Pages

04 November 2012

था'छ छैन तिमीलाई ?

गजल

- दिवाकर स्वप्नील

म फुल्छु स,धैँ तिमीमा था'छ छैन तिमीलाई ?
भेट्न बस्छु , चिसो ठिहीमा था'छ छैन तिमीलाई ?

पत्थर् पूजा, गर्छौ हरदिन पाउँ तिमीलाइ भनि..
म चढ्छु कठिन् गीरिमा था'छ छैन तिमीलाइ ?

सौगात् बोकी आउँछु हर्-दिन हातपर्छ केवल् शून्य...
बस्छौ तिमी सयौँ कि.मीमा था'छ छैन तिमीलाई ?

छ एउटा अभिसाप यो धकाउँछु डराउँछु...
जुध्छ आँखा आखिरीमा था'छ छैन तिमीलाई ?

आरोप् लागोस् अभियोगको सुनाउँदा तिमीलाई...
बरु भोग्छु कष्ट छिँडीमा था'छ छैन तिमीलाई ?

नोट : यसरी वाचन गर्दा मज्जा आउँदो रैछ र लय पनि राम्रो हुने रैछ -
ex. अन्तिम शेर

आरोप् लागोस् ,अभियोगको,सुनाउँदा तिमीलाई...
बरु भोग्छु-
बरु भोग्छु ,कष्ट छिडीमा,
था'छ छैन तिमीलाई ?

चारपाने 4 ,झापा ।

No comments: