पुनरावलोकन पनि हुन्थ्यो।
मैले त्यो वाक्य बोलेर आफुलाइ साथीका अगाडी मूर्ति बनाइन।उनीहरुको बाँकी कुरा सुन्नुपर्थ्यो तर सुनिनँ।ट्वाइलेटको बाहानाले छिरेँ।
"सर आज ट्युवरक्लोसिस एम डि आर को रिभिजन गरौँ न ?" सरलाइ अनुरोध गरेँ ।
"ओके।फस्ट अफ अल एम डि आर कसरी हुन्छ त्यो बुझ्दा सजिलो हुन्छ।यो लेसन पहिला पनि पढेकाले रिभिजन मात्र हो।डिप डिटेलमा जानु नपर्ला?"
"पर्दैन सर।यो त्यति गाह्रो टपिक पनि त हैन।आफै पनि बुझ्न सकिन्छ"पछाडीबाट एक मित्रले भनेँ।
"एनिवे,सर्ट फ्ल्यास गरौ न त .... बुझ्नुपर्ने कुरा, टि.वी. को सबै औषधीले काम नगरेको अवस्था हो।अथवा यसो भनौँ विशेष Isoniazid र Rifampicin रेसिस्टेन्स भएमा एम डि आर भनिन्छ... "
"सर अनि..."मैले केही जिज्ञासा राख्न खोज्दा खोज्दै सर अलि रिसाए झैँ बोले -
"म भन्दैछु त, भनिसकेकै छैन बीचमा किन बोल्ने?मैले भनिसकेपछी सोध्नुहोला नबुझेको.....ओके लिसन,खकार पोजेटिभ बिरामीको फोक्सोमा लाखौँ संख्यामा TB भाइरस भेटिन्छन् जसमा केही भाइरस कुनै न कुनै मेडिसिनसँग रेसिस्टेन्स हुन्छन् र कुनै मेडिसिन दिदा त्यससँग सेन्सिटिभ नष्ट भएपनि त्यस मेडिनसँग रेसिस्टेन्स जीवितै हुने भएकाले टि.वी पूर्ण निको हुन्न।"
"सर एउटा मात्र मेडिसिन खाँदा रेसिस्टेन्स हुन्छ,हैन?" उत्तम बोल्यो।
"हो तर त्यो मात्र कारण चाही हैन एम डि आर हुने।एनि अदर कोही भन्नुहुन्छ?"
"एस सर।मेडिसिन को कोर्स कम्प्लीट नभइ खान छाडेमा।हैन सर?"
"हो हो दिलु! अरु ?"
समिक्षा : "इनसफिसियन्ट डोज"
उत्तम : मेडिसिनको क्वालिटि पनि एउटा फ्याक्टर हो।
सबैले क्रमशः भनेको सुनेर,अघि गाली खाएर थन्किएको बोली बोल्ने साहस गरेँ र भनेँ "अनियमित रुपमा औषधी सेवनले पनि रेसिस्टेन्स हुन्छ"
"ठिक छ,रेसिस्टेन्स भाइरस बाहेकका कारण यिनै हुन्"
"यति छलफल गरेपछी सोलुसन लाइ पनि रि न्यु गरौँ न" यो म भन्दा अगाडी बस्ने महिलाको भनाइ थियो।
"यसको मेडिसिन सबै मेडिसिनको कम्बिनेसन गरेर बनाउनुपर्छ अथवा सबैको उचित मात्रा प्रेस्काइव गर्नुपर्छ। तर अहिले त कम्बिनेसन रुपमै पाइन्छ जस्तै HRZE,HR,HRZ जसले गर्दा त्यति गाह्रो हुन्न र MDR रोक्ने एउटै अपाय DOTs नै हो"
पिरियोड सकिएको संकेत सुनियो।
"पहिला अध्ययन गरेको यतिले ताजगिकरण भयो होला। थप अर्को दिन छलफल गर्नुपरे गरौला।ओके थ्याङ्क यु"
सर बाहिरिएपछी क्लासका एक मित्रले म मा धेरै परिवर्तन भएको भन्दैथिए।प्रतिउत्तरमा मैले सहर लागेको भनेँ।उनीसँग लामो गफ भएन।सम्भवतः मलाइ खोतल्न खोज्दैथिए तर उनको अर्का साथीले बोलाए।आफै सम्झिएँ मैले कतिकति बिन्दुमा मोडिएँ।डाक्टर पढ्न बसेको केटोको गोजी दह्रै हुन्छ भन्ने मानसिकतालाइ के थाहा कैले कैले म भोकै सुत्छु भनेर।कहिले चामलको अभावमा पानीले अघाएँ त कहिले ग्याँस नपाएर। घरको आर्थिक स्थिति..भानु...श्वेता अनि हाल समिक्षाको परिवर्तित व्यवहार?सबै सम्झेर ल्याएँ अनि आफैलाइ भनेँ किन परिवर्तन आउँदैन,म पनि त मान्छे हो,बिबिध संवेदनाले छुन्छ।
"आदित्य ओए आदित्य!म चै कता कता पुगे खोज्दै,प्रकृतिप्रेमी यहाँ पो रैछ!"
"किन उत्तम मलाइ त्यस्तो खोज्नुपर्ने के भयो र?"
"मैले एउटा कुरा थाहा पाएँ तर खै भनुम कि नभनुम!"
"नभन्ने मान्छेले त कुरा कोट्याउँदै कोट्याउँदैन नी।तिम्रो अन्तरमनले कतिखेर भनुम गरिराखेको छ"
उत्तमले कुराको चुरो खोल्दै गयो।समिक्षाले प्रेम गर्थी तर श्वेता को पत्रको आभास पाएपछी अति दुःखी भइ।आफु नजिक हुँदा झन पिडा बढ्न थालेपछी ऊ टाढिदै गइ र ब्यवहार परिवर्तन हुँदै गयो।
उत्तमको कुरा सुनिसकेपछी मैले भनेँ-
समिक्षाले प्रेम गर्नु कुनै पाप होइन तर उसले ब्यक्त गरेकै भएपनि म स्वीकार्ने पक्षमा थिइन र अहिले पनि स्वीकार्दिन।उसले मसँग नभन्नु नै उसको सम्मान हो।यदि भनेपछी मैले अस्वीकार गरेको भए आफु अपमानित महसुस गर्थी। समिक्षा राम्री छे , उसलाइ खोट लाउने ठाउँ छैन।तर समिक्षा मेरो लागी उपर्यूक्त छैन किनकी उसको र मेरो स्तर मिल्दैन।प्रेम गर्नु भनेको बिवाह गर्न मन्जुर हुनु पनि हो। उत्तम मेरो मेरो आफ्नै मान्यता छ। यदि कुनै पनि बैवाहिक सम्बन्ध तल्लो र माथिल्लो स्तर भएकाहरुबीच भयो भने दाम्पत्य जीवन कहिल्यै खुशी र सुखी हुँदैन।
"हजुर म त तयार भइसके .....लौ खै त कपडा लाउनु भ'को?"
"हँ" म तर्सिएँ ।
"झन टायम छैन भन्नुहुन्थ्यो र छिट्टै पुगेर आइ हाल्ने भनेको त यही फोटो हेरेर टोलाइरहनु भएको रैछ"
"एकैछिनमा रेडी भइहाल्छु नी।आइमाइलाइ जस्तो टायम लाग्दैन क्या। आज सरिताको बिहेमा जान लाग्दा श्वेताको सम्झना आयो त्यसैमा टोलाएछु" हातमा बोकेको श्वेताको फ्रेम गरेको फोटो टेवलमा राखेर कपडा लगाउन थालेँ।
(समाप्त)
No comments:
Post a Comment