतिसम्म जाँदैनस।नभनेर नै प्रेम गर्नु अर्कै मज्जा हुँदो रैछ।आदु,तेरो र मेरो जिन्दगी सँगै नबित्ने भएपछी मैले अब तँलाइ यो सबै कुरा नभनेको भए पनि हुन्थ्यो।तर कलेज पढ्दा कयौँ प्रस्ताव अस्वीकार गरेर तँलाइ भित्र मनमा स्वीकार गरेर राखेको थिएँ।मेरो मनमा भएको अनुराग र तँ प्रतिको भावना,छातीमाथीको एक मुठ्ठी चामलसँगै खरानी पार्न मन लागेन।मलाइ पो रोग लागेको हो तर मेरो प्रेमलाइ रोग लागेको होइन नी!भोली भोली भन्दै यो दिनसम्म आयो।तँ उता डाक्टर र म यता B SC नर्स पढ्दा प्रेमको कुराले सपना टोड्छ लागेर मनको एक कुनामा ससम्मान राखेँ।यो सोचेर की जतिसुकै टारे पनि प्रेम पढाइ बिपरीत उभिन्छ।जब नजिक आयो मन खोल्ने दिन,ब्लड क्यान्सरले जबर्जस्ती प्रेम लाद्यो।हेर न क्या नाटक जस्तो छ है?क्या कथोकल्पिक कथा भनेँ जस्तो लाग्यो हैन?
अँ ...लाग्छ जीवन पनि नाटक होला र त त्यो महसुस हुन्छ।उसो त नाटक पनि त कसैको जीवन हो।मान्छेले देखेको सुनेको र भोगेको कुरा लेख्छ नाटक कथामा।अँ फेरी कुरा लम्बिएछ।यो नै कतै अन्तिम भेट हैन भनेर दोधार भएर पनि हो।डाक्टर नर्सलाइ भगवान भन्छन् बिरामीहरु,खोइ डाक्टर नर्सको भगवान जसले बिजेको काँडा निकालदेओस।सीमान्त कुराहरु ....
आदु यति चिठ्ठी एक बसाइमा लेखेको होइन।दिनदिनै अलि अलि लेखेर केही दिनमा लेखे।मैले लेख्ने सबै कुरा लेखिदिनेले लेख्न सक्दैनथ्यो।अब बिदा हुन्छु ...ए ए मुख्य कुरो झन्डै छुटेको!आदु चिठ्ठिसँगै फोटो पनि पठाको छु जसमा तँ र म छौ।मैले कलेजमा यही फोटो देखाएर मेरो प्रेमी भनेर प्रेम प्रस्ताब राख्नेहरुको जिद्दिबाट उम्केको थिएँ।यो फोटोको सम्मान गर्न तैले मात्र सक्छस्।भोली म मरेपछी यी फोटा दराजको एक कुनामा फ्याक्छन र बर्षौवर्ष लाएर धुलियाले हामीलाई सक्छ।किनकी छोरीको स्मरणका लागी एउटा फोटोलाइ फ्रेम गरेर भित्तामा झुन्ड्याए पछी बाँकीको अस्तित्व सकिन्छ।तँसँग यी फोटाले उच्च स्थान पाउँछन।
आदु
मैले यत्रो कुरा भनिरहँदा...
No comments:
Post a Comment