Pages

15 November 2012

छातिभरि देश दुख्छ ! - दिवाकर स्वप्नील

अन्तर्राष्ट्रिय गजलमन्चले लक्ष्मी जयन्ति 2069 को अवसरमा दिएको रदिफ "छातीभरि देश दुख्छ " मा आधारित समस्यापूर्ति गजल ।

- दिवाकर स्वप्नील


संविधान सभा ढल्यो छातीभरि देश दुख्छ ।

नेपालीको स्वप्न जल्यो छातीभरि देश दुख्छ ।



एक चोक्टो शिद्रामा नी बिरालोको सधैँ द्वन्द्व...

आफ्नै बाह्र टक्का चल्यो छातीभरि देश दुख्छ ।



सर्पको त्यो मुखभित्र भ्यागुतोको चाल जस्तो...

गिदी भित्र लिदी फल्यो छातीभरि देश दुख्छ ।



पलाँसका ठूटा थिए फूल सोच्नु भयो भूल...

अग्रगामी दाँत् ले छल्यो छातीभरि देश दुख्छ ।



बुझे हुन्छ अब आफै सिङ जुरो हुन्न कतै...

हात पाउ शीर गल्यो छातीभरि देश दुख्छ ।

चारपाने , झापा ।

No comments: