त्यसपछी केही काम पर्यो भने बोलाउनु उता मेरो परिक्षा छ,दिनै त आउन्न होला भनेर बिदा मागेँ।
उत्तमले भन्यो "परिक्षा भोलि नै देखी त होइन नी!"
"होइन"
"अनि?"
"उत्तम जब म श्वेतालाइ हेर्न आउँछु नी,आफु निरीह बन्छु।प्रेम शक्तिशाली हुन्छ सुनेको मान्छे म,हर क्षण मेरो प्रेमको परिक्षामा फेल हुन्छु।अनि आफुलाइ सामान्य हुन धेरै समय लाग्छ।उत्तम म त्यहाँ जाँदा बाआमाले छोरीको साथीभन्दा बढी डाक्टर सम्झेर बिशेष अपेक्षा राखेको पाउँछु तर म....न केही गर्न सक्छू"
"आदित्य त्यो कुन ठूलो कुरा हो र?कम्तिमा ढाडस त दिन सक्छौ"
"उत्तम,अल्का सिस्टरसँग फायल मागेर तिमिले पनि त हेर्यौ नि हैन?भन त कति दिनसम्म झुटो आश्वासन दिनु?बरु म त्यहाँ गएर केही गर्ने हैन,त्यसमा क्रियाशिल डाक्टर नर्सले आफ्नो धर्म निभाइहाल्छन,आपत परे बोलाउनु भनेर नम्बर दिएकै छू"
"उम् एज योर वीस।आदित्य माया प्रेमका कुरा गर्छौ तर आजसम्म यत्रो बर्ष सुमधुर मित्रता हुँदा पनि कुनैदिन प्रेमका कुरा गरेनौ!"
उत्तमको कुरा सही थियो।उत्तमको जिज्ञासामा मैले सम्पूर्ण यथार्थ कहानी सुनाएँ।मैले मरिसकेको मान्छेलाइ प्रेम गरेको भन्दै उसको आँखा मलाइ मूर्ख ठान्दैथियो।उसले कुनै ठूलो कुरा रैनछ पो भन्यो जुन मेरो अपेक्षा बाहिर थियो।तथापी उसले साथीको धर्म पालना गर्दै भावनामा सिमलको भूवा झै उडेको मलाइ आफ्नो धरातलमा ल्याउँथ्यो।
"आदित्य तिमी कोरा प्रेममा यसरी बहकिदा तिमी लक्ष्यमा पुग्दैनौँ।"
"थाहा छ उत्तम यत्रो लगानीलाइ वालुवामा पानी सरह पार्नु हुन्न,तैपनि फेरी आजको श्वेता र हिजो नौ दश कक्षा पढ्दाकी श्वेता आँखामा खेलिरहन्छ - गोलो गोरो अनुहार, हाँस्दा चिउँडोमा डिम्पल बन्ने....आँखामा झलझली आउँछ।हिजो आमाको भूमिका सम्म निभाएर मलाइ ठीक बनाइ तर मैले भने गुणको बदलामा गुण तिर्न सकिन यार"
"ओहो आदित्य यत्रो धेरै भावनामा बगेर कमजोर नबनाउनु।यस्तै हो भने त भोली तिमी डाक्टर कसरी बन्छौ खै!"
"उत्तम म दुइचार दिन तिम्रै कोठामा बस्न आउँछु ल?"
उत्तमले स्वीकृति दियो।मैले कोठामा चियाउने धनवानको घर केहीदिनलाइ भएपनि छोडे।उत्तम र म सहपाठी भएकाले पनि होला हाम्रो पढाइमा अवरोध भएन बरु फाइदा नै भयो।उसले पढ्दा मैले पनि पढ्न कर नै लाग्यो।उत्तमले श्वेतातिरको ध्यान अर्कै तर्फ मोडिदियो।ऊ भन्थ्यो डाक्टर पास गरेपछीको योजना र मलाइ पनि त्यसको एउटा अंश बनाउँथ्यो।यसले मलाइ पनि त्यसमा चिन्तन गराउँथ्यो जसका कारण श्वेता तिर मन पुग्नै पाउँदैनथ्यो।
एउटै कोठामा बसेपछी क्याम्पस आवतजावत त सँगै भइ नै हाल्छ।हामीलाइ क्याम्पसमा एक हल गोरु भन्थे।
मोबाइलले तिघ्रामा घर्षण गर्यो,फोन आएको थाहा भएर पनि रिसिभ गरिनँ किनकी क्लासमा पढाइ भएको बेला मोवाइलको रिङ हामी आफैले निषेध गरेका थियौँ।मैले पढाइतिरै ध्यान दिएँ,कसले गर्यो थाहा भएन तर फोन बारम्बार आइरह्यो।क्लासबाट शिक्षक बाहिर निस्कदा निस्कदै फोन रिसिभ गरेँ,श्वेताको बहिनी बोल्दैथिन्"दादा,हिजो भन्दा दिदी झन सिरियस भइ,तपाइ कहाँ हुनुहुन्छ?प्लीज एकछिन भएपनि आउनु न"
"बुनु तिमी कहिले आएकी?"
"हिजो बेलुका आएकी।..दादा यहाँ ममी रोएर बेहाल भैसक्यो।"
म कानमा मोबाइल टासेर उभिइरहे। उताबाट आएको एकोहोरो बोली कुनै रोबोट बोलेझै लाग्दैथियो।
"हो र?ल म आइहाले।" मैले अत्तालिएर बोलेको देखेर उत्तमले थाहा पायो।दिलु पनि सँगै आइ।समिक्षा क्लास मै बसी।थाहा छैन किन समिक्षा म सँग कम्ति बोल्थी र पहिलाको जस्तो मसँगको ब्यवहार थिएन।
"सिस्टर बेड नं. 81 को अवस्था के छ ?"
"नट होपफुल!बी.पी लो छ,तीनदिनदेखि प्रोग्रेस भएकै छैन।हुन त हामीले यस्तो कुरा गर्नुहुन्न तर तपाइहरु पनि मेडिकल लाइनको भएर मात्र भनेको हो।"
त्यस वार्डको नर्सले मलाइ छुट्टै भनिन्।मैले एकपटक भित्र जान साहस बटुलेर अनुमति मागेँ तर भित्र डाक्टर इन एक्सन (बिरामीको उपचार) मा थिए र अनुमति पाइएन।आइ सी यु मा त्यसैपनि अनुमति हुदैन जसरी अरु वार्डमा हुन्छ। नर्सले भनिन् डाक्टरले घोषणा नगरी हामीले केही भन्न मिल्दैन।
उनको यो बोलीमा केही रहस्यथियो।
अलि वर सबैजना बसेको ठाउँमा आएँ।उत्तम र दिलु सम्झाउन व्यस्त थिए।उनीहरु कति जटिल मान्छे त ठीक भएर गएका छन् भनेर ढाडस दिदैथिए।म बहिनी (सरिता) छेउको खाली कुर्सीमा बसे।मैले पनि क्षणिक नै सही ढाँटिदिएँ "हिजो भन्दा प्रगति हुनेक्रममा छ रे !"
मैले बोली सक्नासाथ बुवाले भने,"बावुको जाँच छ भनेर डिस्टर्व गरिनँ।यिनिहरुको (छेरी देखाउँदै) आमालाइ मैले सम्झाउँन सकिन अनि सरितालाइ फोन गरेर बोला'को।"
दिलुले पुनः सबैलाइ सान्त्वना दिइन्"डाक्टर हुनुहुन्छ भित्र।उहाँले जाति पार्नुहुन्छ नी।हामीले बाहिरबाट गर्न केही सक्दैनौ।आफुले आफैलाइ सम्हाल्नुपर्छ नत्र हामी बिरामी लिएर आएका मान्छे आफै बिरामी भयौ भनेँ?"
"हो नी" उत्तमले थप्यो।
निकै बेर चुप लागेर बसेकी बहिनीले भनिन् "हुन त हो तर निकै गाह्रो हुन्छ।रहर लागेर रोऔ भनेर नक्कल पारेको पक्कै होइन। अरुको अगाडी आँसु देखाउँन पनि लाज लाग्छ तर अरुको अगाडी झर्छ किन?किनकी नियन्त्रण गर्दागर्दै अनियन्त्रि भएर मात्र झर्ने हो।तथापी आफुले आफुलाइ सक्दो सम्हाल्नु नै पर्छ।
बहिनीले बोलिरहदा पनि म चुप नै रहेँ।म आफै सम्झाउनेको परेली कहा भिजेको थिएन र?तर अरुबाट लुकाइरहेको थिएँ।मैले नर्सको बोलीको अर्थ निकाली सकेको थिएँ र अग्रीम बिदा गरिरहेको थिएँ।भित्रभित्रै यो भावना सलबलाइरहँदा म चुप बसिरहे।सरिताले के भयो भनेर सोध्दा केही भएको छैन भनेँ तर उनीले पत्याइनन्। बरु दादासँग मेरो एउटा गोप्य कुरा छ भन्दै अँगालो हालेर अलि पर लान खोजिन्।मैले जिस्किदै भनेँ"अस्ति यस्तै दारी कपाल देख्दा तर्सेकी हैन?अनि आज चै डर लागेन?"उनी पनि कमकी थिइनन्,अँ दादा पनि!त्यो त नचिन्दा पो त,भन्दै अलि पर लगेरै छोडिन्।उनले म एकोरिएको कारण नर्ससँगको कुरा नै हो भन्दै मलाइ जबर्जस्ती भन्नु भनेर ढिपी गर्न थालिन्।नभनी त मैले सुखै पाइनँ तर पनि भन्न सकिनँ।मात्र यति भनेकी जस्ताको त्यस्तै छ तर बुवाआमालाइ नभन्नु।सुधार भो भन्दा उज्यालिएको अनुहार फिक्का भो।यसको आभास अरुलाइ नहोस भनेपछी अलिकति कृत्रिमताको सहारा लिनु पर्यो।
"दिलु उत्तम तिमीहरुको क्लास हुन्छ होला जाउ यार।"
"अँ छ तर तिमी?"
"हैन उत्तम,तिमिहरु जाउ म जान्नँ,फेरी जाँदा पनि दिमाग कन्सनट्रेट हुदैन"
दिलुले ओके भन्दै उठी र उत्तम पनि।
उत्तम र दिलु हिड्न नपाउँदै श्वेतालाइ ट्रलीमा राखेर बाहिर निकालियो।लगभग सबैले सही अनुमान गरिसकेका थियौँ। डाक्टरले छेउमा आएर भनेँ "सरी , अनेक कोसीस गर्दा पनि बचाउन सकिएन"
डाक्टरले औपचारिकता मात्र पूरा गरे आमा बहिनी र बुवा अघि नै श्वेतालाइ अंगालो हाल्न पुगीसकेका थिए।त्यो बेला उनीहरुको रुवाइले संसार नै थर्किए जस्तो लाग्थ्यो।साँच्चै आफ्नाले कति माया गर्छन त्यो मर्दा मात्र देखिदो रैछ।हिजो अस्ति आफन्त रुदा अति शूक्ष्म भएपनि स्वार्थ हुन्थ्यो तर आज मूर्दा भइसकेपछी न ऊ बाट केही पूर्ति हुनसक्छ,यो रुवाइ किन?एउटै मात्र कुरा माया र सामिप्यता हो।आमा रोएर बेहोस हुने स्थिति भइसकेको थियो।उता बहिनीको र बुवाको उस्तै।अनि म?मेरा आखामा पनि आँसु थियो तर मैले अगाडीदेखि नै मृत्युको ज्ञातले आफुलाइ अनियन्त्रित पारिनँ।आमा र बहिनीले श्वेतालाइ घच्घचाउदै बिभिन्न कुरा भन्दै रुदा दिलु र उत्तमका आसु पनि थामिएन।दिलुलाइ आमा सम्हाल्न धौ धौ परिरह्यो।मैले भक्कानिदै बहिनीलाइ सम्झाएँ।वहिनीले उल्टै मलाइ भनिन्,"मलाइ नरोक्नु,फेरी म आफ्नो दिदीको मृत्युमा कहिले रुन पाउँछु?"
"हो बुनु।तर रोएर मात्र समाधान हुँदैन।हेर त आमाले ज्यानै छोड्नु भएको छ ...."
बोल्दाबोल्दै भक्कानिएर बोली रोकियो। एकैछिनमा त्यसलाइ दबाएर पुनः भने"हेर त आमाले ज्यानै छोड्नु भएको छ,तिमीले पनि यसो गरेपछी झन् रुनु हुन्छ।हो तिमीलाइ गाह्रो परेको छ ,त्यसो त मलाइ चै चैन कहाँ छ र?हामीले आफूलाइ सम्हालेर आमालाइ समेट्नु पर्छ"
मैले बोक्रे आदर्श बोलेँ।आफुलाइ अंशबण्डा लागे जस्तै उता उत्तम बुवालाइ सम्झाउँदै थियो।
"तपाइहरुलाइ भनेको लाग्दैन?यहाँ हल्ला नगर्नोस।अरुको त वास्तै छैन!तपाइहरुको मान्छे लिएर जानोस या हल्ला हैन"एउटी स्वीपर आएर च्याँठिइ।हुन त सरकारी हस्पिटलका स्वीपर पिउन डाक्टर भन्दा ठूलो बन्छन्।उसको बोलीले मेरो कनसिरी तात्यो-"तिमीले के भन्यौ रे फेरी सुनौ त।(उमेरले दिदी हुदी हो तर म केही महिनापछी यो भन्दा निकै सिनियर हुदैछु ,किन चोथालेलाइ तपाइ भन्छु अहम बोलेको)।तिमीले अघि कुन बेला आएर भन्यौ ? हो मलाइ पनि थाहा छ यो हस्पिटल हो र यहाँ अनेक बिरामी हुन्छन् हल्लाले तनाव पार्न सक्छ । राम्ररी बुझाउन सक्दैनौँ ? यिनिहरु कुनै डिस्कोमा नाच्दै छैनन् आफ्नो प्रिय गुमाउदाको दुखाइ बोल्दैछन् फेरी यो कुनै नाटक होइन जसमा समय परिस्थिति मा योजनाबद्ध बोलुन्।"
"कस्तो कस्तो थेत्तरो भिजटर पनि आउँछन्" त्यो फतफताउँदै गइ।
"हस्पिटलमा अरु प्यासेन्टलाइ डिस्टर्ब हुन्छ , यहाँ धेरै समय रुनु हुदैनँ , बुवा अव लैजाऔ शव लाइ"उत्तम मलिन स्वरमा बोल्यो। दिलुले पनि भनि "मायालाइ सम्मानसाथ मनको उच्च स्थानमा थन्काउनुपर्छ।रोएर मात्र मरेको मान्छे फिर्ता आउन्न।हामी बाँच्नेले भोली सम्झेर आफुलाइ नियन्त्रण गर्नुपर्छ ।"
हस्पिटलको ट्रली गुडाएर गेटसम्म पुर्यायौँ।मैले त बागमति किनारमा अन्त्येस्टी गरुम भनेको थिएँ तर श्वेताका आफ्ना मान्छेले मानेनन्।अघि मर्ने बित्तिकै कोही नभएपनि यो बेलासम्म उपत्यकाभित्रका आफन्त जम्मा भइसकेका थिए। त्यही हूलबाट एकजनाले भनेँ "सुबिधा नै खोज्ने हो भने काठमन्डुमा दाग बत्ती दिनेदेखी किरिया गर्ने बाहुनहरु पनि पाइन्छ तर हामीले भने त्यस्तो भाँडाका किरियापुत्री राख्नु हुन्न"
म छक्क परेँ हैन काठमान्डुमा यस्तो पनि हुन्छ?
श्वेताको लाश आफ्नै गाउँमा लगेर दाहसंस्कार गर्ने निधो भयो।घर फर्काउने तयारी पूरा भएपछी, मैले एकचोटी आँखाभरि अघाउन्जेल श्वेतालाइ हेरेँ।
सेतो कात्रोले छोपेको उनको अनुहार उघारेर हेर्ने साहस गरेँ।केहीले मेरो हविगत देखेर अनौठो मान्दैथे।तर वास्ता गरिनँ।बिदा हुँदाहुँदै मैले श्वेताको आमाको छेउमा गएर भनेँ "आमा तपाइको कोख रित्तिएको छैन, सरिता जस्ती छोरी छिन्,उनले तपाइलाइ श्वेताको अभाव हुन दिन्नन्" गाडी घ्यार्र गरिरहेको थियो आमा सँगै भएकी बहिनीलाइ भनेँ "सरिता तिमीले आमालाइ श्वेताको कमी महसुस हुन नदिनु है,जसरी दुइ दिदीबहिनीले छोराको कमी महसुस हुन दिएनौँ...कहिलेकाही सम्झिदै गर्नु बुवाको मोबाएलमा नम्बर छ"
उनले निशब्द टाउको हल्लाइन्।बिदाको हात हल्लाएँ,अलि पर गएर बसेँ।
उपदेश दिन जति सजिलो कहाँ हुन्छ निभाउँन।अघि भर्खरसम्म आदर्शका कुरा गर्थे तर ती आदर्श ऐले मलाइ हेर्न डराइरहेका थिए।दुइ हातमा चिउडो राखेर झोक्राएँ।दिलु र उत्तम सम्झाउँथे तर उनीहरु कुन भाषा बोल्दैछन् पत्तो भएन।फेरी हिजो अस्ति जति तनावथियो त्यो भन्दा कम थियो प्यारो मान्छेलाइ सधैका लागी गुमाएर छातीभित्र गाँठो पर्थ्यो तर उसको दुःख र सास्ती सबै सम्झिदा अलिकति खुशी लाग्यो की अब ती कुनै पिडा उसले सहनुपर्दैन।ओहो!यो कस्तो प्रेम एक प्रेमी मर्दा अर्को प्रेमी खुशी हुन्छ?
"हिजो त क्लास बङ्क गरेर मस्ती राम्रै भो होला नी,हैन दिलु फूल टाएम क्लासमा मुख देखिएन"समिक्षा ब्यङ्ग्य गर्दै बोली।प्रश्न दिलुलाइ थियो तर म बोलेँ "एस यु आर राइट।हामी हिजो डान्स रेष्टुराँ बारमा गएर दिनभरी मस्त मातेर झुम्यौँ।पैसाले खिएको वस्त्र बेर्नेमात्र पस्नु भन्ने के छ र?यसो कहिलेकाही त हामी जस्तो धोक्रो ओड्नेले पनि बैश बेचिराखेकाहरुको ओठ चुस्न पाउनुपर्यो नि!"
"?ओए आदित्य यो सबै? हिजो हामीले?"उत्तम आश्चर्यमा बोल्यो।
"उत्तम आफ्नै साथीलाइ किन ढाट्छौ?म जस्तो खुलम खुल्ला भन न,आखिर रिल्याक्स गरेकै हो क्यारे!"
मेरो कुरामा दिलु झन् छक्क पर्दैथिइ।उसले आश्चर्य ओकली "ह्वाट ह्यापेन आदित्य?ह्वाइ यु आर लाइक म्याड?"
"सरि,म बोले दिलुको ठाउँमा"
हिजोको दिन लाई रिल्याक्स भन्दा मथिङ्गल तातेर केही सोच्दै नसोची मुखमा आएका कुरा भन्दिएँ।म त्यसैपनि एकान्तप्रेमी भइसकेको थिएँ,कुनै साथीको मतलब थिएन।स्कुल जीवन भएको भए अथवा जनरल शिक्षा भएको भए यो मान्छेको भीडमा आउँनेथिइन।तर प्राविधिक शिक्षामा प्रत्येक क्लासले महत्वपूर्ण स्थान राख्थ्यो।झन अव त अन्तिमअन्तिमतिरका दिन थिए...
No comments:
Post a Comment