Pages

23 October 2012

ऐतिहासिक फोटो(भाग-सात)-दिवाकर स्वप्नील

हुन मन लाग्यो।महसुस गर्दैछु कि प्रेमी प्रेमिका हुन प्रत्यक्ष अगाडी पर्ने रैनछ।ओठ चुसेर स्पर्श गर्ने प्रेम भन्दा हाम्रो प्रेम स्वच्छ र निर्कलङ्क थियो।कसैले कसैलाइ बिटुलो पारेन।सोच्छु हामी प्रेमी प्रेमिका के का लागी,यौनेच्छा पूरा गर्ने कुरा त छदैछैन।उनी प्रति मेरो प्रेम भन्नको लागी प्रेम थिएन।आफ्नो पहिलो प्रेमलाइ प्रेम पनि गरिरहेको थिएँ।खैर,उत्तमलाइ कलेज आउँछु भन्दैमा म फ्रस्टेसन मुक्त भएँ र?
एकछिन पछी दिलुको फोन आयो।कलेज नग'को स्पष्टिकरण माग्न हुनुपर्छ।तर मलाइ बोल्न मन थिएन।फोन रिसिभ गरिनँ।बरु रिङ सकिने बित्तिकै स्वीच अफ गरेँ।राती अबेर मात्र अन गरेँ किनकी बिहान अलार्म चाहिन्थ्यो।अन गर्नसाथ पाँचओटा एस एम एस भटटट आयो।खुशी लाग्यो म एकदिन कलेज नजाँदा पनि केयर गर्ने यत्रा रैछन्।दिलुले पनि छुटेकै कुरा गरिन् ।समिक्षाका कुनै मेसेज पूर्ण थिएन।धेरै लामो भएर हुनसक्छ ,प्रत्येकमा सम टेक्स्ट मिसिङ लेखेको थियो।पूरै अर्थिने गरी पढ्न पाइनँ।दिलुले हामीसँग बोल्नै नहुने भएछ अब भनेर लेखेकी थिइ।
मनमनै भनेँ बोल्न नहुने होइन तर ऐले चै बोल्न मन नलागेको पक्का हो,तिमीहरु मात्र हैन कोही सँग पनि।मनको उत्तर मनैलाइ थियो।समिक्षाले अर्को एउटा लाइनमा पैसासँग तुलना गरे झै लाग्यो र झनक्क दिमाग तात्यो तर वाक्य पुरा थिएन र यसै हो भनेर पूर्ण अर्थ लाउन सकिनँ।धनी बाउकी छोरीहरुलाइ त पैसाको तुजुक देखाउन कुनै आइतबार पर्खनू पर्दैन।तथापी उनको त्यो MONEY शब्द कुन सन्दर्भमा आयो र त्यसले मेरो स्वभिमानको धज्जी उडायो वा नाइ अपूर्णताले गर्दा अर्थ्याउँन सकिन।

कलेज पुग्दा मलाइ आँखा ठूलो पारेर हेर्दैथिए।मैले चार्ज सकिएर स्वीच अफ भ'को,सरी यार भनेर बास्तविकता छोपे।छुटेको भनेको प्राक्टिकल हो।त्यो आज र भोलि थियो अनि केही थेवरी पछी पन्ध्र दिनपछी थियो।दुइ दिनको प्राक्टिकल राम्रै भयो।मैले आफ्नो अवसरले भनौँ या बिरामीको दुर्भाग्यले,एउटा मर्नलाइ अन्तिम सास लिइरहेका बुढो मान्छे माथि घोडा चढेर C.P.R. गरेँ।(पेट तथा छातितिर घ्याचघ्याच थिचेँ)।आखिर मरेर नै गए।यो भन्दा केही समय अघि मैले यसरी नै बचाएको थिएँ।आज कठै आरामले मर्नसम्म पाएनन्।कहिलेकाही त सोच्छु यो डाक्टर साह्रै पापी हुन्छ कसैलाइ आनन्दले मर्न सम्म दिन्नन्।तर पहिलो क्लासमा नै दायाँ हातको हत्केला बलिरहेको दीप तिर फर्काइ बायाँ हात छातीमा राखेर,"म आदित्य,डाक्टरको कर्तब्यबाट कहिले पनि बिचल्ली नभइ दिनरात नभनी आफ्नो बिरामीप्रति गर्नुपर्ने कुनै कर्तब्यबाट पछी हट्ने छैन"भनेर कसम खाएको छु।त्यसैले डाक्टरको धर्म भनेकै जसरी हुन्छ मान्छे बचाउने हो।पेट थिचेर बचाउने पनि एउटा थ्यारापी/थेरापी हो।सर्वसाधारणले पाप देख्ने कुरा डाक्टरको धर्म बन्छ।

कलेज अफिसमा गएर हाम्रो डिपार्ट प्रमुखलाइ सबै कुरा भनेँ र केही दिन बिदा बारेमा छलफल गरेँ।प्रमुख भन्दैथे"सो स्याड!तपाइको आफ्नो मान्छे (मैले आफन्त बिरामी छ भनेको थिएँ) को पिडा!तर हेर्नोस हुन त यो तुरुन्तै डिसकस गर्ने टायम थिएन तर कलेज घरिघरि बन्द हुने भएकाले पर्सिदेखि पुनःअर्को च्याप्टर छलफल गर्छौ।तपाइ एक जनाको लागी सम्पूर्ण कार्यक्रम सार्न सकिन्न।आदित्य तपाइलाइ थाहा छ त्यो रोगबारे र त्यहाँ गएर पनि आसुमा आसु मिलाउनु बाहेक बिकल्प छैन।यो लटको प्राक्टिकलपछी मात्र जानुहोला।"मान्छे पहिला आफ्नै स्वार्थ हेर्छ।मलाइ श्वेताको मेसेजले दिनदिनै तान्दैथियो।तथापी ती सब एक कुनामा जबर्जस्ती थन्काएँ।मेरो सर्कलले मलाइ बेवास्ता कहिल्यै गरेन।उनीहरुले त गोप्य कुराको सम्मान गर्थे।समिक्षा भनेँ मेरो लागि अर्को चिन्तनको बिषय भएकी थिइन्। उनी हाम्रो सर्कलबाट टाढा त भएकी थिइनन् तर म सँग गर्ने ब्यवहार भने परिवर्तन भएको थियो।पहिला जिस्किने , अनेक नाम राख्ने,ब्यक्तिगत कुरा शियर गर्नसम्म पछी नपर्ने मान्छे,अहिले सोधेको उत्तर दिने र एकदम औपचारीक ब्यवहार गर्थिन्।म आफै झस्किएँ,मैले के गरेँ होला र समिक्षाको चित्त दुख्यो,मलाइ हेर्ने नजर परिवर्तन भयो अनि म प्रतिको ब्यवहार?कुन दिनदेखि परिवर्तन भयो?मैले श्वेताको चिठ्ठि पढ्दा त राम्रै थियो किनकी सबैभन्दा फोर्स उसैले गरेकी थिइ चिठ्ठी पढ्न! आफुलाइ गल्ती थाहा नभएपनि गल्ती आभास गरेँ साथै धनीलाइ मैले दिने गरेको बिबिध संज्ञा तथा तुच्छ गाली सम्भावित कारण हुनसक्ने अनुमान गरेँ तर त्यस बिषयमा चर्चा गरिनँ।अन्य दुइजना पूर्ववत नै थिए।
केहिदिनपछी मेरो भाग्य भनौ वा दूर्भाग्य,पेन्डिङमा रहेको डिन समस्यामा पुनः राजनितिकरण भयो र बिद्रोहले ह्वात्तै आकाश छोयो।प्राध्यापक आन्दोलित भए।यही बेलाको कलेज बन्दमा म घर फर्किएँ।मलाइ देख्दा घर गाउँमा सबै छक्क परे।आँखा भित्र पसेको,गालाको मासु हराएर चुसुक्क हड्डी देखिएको पानी निलेको समेत देखिने आदि इत्यादि भन्नुभयो।आमाले अझ भन्नु भो"हेर सबै अस्थिपञ्जर मात्र छ,बुढो जस्तै देखिन्छ।हैन भात खादैनस कि क्या हो?रुच्दैन भने घरबाट गुन्द्रुक मस्यौरा लैजा।"
"के को नखानु,मेरा साथीहरुमा सबैभन्दा बढी खान्छु"
आमालाइ बिश्वस्त पारेँ।वास्तवमा एक्लै हुँदा पकाउनै अल्छी लाग्ने,कहिलेकाही त्यतिकै सुत्थे तथापी प्राय पकाएरै खान्थे किनकी काठमाण्डुका आउट फुड सबै दुषित हुन्थे।आफ्नो घर आउन कुनै उदेश्य चाहिन्न बिशेष म श्वेतालाइ भेट्न यो छोटो अनिस्चित बन्दमा आको थेँ।आमा बुवालाइ श्वेतालाइ भेटेर उतैबाट काठमाण्डु जान्छु भनेर भोलिपल्ट हिडे।उसको रोगबारे केही खुलाइन।
बिराटनगर मेरो लागी नौलो ठाउँ।धेरै अगाडी एकचोटी जोगमुनी जाँदा यही ठाउँ हुँदै गएको थिए।आज यो दोस्रो पटक भो बिराटनगरको धर्ती टेकेको।श्वेताको घर कसरी भेट्ने?फोन गर्दा नट एसेप्टिङ मात्र भन्छ।सम्झे एकचोटी श्वेताले फोनमा गरेको कुरा।पुष्पलाल चोकबाट पूर्व जानुपर्छ।यही आधारमा एउटा पसलमा सोधे।म त निकै टाढा उत्रेछु।पसलका दाइले रिक्सामा जान सुझाब दिए।"रिक्सालाइ भन्नोस ठाउँ उसले तपाइ नबोली ठाउमा पुर्याउछ"! मैले त्यसै गरेँ र रिक्सालाइ आएको ठाउँ परिचय दिदै जान आग्रह गरेँ।उसले एउटा बिशाल भवन देखाउँदै नर्स पढ्ने ठाउँ भन्यो,मैले वास्ता गरेको रैनछु।त्यो नर्सिङ कलेजको पछाडी थियौ।रिक्सावालसँग गफ गर्दै गएँ।उसले मलाइ सोध्यो, "हजुर बिराटनगर बारेमा केही थाहा छैन भन्नुहून्छ,याँ कसकोमा जानुभएको?" सम्झिएँ कि रिक्सावाले सहर नै खाको हुन्छ।उत्तर दिएँ "हो म यो ठाउँमा नयाँ हो।मेरो एकजना नर्स पढ्ने साथीको घर जान लाग्या हो।"उसले त हड्बडाउदै बोल्यो"नर्स पढ्ने ठाउँ यो मात्र हो।तपाइले खोजेको साथी यही भेट भइहाल्छ,नत्र पुष्पलाल चोकमा कसलाइ सोध्नु?पुगाउन त सक्छु म तर धेरै गाह्रो हुन्छ।पख्नोस है म उता गेटतिर लान्छु र सोध्नुपर्छ।मेरो गाउका दुइजना पढ्छन् क्या!म बोलाउँछू।"मलाइ कलेज गेट बाहिर रोकेर गार्डसँग कुरा गर्न गयो।श्वेता कलेज आउदिन भनेर मैले त यो सोच्दैनसोचेको।गार्डले भेट गराउन सकेन।यो भेट्ने टायम हैन रे साथै जसले बोलायो उसैसँग भेट गराउन मिल्दैन रे।रिक्साको यो कुरा सुनेपछी म आफै गएँ एकपटक आग्रह गरेँ।मैले भनेँ की"कुनै गोप्य कुरा छैन,सबै तपाइकै अघि सोध्छु,हुदैन?" धेरै आग्रह पछी आफ्नै अघि बोल्ने सर्तमा बोलायो।रिक्सावालले भनेको केटीले उसलाइ देख्नेबित्तिकै के भो भन्दै आइन्।उसले मतर्फ देखाउँदै उहाँलाइ सहयोग गर्नु रे भन्यो।
"उहाँ को मैले त चिनिन त?"
"हो म नचिनेकै मान्छे हुँ।"
उनको र मेरो परिचय भयो।नाम दिप्ती रहेछ।मेरो परिचय सुन्दा अनुहारमा आश्चर्यको रंग थियो तथापी सबैका अघि केही बोलिनन्।
मैले श्वेताको घर कहाँ छ हजुरलाइ थाहा छ?नम्र भएर सोधेँ।उनले अँ था छ भन्दै पुष्पलाल चोक र टोलको नाम भनिन् साथै आज चै आएकी छैन समेत भनिन्।मलाइ जिज्ञासा राख्न सजिलो भो।किन नआउनुभएको होला हजुरलाइ केही था छ?भनेर नजानिदो पाराले सोधेँ।उनले सहजै भनिन् "एकदुइ महिनादेखि बिरामी छु भन्थिन् तर अहिले अझै कम्प्लिकेटेड भएर काठमाण्डु लगेको छ।"
अब म श्वेताको घर पुग्नु कुनै अर्थ देखिनँ।
"हो र?....एनीवे थ्याङ्क यु फर योर इनफो।ओके दिप्ती जी नाइस टु मीट यु,थ्याङ्क यु वान्स अगेन।"
"इट्स अलराइट।मान्छे नदेखेपनि नाम सुनेको थे।तपाइसँग भेटेर मलाइ पनि खुशी लाग्यो।"
"ल जान्छु है?वाइ !"
"वाइ"
दिप्तीले सही ठेगाना दिएपछी रिक्सावालले आगन मै पुर्याउँछु भन्यो।म दोधार भएँ जाने कि नजाने?... एकछिनपछी सोचे की आखिर यहासम्म आइसकेपछी घर किन नपुग्ने?
घर पुगेँ तर उनीहरुको लागी अस्थिपञ्जर म अपरिचित थिएँ।फेरी दाह्री र जुगा काटेको चिटिक्क परेको थिइन म।घरमा एकजना बुढी हजुरआमा र एक बहिनी र एक भाइ थिए।धेरै अगाडी देखेको मान्छे म पहिलाको स्वरुपमा बिलकुलै थिन,हेर्दा भित्ती जस्तो (बोलीचालीको भाषामा) देखिन्थे।मलाइ अर्कै भावले हेरिरहे,यतिसम्म की हत्तपत्त बसुम सम्म भनेनन्।हजुरमालाइ नमस्कार गरेँ र म आफै बसे घरको सिकुवाको खाटमा।
"आमा सन्चै हुनुहुन्छ?अनि अरु खोइ त घरमा?"मैले हजुरआमासँग जिज्ञासा राखे तर कान सुन्दिरैनछिन्।ती भाइले जानकारी गराए।
"बैनी,आवारा भित्ती भनेर डराकी हौ तिमी"
"होइन!सरी मैले चिनिन त तपाइलाइ?"
"म श्वेताको साथी हो।अँ मैले तिमीलाइ त चिने तर भाइ चाही?"
"ऊ सानीमा को छोरा हो।तर तपाइ?"जिज्ञासु आँखाले हेरिन्।मैले भने की श्वेता खोइ?यदि छे भने उसलाइ चिन्न दिउँ पहिला अनि मात्र भन्छु ल।प्रतिउत्तरमा श्वेता,आमा र बुवा काठमाण्डु गएको भनिन्।मलाइ धेरै बेर छायामा राख्न मन लागेन।अनि आफ्नो नाम खुलाइदिएँ।
"सरी सरी आदित्य दादा,चिनिन क्या"उनी हड्बडाउँदै बोलिन्।
"हैन म त्यस्तो नचिनिने भा छु त सरिता?"
"यस्तो कपाल दाह्री पालेको र हावाले उडाउने ज्यान भएपछी कसरी चिन्नु त भन्या!"
श्वेताको घरमा केही समय सामान्य गफगाफ भयो।बहिनीसँग श्वेता भएको हस्पिटल बुझेँ।संयोगबस हस्पिटल एउटै परेछ-म पढ्ने र ऊ उपचार गराउने। मलाइ अरु भन्दा पनि श्वेता चाँडै भेट्नुथियो,हजुरमा, बहिनी,भाइ सँग बिदा मागेर हिडे।बस्न आग्रह गर्दैथे।बरु मैले भाइलाइ काठमाण्डु जान बस स्टेन्ट पुर्याउन आग्रह गरेँ।
श्वेता कोमामा थिइ।मेरो उपस्थिति ढिलो भएछ।भेन्टिलेटरको कृत्रिम फोक्सोले सास फेराइरहेको थियो।हामी त केवल दर्पणवारीका दर्शक मात्र।त्यस कोठाको ढोका सिसाको थियो तर अधिकांश समय पर्दा हुन्थ्यो,त्यहाँ प्रवेश पूर्ण निषेध थियो।निकै अनुरोधपछी त्यसभित्रको नर्सले ढोकाको पर्दा थोरै सारिन केवल केही क्षणका लागी।भित्र श्वेता जस्तै अरु पनि मेसिनमा जोडिएका मान्छे थिए।ती सबै दृष्य हेर्न कोही सायदै सक्छ होला।त्यो करुणताले मान्छेलाइ त्यसैपनि असंयमित पार्छ।मैले श्वेतालाइ एक आँखाभरि पनि हेर्न सकिनँ।मेसिनमा जोडिएको एक हातमा स्लाइन र अर्को हातमा रगतका पाइपहरु।सायद श्वेताको ठाउँमा अरु कोही भएको भए करुणतालाइ जितेर डाक्टरी स्वभाव देखाउँन सक्थेँ।मनले आफ्नै ठानिसकेछ क्यार म निरीह बनेँ।बुवाआमालाइ केही सान्त्वनाका शब्द बोलेर बिदा भएँ।तर आफु भनेँ बिदाइको दिनको प्रतिक्षामा थिएँ।

"आदित्य हिजो हस्पिटलभित्र देखेको थिएँ फेरी क्लासमा देखिनँ।कतै यो बिदामा क्लास नै भुलेको त हैन?"उत्तमको यो ठट्यौलो प्रश्न भएपनि ऊ अप्रत्यक्ष वास्तविक कुरा खोजिरहेको थियो।सँगै समिक्षा र दिलु पनि थिए तर उनिहरु आफ्नै संसारमा थिए किनकी हाम्रो भेट धेरै जसो प्रयोगशालामा हुन्थ्यो र ग्रुप पनि भिन्न भएको थियो यो भन्दा अघिको ग्रुपमा उत्तम र म छुट्टाछुट्टैमा थियौँ भने यो चोटी समिक्षा र दिलु छुट्टैमा थिए।त्यसैले आफ्नो बिषयमा छलफल गर्दा हामी तर्फ ध्यान थिएन।मैले उत्तमलाइ आफ्नो मान्छे बिरामी भएर ल्याएको छ मात्र भनेँ।ब्यस्त कोठामा लामो कथा भन्ने समय भएन।

पढ्न बस्दा किताबका पानाभरि त्यही आइ सी यु की श्वेता आउन थाली।धेरैदिन यस्तै हुँदा आफैले महसुस गरेँ अब मेरो भविष्यपनि श्वेतासँगै सती जादैछ।दिनरात को यो प्रवृति म कति दिन लुकाउन सक्छु र?मैले लुकाउनुपर्ने पनि केही थिएन।
एकदिन क्लास सुरु अघि उत्तम र म आइ सी यु डिपार्ट गयौँ।बुवाआमा भन्थे हिजो त अलिकति चटपटाइ हामीलाइ देख्दा बाबु।अव त ठीक हुन्छ होला श्वेतालाई।बिचरा बाआमाको आँखा!उनीहरु जे अपेक्षा गर्थे उही भ्रमित दृष्य देखे।नर्सको प्यासेन्ट हिस्ट्रीमा कुनै सुधार थिएन।मैले बिश्वासमा ठेस लगाउन चाहिनँ बरु उनिहरुका कुरा सुनेर ढाडस दिएँ।

No comments: