Pages

23 October 2012

ऐतिहासिक फोटो (भाग-छ)-दिवाकर स्वप्नील

म ओछ्यानमा निरीह पल्टेको तस्विर दिमागमा आएको होला?म त्यति साह्रो भएको त छैन तर भोली के हुन्छ के थाहा?

ल बाइ आदु।
तेरो सा.. आज फस्ट एण्ड लास्ट नै सही ..प्रेमीका भन्ने अनुमति माग्छू।
उही तेरी धेरै माया गर्ने
प्रेमिका श्वेतु!!
चिठ्ठी पढिसक्दा आँखामा खोला बग्दैथ्यो।ऊ रोएको ठाउँमा सँगै रोएँ अनि ऊ हाँसेको ठाउँमा पनि रोएँ चिठ्ठिभरी।किनकि हाँसोभित्र रोदन थियो। मात्र रुन्चे हाँसो!मेरो प्रिय कुरा किन खोस्छ भगवान?किन डाह गर्छ मेरो खुशीमा?
श्वेता तँ अनि म दुवैलाइ थाहा छ ब्लड क्यान्सर बारेमा... तँलाइ ब्लड क्यान्सर?उफ् जिन्दगीमा नसोचेको!हुन त कसैले कुनै रोग सोचेको हुँदैन।ढोका बन्द गरेँ।काठमान्डुमा प्राय कोही ढोका खुल्ला राख्दैन।चिठ्ठीमा मन भएकाले बन्द गर्न बिर्सेको थिएँ।खाटमा थचक्क बसेँ।त्यो बिशाल ब्रमाण्ड करिब उल्टिन आँटेको थियो।आज मेरो कोठामा दाउरा बलेन।दाउरा के भन्नु,सुरुमा स्टोभ बाल्थे पछी घरधनीले रोक लाएपछी ग्याँस बाल्थेँ।सम्झी सम्झी श्वेतालाइ सम्झीरहेँ।यो फोटोको पनि त उस्तै मिठो कथा छ।स्कुलमा पढ्दा तँलाइ मैले कति दु ख दिएँ है?म डिप्रेश हुँदा मलाइ हर उपाय लाउँदै सँगै थिइस तर आज तँ डिप्रेस हुँदा म छैन।....निद्रा नै लागेन रातभरी।झ्याल नजिक गएर बाहिर टोलाएँ।सधै बन्द हुने झ्यालले अहिले आङ तान्ने मौका पायो।चोरीको अति डर हुन्थ्यो।मरुभूमीको छातीमा कंक्रिट फलाएर सहर हाँस्दैथ्यो तर म ...?म यहाँ रोएर तँ ठीक हुने भए म रोएर बर्षहरु गुजार्थेँ तर....
हो डल्ली(माया गरेर हामी दुइमा चल्ने नाम)तँ प्रति मेरो पनि उस्तै प्रेम थियो।उसो त हामीलाइ त्यत्तिकै पनि एकअर्काको माया लाग्थ्यो।तँ प्राय मेरो नजिक हुन नै चाहन्थिस र मलाइ पनि तँ सँग बोल्ने तृष्णा कहिल्यै मेटिएन।मलाइ तँ सँगैमात्र बोल्नु जस्तो लाग्थ्यो।सायद त्यो बेला ममा पनि प्रेमको अङ्कुरण भएको थियो।तैले सोचे जस्तै थियो मेरो मनमा पनि।कतै मित्रतामा आँच आँउछ की भन्ने डरले बाहिर आएन मनमै लुक्यो।कलेजमा कुनै केटीले प्रस्ताव राखेनन् र मैले पनि कसैलाइ प्रेम प्रसाद बाँडिन।मेरो नजरमा तँ बराबर कसैलाइ देखिनँ।तैँले र मैले पढिसकेपछी बहसको समय बल्ल आउँदैथ्यो तर त्यो भगवानलाइ डाह लाग्यो तँ मेरो समीपमा देख्न।म एकोहोरो मनमा बोली रहेँ।मलाइ थाहा छैन तँलाइ म प्रेमिका ठान्थे वा नाइ,तर आफ्नै वस्तु जस्तो,आफ्नै आफ्नै इत्यादी लाग्थ्यो।सम्झिन्छु मैले किन अरुलाइ प्रेमिका देखिनँ?आज तैँले बुझाइस तर निकै ढिलो!केहि समय अघि हुँदो हो त,हामी प्रेमी प्रेमिकाको रुपमा परिभाषित गर्नेथियौँ।
खैर,प्रेमको नौलो अनुभूति!भ्रुण मै हत्या .. आज सम्झिएँ प्रेमका बारेमा भनिएका आदर्शहरु!प्रेम पाउनु मात्र हैन,त्याग पनि हो।जति टाढा भो उति माया गाडा हुन्छ!
वास्तवमै म टाडाथिएँ तर झन अनुराग बढ्दै थियो।अनि म प्रेम गर्थेँ र निकट दिनमा गुमाउने मानसिकता पनि बनाउँदैथेँ।पुनः एकचोटी फोटोमा हेरेँ।हासेकी थिइ र कति मर्यादित थियो फोटो।न कसैको हात कसैको काँधमा थियो।कठै कति बिचरा हामी!न प्रेमीप्रेमीकाको हैसियतमा एक अंगालोभरी अटायौ!उफ् यस्तो पनि प्रेम ?..उसको चिठ्ठीमा तल माथी दायाँबायाँ कतै खाली ठाउ थिएन।फोटोको पछाडी फोन नं.लेखेको थियो।मान्छेको संवेगले फरक पार्छ सायद!म साह्रै बिचलित भएँ।तत्कालै फोन गरेँ तर रातको समय सम्पर्क भएन।बिहान रिडायल गरेँ।सरी द नम्बर क्यानट बी कनेक्टेड!पुनः डायल गरेँ उही जवाफ।अचम्ममा परेँ कतै मरै मोबाइल बिग्रेको होइन?चेक गर्न कै निम्ति घर फोन गरेँ।रातभरी ननिदाएको मान्छे म,आमाले शंका गरिहाल्नु भो र सोध्नु भो "तँलाइ के भएको छ बाबु ,बोली त अर्कै सुनिन्छ त?"आमाको यो प्रश्नलाइ मैले सहजै सामान्य भएको जवाफ फर्काएँ।तापनि रुघा लागेको,स्वर भासिएको छ की शंका गर्नुभयो।मैले कुरा टुङ्ग्याउनै भएपनि हल्कारुघाखोकी छ भनेर टारेँ।रातको अनिदोले स्वर धोत्रो भएको हुनसक्छ।घरायसी र सन्चबिसन्चको कुरा भयो।श्वेता मसँग धेरैचोटी आएको कारणले आमा उसलाइ चिन्नुहुन्थ्यो।राम्रो सामिप्यता थियो। यतिसम्म की कहिलेकाहीँ त दुइ जना मिलेर मलाइ जिस्काउँथे।मैले आफु अन्जान भएर श्वेताहरुको बारेमा सोधेँ।गाउँमा कतै केही सुन्नुभएको छ की जिज्ञासा राखेँ।आमा अन्जान भन्नुभयो।आमा भन्दैहुनुन्थ्यो, "खै बसाइ सर्ने भनेर बिदा मागे देखि मेरो भेटभ'को छैन । केही महिना अघि गाउँका साथीहरु सबैलाइ भेटेर फर्किइ रे।आफु त दुखिया मान्छे पारी खेतमा ग'की थिएँ भेट नै भएन!" आमालाइ अझै अरु सोधे था छैन भन्नुभयो।मेरो उदेश्य उसको रोगबारे गाउँ सुचित भए नभएको बुझ्नुथियो, सकियो।
हो रहेछ उसले भनेको की कुनै साथीलाइ पनि भनेको छैन र मलाइ मात्र भनेको हो।उसले गोप्य राखेको,मैले पनि गोप्य नै राखिदिएँ। आमालाइ त्यो सुनाइनँ। आमाको कुरा सुन्दा लाग्थ्यो उसले मृत्यूलाइ आत्मसात गरिसकेकी छे र अन्तिम बिदाइ माग्दैछे।आमासँग फोन राखेर पुन अघि कै नम्बर थिचे,उत्तर पनि अघि कै!एकचोटी सम्झीएँ,ब्लड क्यान्सरलाइ जितेको पनि केही मान्छे छन्।हाल एड्स र ब्लड क्यान्सरसँगै भएको मान्छेले आफु एड्स र ब्लड क्यान्सर मुक्त भएको घोषणा गरेको छ।यो सबै बोन म्यारो र ब्लड पुरै चेन्ज गरेपछी भएको हो।तर अनुसन्धान जारी नै छ।
हामी यो सबै कुराबाट टाढा छौ।बिदेशको अत्याधुनिक प्रबिधिले चमत्कार गर्छ,हाम्रो केवल चित्कार छ।आज मेरी प्यारी,आमापछिको धेरै माया गर्ने श्वेता मृत्युका दिन गन्दै बेडमा पल्टेकी छ।कम्तिमा बोली सुन्न र माया गर्थे र गर्छु भन्ने शब्दहरुले खुशी पार्न सकिरहेको छुइन।मान्छे जीवनभर हाँसो खोजिरहन्छ र मर्नेबेलामा पनि मुख हाँसो होस भन्छ।अन्योल रहेको उसको मन,मेरो उद्गारले मुहारमा आभा चम्किन्थ्यो।त्यो पनि ...
हाम्रो प्रेम टाढा भएरै चुलियो।उसो त हाम्रो 11 र 12 पढ्दा त फोन प्रशस्तै हुन्थ्यो।भलै मुखबाट आइ लभ यु निस्किएन।तर गफ कति मिठास थियो!नभनेरै मन पराऊनु हाम्रो प्रेम सालिन थियो।
कतै आफ्नो लक्ष्य नपुग्दै ब्यक्तले बाधा पो पुग्थ्यो की?तर खोइ ऊ आफ्नो लक्ष्यमा पुगी?तर मेरो उदेश्य तय गरेर आफु हार्दै थिइ।कसैले मलाइ मेरो लक्ष्य सोध्दा अलमल्ल पर्ने मलाइ उसैले त हो डाक्टरको बाटो लगाउने।म एक्लै मनभरी बोली रहे र आँसु पनि थामिएन।आज कोठाको र्‌याक र किताबहरु मेरा लागी सजीब हुँदै थिए अनि म तिनैलाइ साक्षी राखेर श्वेता निम्ति साँचेर राखेको आँसु फिर्ता गर्दैथिएँ।आज मलाइ घर छेउकै एक आमैले भनेको कुरा याद आयो उनी भन्थिन् "जीवनमा सुख चाहान्छौ भने छोरालाइ कैले धेरै नपढाउनु,नाम लेख्न र साधारण हिसाब गरे पुग्छ।धेरै पढ्नेहरु घर छोडेर हिनिहाल्छन अन्तिममा बुढाबुढी एक्लै!"त्यस्तै पढाइले सब गौण भए।यदि फेल हुँदो हो त जतिखेरै प्रेमको पुजा गरि बस्थे।मोबाइळको अलार्म बज्यो।मेबाइलमा अटो अलार्म थियो।उक्त समयमा दीनहुँ बज्थ्यो।रातभरी अनिदो म,के चाहिन्थ्यो!कलेज युनिफर्म लाएँ र ढोकामा चाबी पनि लाएँ। घरबेटीबा त्यही आएर भनेँ "भाइ आज रातभरी बत्ती बलेको जस्तो लाग्थ्यो नि?"
"अँ हो बलेको थियो।"
"हैन यस्तो त गर्नुभएन नी"
"हैन रातभरी त बालिदैन,आज त्यस्तै भएर मात्र हो।"
"भाइ,आज मात्रै हो या सधै मलाइ था छैन तर अस्ति एकपल्ट पनि भेटेकै हो।सधैँ सबैका कोठामा चियाउँदै हिड्ने कुरो भएन साथै निद्राको के ठेगान,बिहानसम्म लागीराख्न पनि सक्छ।सँधै म उठेको हुन।उठ्दा भेटेपछी मैले के मान्ने?भाइ यसो नर्ग त भएन नी,फुपुको सराद गरे जस्तो।नत्र ...।"
घरबेटीको कुराले मेरो मथिङ्गल तात्यो। उनको कुरा नसकिदै म बोले -"बत्ती सित्तैमा बालेको छु र?नानाभाती के कुरा गर्नु भको?नत्र रे,के नत्र भन्नुभको?"
मेरो कुरा दुखले सकिदा नसकिदै घरबेटी रातोरातो मुख पार्दै कस्सिए"हैन तिमीले के सोच्छौ,दुइ पैसा तिरेर जति पनि युज गर्न सक्छौ?यो भन्दा पहिले नै पनि अन्तिम टायम बाह्र सर्त गरेको हैन? नत्र के भन्नु र पैसा बढाउने भन्या हो।ए भाइ बढी न कराउ तिमी जस्ता केटा कति आए आए।रातभरी बत्ती बाल्ने केटा पनि कति आए आए।त्यसैले तिमी जस्ता कामबासनामा लिप्त पनि धेरै भोगेको छु।केही नपाएर अस्लील चित्र हेरेको देखेको छु र तिमी जस्ता उरनठेउला केटाले केटीलाइ ल्याएर रातभरी कोठामा राख्नेहरु पनि कति आए।"
थुक्क घरको मालिक भइटोपलेको कुकुर! कति सजिलै तँ आफ्नो पैसाले अर्काको चरित्र हत्या गर्न सक्छस है?आफ्नो करिकुलमको किताब सक्न गारो छ अरु के केके?
सामन्ती प्रवृति कहाँ लुक्छ र?यो घर कसरी बन्यो था छ,फुइ न लाए हुन्छ।एक नेताले आफ्नो खातामा मात्र लुकाउन नसकेर हाम्रो केही पसिना यहाँ पोखेर फलेको घर हो था छ।कसैको चरित्र हत्या गर्ने अधिकार छैन।आफु सम्मान चाहानुहुन्छ भने अर्कालाइ पनि सम्मान गर्नुपर्छ।भन्न मन लागेको थियो।तर तर्क गर्न मुड थिएन।"तपाइलाइ बिजुलीको पैसा तिरे अनुसार बत्ति बालेको छ र?लोडसेडिङले असुल गर्न दिएन दाइ।तपाइले दुइ पैसा धेर लिएर के हुन्छ र?यस्तै अर्को घर फल्ला यो मरुभूमिमा तर मर्दा साथैमा घर जादैन।हेर्नोस दाइ तपाइलाइ म सम्मान गर्छु यो कारणले होइन की भावना उच्च वा यावत् कुरा।मात्र जेष्ठता र आफु केही समय शीर लुकाउने स्वार्थले।तर दाइ तँपाइलाइ मेरो रिक्वोस्ट,कुनै चीजको मूल्याङ्कन आवरणले मात्र नगरिदिनुहोला।तँपाइको अरु केटा र म भिन्न छौँ।अरुले अस्लील फोटो र किताब किन हेर्थे मलाइ था भएन।तर मेरो चै पढाइ नै त्यही हो जसका चित्र तँपाइ अस्लील भन्नुहुन्छ।हामी मान्छेको बाहिरी रुप भन्दा भित्री रुप पढ्छौ।होला कुनैदिन तपाइका आँखा ती किताबमा परे।सेतो कपडामा छिटो दाग लाग्छ।"
यति मात्र भनेँ।चाबी चेक गरेर कलेज हिडे उनका बाँकी कुरामा ध्यान राखिनँ।धेरै कुरा मनमा आएका थिए तर ब्यक्त गर्न उचित लागेन।भरे यही घरमा ओत लाग्नु थियो।
मान्छे नै मान्छेको भिँडमा उल्टो सुल्टो अनेक कुरा खेल्दाखेल्दै कलेज पुगेँ।अब म बिक्षिप्त देखिनँ चाहिनँ।नर्मल हुने कोसिस गरेँ।
"गुड मर्निङ आदित्य"
"गुड मर्निङ उत्तम"
उत्तमको प्रतिउत्तर पनि नर्मल भएर दिएँ तर वास्तवमा भित्रभित्र पिडा चुकुर्सी मार्दैथियो।पत्रका शब्दहरु ताण्डव नृत्य गर्दैथे मस्तिष्कमा।आज म नर्मल हुनकै निम्ति सबै सँग बोल्दैथिएँ।सामान्यतया ती मित्रहरुसँग कम बोलिन्थ्यो।

"योर फेस सो डिम टुडे?के भयो आदित्य जी?कि लेटर..."
"हो र दिलु ?मलाइ त केही भएको छैन त!"
"मस्ट बी सम मेटर"
"या सम मेटर अलवेज होभर अराण्ड मी बट द्‌याट मे नट मेक मी पेल!"
"ओके ओके।केही न केही त पक्का छ जसले अनुहार यस्तो बनायो भन्न चाहानुभएन।उम् हुनसक्छ रातभरी पढेर सुत्नु भएन।"
"ठीक,त्यसो चै हुनसक्छ आज निद्रा त्यति परेको थिएन"
त्यहाँ भनेर पनि केही हुन्नथ्यो र मन लागेन।दिलुलाइ जवाफ दिदैगर्दा उत्तमले ठट्यौलो पाराले सोध्यो "आदित्य निद्रा चिठ्ठी पढेर नलागेको हो?"
"चिठ्ठी पढिनँ भन्दा पत्याउँदैनौ होला?उम् चिठ्ठि पढ्दा त त्यस्तो नहुनु पर्ने हो।हुन पनिसक्छ,मे बी!....ओए साँची समिक्षा जी को आज मंगलबारको मौन ब्रत छ हो?"
"हैन हैन ।हजुरहरुको गफ सुनी रा'नी।"
मैले साथीलाइ टारेपनि आफुलाइ टार्न सकिनँ।समिक्षा हिजो जस्तो थिइनन् आज।अति कम बोलिन्।मेरो आँखामा अनिदोले बिरामी जस्तो देखिएको रैछ र जिज्ञासा राखे तर समिक्षाको त्यस्तो थिएन।अलि धेरै बोल्ने कम बोलेको देख्दा केही कारण हुने लागेपनि म आफ्नै दुनियाँमा थिएँ र केही सोध्न मन लागेन अनि सोधिनँ पनि।त्यो दिनको परिबेश यस्तै भयो।मुलतः क्लासमा तेती ध्यान दिन सकिनँ।भोलिपल्ट म कलेज गइन।बेलुका उत्तमले फोन गर्यो।ऊ भन्दैथियो अब त इमपोर्टेन दिन हो यार।एकदिन छुट्दा पनि धेरै छुट्छ।तिमीले नभनेपनि तिमी डिस्टर्व छौ भन्ने मैले बुझेको छु।त्यो बुझ्न तिम्रो हिजोको उदासिनता काफी थियो बिकोज दुख लुकाएर हाँस्न खोज्दा अस्वभाविक देखिन्छ।तिम्रो आफ्नै ब्यक्तिगत कुरा हो,भन्नैपर्छ भन्ने छैन।तर मेरो साथीको हैसियतले एक रिक्वोष्ट छ प्लिज हेन्डल इट र कलेज आउ नत्र यसरी फ्रस्टेट भयौ भने यत्रो बर्षको लगानी माटो भएर जान्छ।
उसले एकोहोरो फोनमा बोलेर सम्झायो।एकदम ठीक भन्दैथियो र म फ्रस्टेट हुँदाको परिणाम देखायो।मैले हुन्छ भोली आउँछु भनेँ।श्वेताले आफ्नै साथीलाइ समेत नभनेको कुरा मैले मेरो साथीलाइ भन्नुपर्छ लागेन।उसको भावना बिपरीत जाने म कस्तो प्रेमी?कम से कम सास रहुन्जेल अप्रत्यक्ष प्रेमी हुन मन लाग्यो।महसुस गर्दैछु कि प्रेमी

No comments: